समाचार

नेप्सेको पहिरो थामिएन

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लाग्यो । लगातार ओरालो लागेको नेप्से परिसूचक केही थामिएको जस्तो देखिए पनि पुनः ओरालो यात्रामा नै निरन्तर कायम छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से परिसूचक ११.८२ अङ्कले ओरालो लागेर एक हजार ९२१.३१ मा ओर्लेको छ । त्यस्�. . .


प्रदेश नं १ : मन्त्रालयगत छलफल सकियो

विराटनगर । प्रदेश नं १ प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकको मन्त्रालयअन्तर्गतको छलफल समाप्त भएको छ । बैठकमा पर्यटन तथा संस्कृति मन्त्रालय, वन वातावरण तथा भू–संरक्षण मन्त्रालय र उद्योग श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि छलफल भएको थियो । छलफलमा प्रदेशसभा सदस्य आशारत्न जवे�. . .


लगातार परेको बर्षातले गर्दा विराटनगरका अधिकांश भाग डुवानमा घर भित्र पानी पसेपछि विस्थापित (फोटो फिचर )

विराटनगर । अविरल वर्षासँगै आएको बाढीले विराटनगरका केही घर डुवानमा परेपछि विस्थापित हुन पुगेका छन् । मंगलबार विहानैदेखी लगातारको वर्षाले विराटनगरको सिंघिया र केशलिया खोलामा बाढी आएका कारण उनीहरु विस्थापित भएका हुन् ।विराटनगर बजार क्षेत्रमा नालामा पानी जमेर सडक जलमग्न भएपछि घर भित्रै पानी पसेपछि घ�. . .


सप्तकोशीमा पानीको बहाव ह्वात्तै बढ्यो,नदीमा डुङ्गा चलाउन रोक

राजविराज । सप्तरी र सुनसरीको सिमानामा पर्ने सप्तकोशी नदीमा पानीको बहाव ह्वात्तै बढेको छ । गए रातिदेखि पूर्वी पहाडी तथा तराई क्षेत्रमा भारी वर्षाका कारण सप्तकोसीमा पानीको बहाव बढेको हो । कोसी ब्यारेजका अनुसार आज सप्तकोशीमा पानीको बहाव एक लाख २६ हजार ५०५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । कोसी ब्यारेजका. . .


युवती बलात्कारको अभियोगमा रिसोर्टबाटै युवक पक्राउ

भक्तपुर । एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा आज प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–९ बासघारीस्थित रुहोसा रिसोर्टमा २१ वर्षीया युवतीलाई जबर्जस्ती बलात्कार गरेको अभियोगमा प्रहरीले सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २५ वर्षीय मनिष खत्रीलाई आज पक्राउ गरेको �. . .


राष्ट्रपति बाइडेनलाई रुसमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी र छोरीलाई रूस भ्रमणमा प्रतिबन्ध लगाइएको छ । मस्कोले अन्य २३ अमेरिकीलाई पनि यात्रामा प्रतिबन्ध लगाइएको रुसी विदेश मन्त्रालयले मंगलबार जनाइएको छ । रुसी राजनीतिक र सार्वजनिक व्यक्तित्वविरुद्ध लगातार विस्तार भइरहेको अमेरिकी प्रतिबन्धको प्रतिक्रियाको रूपमा �. . .


रुसका विपक्षी नेता पक्राउ

रुसी विपक्षी नेता इल्या यासिनलाई मस्कोमा पक्राउ गरिएको उनका वकिल भदिम प्रोखोरोभले मंगलबार जानकारी दिएका छन् । उनीमाथि प्रहरीको अवज्ञा गरेको आरोप लागेकोे फेसबुकमा प्रोखोरोभले लेखेका छन् । यासिनलाई जेलमा राख्ने, रिहा गर्ने वा घरमै नजरबन्दमा राख्ने भन्ने मस्कोको एक अदालतले मङ्गलबार निर्णय गर्न सक्�. . .


पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिन्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मङ्गलबार कम्तीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए । बेहोस भएको व्यक्तिलाई बाहिर नि�. . .


रंगेलीमा स्कूलको बसले किचेर ४ वर्षीय बालकको मृत्यु, एकजना घाईते

विराटनगर । मोरङको रंगेलीमा विद्यालयको बसले किचेर एक जना बालकको मृत्यु भएको छ । भने अर्का एक गम्भीर घाइते भएका छन् । रंगेलीको माउन्ट मकालु स्कूलको को १ क ११३० नम्बरको बसकले किच्दा रंगेली–७ का ४ वर्षीय ऋतिक मण्डलको मृत्यु भएको हो । मृतक बालकसँगै रहेकी ७ वर्षीया सनमकुमार मण्डलको थप उपचारका लागि विराटनग�. . .


झापामा सात वर्षपछि बल्झियो ‘भारतीय हात्ती’को उपद्रो

झापा । भारतको पश्चिम बङ्गाल र बिहारसँग सीमा जोडिएको झापाको दुईतिहाइ भाग जङ्गली हात्तीका कारण प्रताडित छ । हात्ती नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासले दिगो समाधान भने दिनसकेको छैन ।चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भएको �. . .


बुधबार धान दिवसः २७ अर्बको चामल र १५ अर्बको धान आयात

काठमाडौं । असार १५ गते हरेक वर्ष आउँछ र जान्छ । सरकारले विसं २०६१ देखि हरेक वर्ष धान दिवस मनाउँदै आएको छ सोही दिनको छेको पारेर । मुलुक कृषिप्रधान भएकाले पनि त्यसको महत्व दर्शाउन र धानको सर्वव्यापकता फैलाउनका लागि यो दिवस मनाउने गरिएको हो । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जन�. . .


नेपालमा लगानी गर्न आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपालका लागि अष्टे«लियन राजदूत फेलीसिटी वोल्कसँग नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर यहाँ लगानी गर्न आग्रह गर्नुभएको छ । राजदूत फेलीसिटी र मल्लबीच आज चेम्बरको कार्यालयमा भएको भेटमा अध्यक्ष मल्लले जडीबुटी एवं खान�. . .