समाचार

सरकारद्वारा चीनले प्रस्ताव गरेका विभिन्न प्रस्तावहरु स्वीकृत

काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही चैत १४ गते बसेको बैठकले गरेका निर्णय�. . .


परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (विमस्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा.नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ । त्यस अवसरमा उहाँहरूबी�. . .


न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिबाट अनुमोदन

काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उहासँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी द�. . .


प्रधानमन्त्रीलाई नुवाकोटबासीको ज्ञापनपत्र

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वको नुवाकोट जिल्लाको प्रतिनिधिमण्डलले ज्ञापनपत्र प्रस्तुत गरेको छ। प्रधानमन्त्री देउवालाई मंगलबार उहाँको सरकारी निवास बालुवाटारमा भेटेर प्रस्तुत गरेको ज्ञापन पत्रमा नुवाकोट जिल्लाका विविध स�. . .


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएका छन्। सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। सोमबार बिहानैदेखि काठमा�. . .


बाँकेमा टिप्परको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

बाँके । बाँकेमा टिप्परको ठक्करबाट आज एक पैदल यात्रीको मृत्यु भएको छ । कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१क ६५६ नंको टिप्परले नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा चोकमा ठक्कर दिँदा स्थानीयवासी ७० वर्षीय वीरबल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न. . .


विराटनगरको ग्यालेक्सी बोर्डिङको परीक्षा केन्द्रबारे अन्यौल

विराटनगर । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पद खुला प्रतियोगितात्मक परीक्षा अन्तर्गत विराटनगरमा तोकेको एक परीक्षा केन्द्रसँग परीक्षार्थी झुक्किने गरेका छन् । विराटनगर बरगाछी पूर्व रहेको ग्यालेक्सी सेकेन्डरी इङ्लिस स्कुलको परीक्षा केन्द्र तोकिएको छ । तर, उक्त स्कुलको बा�. . .


विराटनगरका उद्योगीले भने–विद्युत अनियमित भए उत्पादन रोकिन्छ

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा पछिल्लो एकसातादेखि अनियमित विद्युत आपूर्तिका कारण उत्पादनसँगै रोजगारी घुम्ने अवस्था आएको उद्योगीहरुले बताएका छन् । दैनिक १२ घण्टासम्म भईरहेको लोडसेडिङ औद्योगिक क्षेत्रले धान्न नसक्ने भन्दै उद्योगीहरुले सरकार र नेपाल विद्युत प्राधिकरणले यसको समाधान खोज�. . .


सवारी साधन दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०:३० बजे दुर्घटना भएको हो । दुर्घटनामा कार, ट्रक, ट्याक�. . .


बसाइँसराइले रित्तिदै गाउँघर : झाडी भए आङ्गन र पिँढी

गलेश्वर । ढुङ्गाले छाएका घर । सल्लाका काठले बारेर चिटिक्कै पारिएका बार्दली (कौसी) । फराकिला आङ्गन र कठवार लगाइएका पिँढी । घर नजिकै पानीको धारा, वरिपरी खेतबारी । उत्तरतर्फ आँखा लगाउँदा आखैँमा ठोक्किन आउँछन् की जस्ता देखिने हिमशृङ्खला । चारैतिर हरियाली । अजिङ्गरको भीर छिचोलेर गाउँमै पुगेको सडक र आवतजा�. . .


अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६५ ट्याब्लेट सहित सिन्धुली कुसेश्वर गाउँपालिका-१ बस्ने २० वर्षीय प्रयास श्रेष्ठलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वरदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८३० नम्बरको बसलाई प्रहरीले जाँच गर्ने . . .


अरुण तेस्रो मुआब्जा विवाद : पावरहाउसको काम सात दिनदेखि ठप्प

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका छन् । अरुण तेस्रोको. . .