समाचार

कोरोनाका कारण पर्यटक घट्दै

लमजुङ । समुन्द्री सतहदेखि दुई हजार १०० सय मिटर उचाईमा रहेको घलेगाउँमा कोरोना सङ्क्रमणका कारण पर्यटकको आवागमन घट्न थालेको छ । घरवास (होमस्टे) सञ्चालित क्व्होलासोथर गाउँपालिका–३ स्थित घलेगाउँमा तेस्रो लहरको कोरोना शुरुवात हुनुअघिसम्म चहलपहल भइरेपनि यतिबेला पर्यटकको आगमन न्यून मात्रमा पुग्ने गरेक. . .


विद्युत सञ्चालनको सम्झौता रद्द गर्ने सहमति

मार्तडी । बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने भएको छ । प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्�. . .


फिलिपिन्समा ६.० म्याग्निच्युडको भूकम्प

शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । २३.९९ किलोमिटर गहिराईमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो ।. . .


गण्डकी प्रदेशमा तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

कास्की । पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन. . .


नोबेल विरुद्धको आन्दोलन स्थगित गर्न विद्यार्थी संगठनलाई प्रशासनको दबाब

विराटनगर । गृहको निर्देशनानुसार नोबेल विरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको भन्दै मोरङ प्रशासनले संयुक्त विद्यार्थी संगठनलाई आन्दोलन स्थगित गर्न दबाब दिएको छ । शुक्रबार दिउँसो बसेको संयुक्त विद्यार्थीसँगको छलफलमा जिल्ला प्रशासन कार्यालयले विद्यार्थी संगठनलाई यस्तो दबाब दिएको हो । मोरङ प्रशा�. . .


प्रदेश १ मा एकहजार १३५ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १३५ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २३६ जनाको पीसीआर परीक्षण गर्दा ७७२ र ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा ३६३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३१६, सुनसरीमा २५७, झापामा १४२. . .


२४ घण्टामा कोरोनाले बिपी प्रतिष्ठानमा तीन जनाको मृत्यु

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ । गत माघ ६ गते भर्ना भएका लहान–१९ का ६२ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । फोक्सोमा समस्या भएर उहाँलाई बिहीबार प्रतिष्ठानमा भर्ना गरिए�. . .


हुम्लामा खाद्यान्न अभाव : चार केजी चामलका लागि नागरिकता पेस

हुम्ला । नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले झन्डै चार महिनापछि खाद्यान्न ढुवानी सुरु गरेको छ । टेन्डर प्रक्रियामा ढिलाइ र अनियमितता भएको भन्दै अदालतमा मुद्दा परेपछि चालु आर्थिक वर्षका लागि कम्पनीले बल्ल चामल ढुवानी सुरु गरेको हो । समयमै चामल ढुवानी नहुँदा अनुद�. . .


हुम्लामा हिमपात, जनजीवन कष्टकर

हुम्ला । हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत�. . .


पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी २३ हजार ९२ जनाको नमूना परीक्षण गर्दा १० हजार सात सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख�. . .


इटहरीको भोटिया खोला पूल शिलान्यास

इटहरी । इटहरीको दक्षिणी सीमा क्षेत्रमा पर्ने वडा नम्वर १५ स्थित भोटिया खोला पूल शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका प्रमुख द्धारिकलाल चौधरीले पूल शिलान्यास गर्नुभयो । ४ करोड १६ लाख४१ हजारको लागतमा दुई बर्षमा सो पूल निमार्ण भइसक्ने सम्झौता छ । इटहरी र इनरुवा जोडने सो पुल निर्माण पछि स्थानीय अत�. . .


ठेक्का लागेको ७ वर्षमा पनि बनेन गेउरिया खोलाको पुल, ठेकेदारलाई कारबाहीको माग

विराटनगर । मोरङको कानेपोखरी–२ मा रहेको गेउरिया खोलाको पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ । दर्बेसा र केराउन जोड्ने उक्त खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल स�. . .