समाचार

देशभर विकास र समृद्धिको सन्देश दिने मेरो सङ्कल्प छ : अध्यक्ष दाहाल

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको सन्देश दिने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले भरतपुरमा सुरु गर्न लागेको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको आज यहाँ शिलान्यास गर्नुहुँदै अध्यक्ष दाहालले सङ्कल्पमा जनताको न�. . .


योजनाबद्ध रुपमा बनेको सहर नै डुबानमा

दोधारा चाँदनी । तत्कालीन राजा महेन्द्रले गुरुयोजनाअनुसार बसाएको महेन्द्रनगर बजार सामान्य वर्षामा पनि डुब्न थालेको छ । बजारमा ढल निकास व्यवस्थित नहुँदा सामान्य झरीमै बजार जलमग्न हुने गरेको छ । राजा महेन्द्रले भारतको चण्डीगढको नक्साअनुसार योजनाबद्ध रुपले महेन्द्रनगर बजार बसाल्नुभएको थियो । महेन�. . .


चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेन

काठमाडौं । सरकारी अनुदानको चिनी खरिद प्रक्रिया अहिलेसम्म अगाडि बढ्न सकेको छैन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले गएको जेठ २४ गते चिनी खरिदका लागि अर्थ मन्त्रालयसँग स्वीकृति माग गरेको भए पनि स्वीकृति नदिएपछि चिनी खरिद प्रक्रिया अगाडि बढ्न नसकेको हो । अर्थ मन्त्रालयले चिनी खरिद स्वीकृति माग. . .


पञ्चेबाजाको मौलिकता हराउँदै

टक्सार (भोजपुर) । केही वर्ष अघिसम्म घर आसपासमा होस या सडकमा पञ्चेबाजाको आवाज सुन्ने बित्तिकै दौडने मानिसहरु गाउँबजारमा यत्रतत्र भेटिन्थे । कारण थियो बाजा बजाउँदै नयाँ बेहुलाले बेहुली ल्याए भनेर । हो केही वर्ष अघिसम्मको यो पञ्चेबाजा बजाउने परम्परा अहिले आएर गाउँघरमा कमै मात्र सुन्न सकिन्छ । पछिल्लो. . .


नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्वर २ बाट सिफारिस भएको छ । सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसा. . .


धनुषाबाट नेता निधिको नाम समानुपातिकमा सिफारिस

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको नाम धनुषाबाट सिफारिस भएको छ । नेता निधिलाई धनुषा निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाका लागि समानुपातिकमा सिफारिस गरेको मधेश प्रदेशका नेपाली कांग्रेस प्रचार व�. . .


आठ महिनामा भित्रिए तीन लाख २६ हजार विदेशी पर्यटक

काठमाडौं । कोभिड–१९ महामारीपछि विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । अङ्ग्रेजी वर्ष सन् २०२२ को सुरुआती चरणदेखि पर्यटक आगमन सुधारोन्मुख रहेको पर्यटक आगमनको आँकडाले देखाउछ । अध्यागमन विभागलाई उधृत गर्दै नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार वर्षको आठ महिनामा कूल तीन लाख २६ हजार छ सय �. . .


मिटरब्याजी समस्या : सम्भव भएकाको हकमा मिलाप गराइँदै

काठमाडौं । मुलुकका विभिन्न जिल्लाका स्थानीय प्रशासनले मिटरब्याजी समस्याका सम्बन्धमा सम्भव भएकाको हकमा मेलमिलापको नीति अवलम्बन गरिरहेको यससम्बन्धी अध्ययन गर्न बनेको कार्यदलले जनाएको छ । कतिपय पीडितका प्रमाण नपुग्ने र कतिपय अपस्थामा सामान्य किसिमका समस्या रहेकाले मिल्ने र उपयुक्त देखिएकाको हक�. . .


निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गर्न सूचना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएक�. . .


झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु

झापा । हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ । मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ जङ्गली हात्तीको आक्रमणबाट गर्दा घाइते भएक. . .


बस्तीमा सोझिएको कोसीको धार रोक्न आपत्कालीन संरक्षण कार्यारम्भ

काठमाडौँ । गएको साउन १८ गते उदयपुरको बेलका नगरपालिका–८ को डुम्रीबोट र लाहुरे खोँच हुँदै कोसी नदीले बस्तीतर्फको बाटो सोझ्यायो । स्थानीयवासीका अनुसार विसं २०४५ सालअघि अहिले खोलेको घाँटीबाटै बग्थ्यो कोसी । चौँतीस वर्षपछि कोसीले पुरानै धार पहिल्याउँदै बस्ती पस्दा ठूलो क्षति भएको छ । हालै गरिएको एक अध. . .


मौलिक चाडको संरक्षण र प्रवद्र्धनमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मौलिक संस्कार, संस्कृति र धार्मिक एवं सामाजिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताउनुभएको छ । सुदूरपश्चिम प्रदेशलगायतका क्षेत्रमा मनाइने गौरा पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले मौलिक चाडको संरक्षण र प्रवद्र्�. . .