समाचार

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ । उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन । मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि . . .


इन्टरपोल महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा क्षेत्री टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९ औँ महासभामा सहभागी हुन टर्की प्रस्थान गर्नुभएको छ ।महानिरीक्षक क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा संचालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो । इन्टरपोल नेपालक�. . .


बंगलादेशमा डेढ वर्षपछि पहिलो पटक शनिबार कोरोनाबाट मृत्यु भएन

एजेन्सी । बंगलादेशमा गएको करिब डेढ वर्षपछि पहिलो पटक कोरोनाबाट कुनै पनि नागरिकको मृत्यु नभएको बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ शनिबार कोरोना भाइरसको कारण कसैको मृत्यु भएन । यहाँका स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहा. . .


आज विश्व टेलिभिजन दिवस मनाइँदै

काठमाण्डाै । आज विश्व टेलिभिजन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सन् १९९६ मा बसेको संयुक्त राष्ट्रसङ्घको महासभा बैठकले हरेक वर्षको नोभेम्बर २१ तारिखलाई दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय गरे अनुसार यो दिवस मनाउन थालिएको हो । सन् १९३० को दशकमा प्रसारण सुरु भएको टेलिभिजन प्रविधिलाई अहिले . . .


सुनको मूल्य प्रतितोला रु ९३ हजार ७००

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० तोकिएको छ । अधिल्लो दिन प्रतितोला रु ९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु ७०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको . . .


द्वन्द्वकालका गम्भीर मानवअधिकार उल्लङ्घनका घटनामा आममाफी दिन सकिँदैन : ओली

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्वकालमा भएका मानव अधिकार उल्लङ्घनका गम्भीर घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत द्वन्द्वकालमा भएका म�. . .


दिर्घ राेग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकालाई पनि फाइजर खोप ( खाेपकेन्द्रकाे सूचीसहित)

काठमाण्डाै । दीर्घ रोग नभएका १२ देखि १८ वर्षमुनिका बालबालिकाले पनि कोभिडविरुद्धको फाइजर खोप लगाउन पाउने भएका छन् । आजदेखि १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई फाइजर खोप दिइने स्वास्थ मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिनुभयो । उहाँकाअनुसार खोपका लागि उमेर खुल्ने परिचय पत्र अन�. . .


युरोपमा फेरि बढ्यो कोरोना सङ्क्रमण

काठमाण्डाै । युरोपका केही देशमा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको छ । जमर्नी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोरोनाको सङ्क्रमण फेरि बढिरहेको छ । सङ्क्रमण फेरि बढ्न थाले पछि त्यहाँ खोप अभियानलाई तीव्रता दिन थालिएको छ भने रोकथामका लागि प्रतिबन्धात्मक उपाय अपनाउन लागिएको बीबीसीले ज�. . .


देशका धेरै ठाउँको मौसम आज सफा रहने

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले तुवाँलो लागेको छ । तर, तुवाँलो बिस्तारै हट्दै गइ मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् सजिना शाक्यकाअनुसार आज देशका धेरै ठाउँमा घाम लाग्ने छ । प्रदेश-१ का एक/दुई ठाउँमा भने आज फाट्टफुट्ट पानी पर्ने र प्रदेश-१ कै केही हिमाली जिल्लाम. . .


उद्योगी व्यवसायीलाई करदाता शिक्षा

भैरहवा । उद्योग व्यापार सङस्गठन रुपन्देही (प्रस्तावित सिद्धार्थ चेम्बर अफ कमर्स) रुपन्देहीको आयोजना तथा आन्तरिक राजस्व कार्यालय भैरहवाको संयोजनमा भैरहवामा उद्योगी व्यवसायीलाई करदाता शिक्षा दिइएको छ । दसौँ राष्ट्रिय कर दिवस तथा राष्ट्रिय कर सप्ताह–२०७८ को अवसरमा करदाता शिक्षा दिइएको कार्यक्रम सं�. . .


मनकामनामा दर्शनार्थीको सङ्ख्या बढ्दै

मुग्लिन । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसका कारण लामो समय बन्द भई गत भदौ २३ गतेदेखि खुला गरिएको मनकामना मन्दिरमा आउने दर्शनार्थी बढ्दै गएका हुन् । हरेक दिन मनकामना मन्दिर दर्शन . . .


काँग्रेस निर्वाचनः कपिलवस्तुको छ प्रदेश क्षेत्रमा नेतृत्व चयन

नारद कोहार तौलिहवा । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत कपिलवस्तुको छ प्रदेश क्षेत्रमा निर्वाचन सम्पन्न भएको छ । पाँच क्षेत्रमा मतदान भएकोमा एक क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । शुक्रबार सुरु भएको पाँच क्षेत्रीय अधिवेशनको परिणाम शनिबार अबेर सार्वजनिक भएकाे थियाे। प्रतिन. . .