समाचार

सम्बन्ध विच्छेदले छेकेन पूर्वपतिको काजकिरिया

झापा । मेचीनगर नगरपालिका–७ की सीता खड्काले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ । उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थि�. . .


उदयपुरमा आगलागी हुँदा तीन घर जलेर नष्ट

उदयपुर । उदयपुरको कटारी–८ स्थित ढुङ्गेमा आज आगलागी हुँदा तीन घर जलेर नष्ट भएको छ । आगलागीबाट स्थानीय पूर्णबहादुृर मगर, सन्तबहादुर मगर र यज्ञबहादुर मगरको घर पूर्ण रुपमा जलेर नष्ट भएको हो । पूर्णबहादुरको घरबाट एक्कासी आगलागी सुरु भएर अन्य दुई घरसमेत जलेर नष्ट भएको वडाध्यक्ष नविन तामाङले बताउनुभयो । �. . .


नेपाल एयरलाइन्सलाई प्राधिकरणको कारबाही, दिल्ली उडान सङ्ख्या कटौती

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नोपाल एयरलाइन्स)को भारतको नयाँदिल्लीको उडान कटौती भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सको आइतबार विहान तय भएको दिल्ली उडान कटौती गरेको हो । भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाही स्वरुप नयाँ द�. . .


व्यापार घाटा तीन खर्ब ५९ अर्ब

काठमाडौं । चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७ करोड ८१ लाख बराबर छ । सो अवधिमा देशको कूल व्यापार रु चार खर्ब ४२ अर्ब ८१ करोड ८४ लाख बराबर भएको विभागल�. . .


माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ । माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ । माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा�. . .


दिल्लीमा बिहानी समयमा वायुको गुणस्तर ‘अति खराब’

भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) ३५० पुगेको छ । वायुको गुणस्तर मापन तथा मौसम पूर्वानुमान र अनुसन्धान प्रणालीसम्बन्धी काम गर्ने संस्था ‘सफर’ ले आइतबार बिहान रेकर्ड गरिएको दिल्लीको वायु गुणस्तर ‘अति खराब’ श्रेणीमा रहेको जनाएको छ । संस्थाका अनुसार समग्र दिल्ली क्षेत्रको. . .


जमिनका उत्पादन सूर्यलाई अर्पण

विराटनगर । जमिनमा उत्पादन भएका फलफुल र अनाज सूर्यलाई अर्पण गरेर प्रकृतिलाई जोड्ने छैठ पर्वमा आइतबार र सोमबार श्रद्धालुले जलासयमा पूजाआराधना गरेर मनाउँदैछन् । यो वर्ष आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिनका लागि भक्तजन साजसज्जा भएका जलासयमा पुगेका छन् । सजाएर चिटिक्क पारि�. . .


पार्टीभित्रैबाट असहयोग भए पनि विकास गरेँ :अध्यक्ष ओली

सुरुङ्गा (झापा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहेका बेला पार्टीभित्रैबाट काम गर्न नदिइएको भए पनि देशमा धेरै विकास गरेको बताउनुभएको छ । आफूलाई पार्टीभित्रका मान्छेले छेक्दाछेक्दै दुई वर्ष मात्रै सरकार सञ्चालन गरेर काम गरेर देखाएको अध्यक्ष ओलीले बता�. . .


विश्वकर्माले बनाए विद्युत्बाट चल्ने स्वचालित घन

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आउनुभएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युत्बाट चल्ने स्वचालित घन बनाउनुभएको छ । फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युत्बाट चल्ने स्वचालित घन बनाएपछि उहाँको परिचय अहिले फेरिएको छ । फलामलाई आकार दिन . . .


अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरमा भक्तजन सिंघिया, केशलिया र नहर किनारमा

विराटनगर । अस्ताउँदो सुर्यलाई आराधना गरेर आज छैठलाई अर्घ दिदैंछ । विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड सुरु भएको छ । आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सू�. . .


छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो मानिए पनि यहाँको उत्पादनले कुनै वर्ष पनि पुग्दैन । छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अघ्र्. . .


छठ पर्वको तयारी पूरा, आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै

जनकपुरधाम । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको �. . .