समाचार

नेपाल विकासशील मुलुकमा स्तरोन्नति

चाँदनी हमाल काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गर्न गरिएको प्रस्ताव पारित गरेको छ । बुधबार बसेको महासभाको ४०औँ पूर्ण बैठकले सन् २०२६ सम्ममा विकासशील मुलुकमा स्तरोन्नति गर्ने ऐतिहासिक प्रस्ताव सर्वसम्मत पारित गरेको अमेरिकास्थित नेपालको संयुक्त राष्�. . .


४० जिल्लामा आज अधिवेशन

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शुक्रबार ४० भन्दा बढी जिल्लामा पार्टीको जिल्ला अधिवेशन हुँदैछ । निर्वाचन समितिका सचिव तथा अधिवक्ता जगन्नाथ श्रेष्ठले दुई वटाभन्दा बढी निर्वाचन क्षेत्र भएका ४० भन्दा बढी जिल्लामा जिल्ला अधिवेशन गरिने जानकारी दिनुभयो । काँग्रेसको विधानअनुसार �. . .


चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने

काठमाडौँ । चालीस वर्षअघि स्थापना भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड गएको तीन वर्षयतादेखि नाफा कमाउन सफल भएको छ । विसं २०३८ मा स्थापना भएको कम्पनीले आर्थिक वर्ष २०७५/७६ देखि नाफा कमाउन थालेको हो । यस कम्पनीले पहिलोपटकको नाफामा कर तिरेर रु एक करोड ९२ लाख कमाएको कम्पनीका महाप्रबन्धक ज्ञान�. . .


चिउरी, पैयूँ र दुदिलो नासिँदै जाँदा मौरीलाई चरन क्षेत्रको अभाव

म्याग्दी । म्याग्दीका ग्रामीण क्षेत्रमा चिउरी, पैयूँ, दुदिलो प्रजातिका रुख नासिँदै र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको छ । चरन क्षेत्रको अभावले मह उत्पादनमा कमी आएको कृषकले बताएका छन् । विगतका वर्षको तुलनामा यस वर्ष अत्यधिकरूपमा वर्षा भएको र बाढी, पहिरो, भूक�. . .


चिया टिप्दै गर्दा जङ्गली हात्तीको आक्रमणबाट मृत्यु

भद्रपुर । चिया टिप्दै गरेका एक मजदुरको जङ्गली हात्तीको आक्रमणबाट आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–९ का ६० वर्षीय रामबहादुर बुर्जा (मगर) रहेको प्रहरीले जनाएको छ । आज बिहान ६ः३० बजे मेचीनगर नगरपालिका–१४ शनिबारेस्थित टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा जङ्गली हात्तीले . . .


अनलाइनबाट लेखा परीक्षण

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले यो वर्षदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट लेखा परीक्षण गर्ने भएको छ । परम्परागत हस्त लिखित (म्यानुअल) प्रणालीलाई पूर्ण रूपमा विस्थापन गरेर अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको कार्यालयले जनाएको छ । विद्युतीय प्रणाली कार्यान्वयनमा आए पनि परम्परागत �. . .


दशैँयता सौराहा भरिभराउ

शान्ता अधिकारी सौराहा (चितवन) । नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको चितवनको सौराहा केही दिन अगाडिदेखि भरिभराउ हुन थालेको छ । कोरोना सङ्क्रमणमा आएको कमीसँगै नेपालीका ठूला चाड दशैँ तिहार र लगत्तै विभिन्न कार्यक्रमका कारण सौराहा भरिभराउ हुन थालेको हो । अझ पछिल्ला दिनमा नेकपा एमालेको महाधिवेशनका �. . .


एमाले १०औँ महाधिवेशन आजदेखि

शालिग्राम नेपाल/चितवन चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । एमालेले पर्यटकीय नगरी चितवनमा पहिलो पटक पार्टी महाधिवेशन गर्न लागेको हो । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुनेछ । श. . .


जनसङ्ख्या करिब तीन करोड पुग्ने

काठमाडौँ । नेपालमा राष्ट्रिय जनगणना–२०७८ सम्पन्न भएको छ । गत कात्तिक २५ गतेदेखि सुरु भएको जनगणना कार्य बिहीबार सकिएको हो । नेपालमा ६८ देखि ७० लाख घरपरिवार रहेको र प्रतिघरमा औसत रूपमा करिब चार दशमलव एक जना रहेको तथ्याङ्कको आधारमा जनगणना–२०७८ बाट नेपालको जनसङ्ख्या करिब तीन करोडको हाराहारीमा पुग्ने अ. . .


काँग्रेस राजनीतिमा युवा पुस्ताको आकर्षण

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ । विभिन्न जिल्लामा सम्पन्न वडा त. . .


ब्राउनसुगरसहित सात जना पक्राउ

झापा ।झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, . . .


गण्डकीमा ३३ जना कोरोना सङ्क्रमण मुक्त

गण्डकी । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । यस अवधिमा दुई जनाको मृत्यु भएको छ भने १० जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका–२९ का ८६ वर. . .