समाचार

हलेसीबाट फर्किँदै गरेको गाडी दुर्घटना, एकको मृत्यु, १० जना घाइते

इटहरी । खोटाङको हलेसीबाट दर्शन सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । उनीहरु सवार रहेको गाडी (प्रदेश २–०१–००१ ज ००५३ नम्बर) हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब दुईय मिटर तल खसेको थियो । गाडी सिरहाबाट रिजर्भमा यात्रु लिएर हलेसी मन्दिर दर्शनका लाग�. . .


पिण्डेश्वरीको झझल्को दिनेगरी विराटनगरमा ‘कावर यात्रा’ बोलबम (फोटो फिचर )

विराटनगर । साउन महिनाभरी शिव भगवानको महिमा मानिन्छ । मुलुकभरका शिवालयहरुमा शिव भगवान्को पुजापाठदेखी आरती हुने गर्दछ । अझ विशेषगरी हरेक सोमबार शिव भगवान्को व्रत बस्नेदेखी बोलबम जाने गर्दछन् । पूर्वको धरान स्थित पिण्डेश्वरी मन्दिरमा विभिन्न स्थानबाट हजारौको सख्यामा श्रद्धालु भक्तजन जल जडाउन जान�. . .


स्वास्थ्य मन्त्रालयद्वारा २१ सय जनशक्ति थप्न प्रस्ताव

काठमाडौं । आर्थिक  वर्ष २०८२÷८३ को बजेट कार्यान्वयनसम्बन्धी अर्थ मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छलफल गरेको छ । सो अवसरमा स्वास्थ्य मन्त्रालयले विशिष्टकृत सेवा र सेवा विस्तारका लागि संघीय अस्पतालका लागि डाक्टर, नर्ससहित २१ सय जनशक्ति थप गर्न प्रस्ताव गरेको हो । स्वास्थ्यमन्त्री प. . .


आफुमाथि झुटा मुद्दा लगाएइएको जसपा नेता यादवको दाबी

सर्लाही । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेस प्रदेश अध्यक्ष अशोक यादवले सर्लाही प्रहरीले प्रतिशोध साँधेर आफुमाथि झुटा मुद्दा लगाएको दाबी गरेका छन् । आइतबार सर्लाहीमा पत्रकार सम्मेलन गर्दै यादवले जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) योगेन्द्र कुमार खड्काले आफूलाई अपशब्द प्रयोग गरेर दुव्र्य. . .


भ्रष्टाचार र बेथितिको अनुसन्धान मन्त्रि परिषदबाटै सुरु गरौं: शाह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले सरकारलाई लक्षित गर्दै भ्रष्टाचार र बेथितिका विषयमा मन्त्रिपरिषद्बाटै अनुसन्धान सुरु गर्नुपर्ने औंल्याएका छन् । उनले सरकारसँग आँट भए अनुसन्धानको झाडु अन्त होइन, सिहंदरबारको मन्त्रिपरिषदबाटै सुरु गर्न चुनौति दिएका हुन् । सोमबार प्. . .


बहुविवाहको कानुनबारे मन्त्रीज्यूले संसदलाई जानकारी दिनुपर्छ : सुनिता बराल

काठमाडौं । नेकपा एमालेकी सांसद सुनिता बरालले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिनेगरी सरकारले कानुन ल्याउन लागेको विषयबारे संसदलाई जानकारी गराउन माग गरेकी छिन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बहुविवाह असामाजिक र गैर कानुनी विषय भएको भन्दै यस्तो संवेदनशिल विषयमा कानुन मन्त्र�. . .


पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानका धेरै भागहरूमा आएको बाढी र मुसलधारे वर्षाका कारण १४० बालबालिकासहित कम्तिमा २९९ जनाको मृत्यु भएको छ । ७०० भन्दा बढी घाइते भएका छन् । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)ले आइतबार जनाएअनुसार जुन २६ बाट सुरु भएको बाढीले ‘देशभर विनाशको निशाना छोडेको’ बताएको छ  । मृत्यु हुन. . .


मधेशमा ५७ प्रतिशत मात्रै धान रोपाइँः खाद्य सुरक्षाको जोखिम हुन सक्ने

काठमाडौं । मध्य साउन सम्म पनि मधेश प्रदेशमा ५७.२८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अन्न भण्डारको रुपमा रहेको मधेशमा मध्ये मनसुनमै देखिएको खडेरीका कारण धान रोपाइँ हुन नसकेपछि खाद्य सुरक्षाको जोखिम निम्तीन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । गत वर्षको यस अबधि सम्म मधेश प्रदेशमा ९५ प्रतिशत धा�. . .


कोशी प्रदेशमा सुरक्षा र विपद् व्यवस्थापनबारे उच्चस्तरीय छलफल

विराटनगर ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आइतबार बसेको कोशी प्रदेश सुरक्षा समन्वय समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, विपद् व्यवस्थापन, लागू पदार्थको रोकथाम, तथा सीमा क्षेत्रका तस्करी नियन्त्रणलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको छ। कोशी प्रदेशका मुख्�. . .


भारतको पूर्णियामा विमानस्थल : विराटनगरले के–के मा लिन्छ लाभ

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ । पूर्णिया �. . .


विश्व हिन्दू परिषद्को युवा सम्मेलन सम्पन्न, नगर र जिल्ला संयोजक चयन

विराटनगर। विश्व हिन्दू परिषद् नेपालद्वारा आयोजित मोरङ जिल्ला स्तरीय युवा सम्मेलन विराटनगरको राम जानकी सेवा सदनमा शनिबार सम्पन्न भएको छ। सम्मेलनले संगठनको नगर, जिल्ला र महिला युवा विभागमा नयाँ नेतृत्व चयन गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ। कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दू परिषद् कोशी प्�. . .


वान प्लस यातायातले भोलीदेखी विराटनगरबाट दिवा सेवा मिनीबस संचालन गर्दै

विराटनगर । वान प्लस यातायात प्रालिले विराटनगरबाट भोली साउन १९ गते सोमबारबाट दिवा सेवा पनि संचालन गर्ने भएको छ । यस अघि भिआईपी सिल्पर सोफा सिट सहितको रात्रीकालिन एयरबस संचालनमा ल्याईसकेपछि यात्रुहरुको माग अनुसार भोलीबाट दिवा सेवा पनि ल्याउन लागेको हो । वान प्लस यातायात प्राली विराटनगरका संचालक भि. . .