समाचार

बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले आफ्नो नयाँ सिरिजको ‘एटीआर ७२–६००’ जहाजमार्फत नियमित व्यावसायिक उडान सुरु गरेको छ । शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक उडान भरेको हो । क. . .


समीक्षासँगको सहकार्यमा मानसराजले ल्याए तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’

काठमाडौं । गायिका समीक्षा अधिकारीले आउँदो तीजलाई लक्षित गर्दै कृष्णाष्टमीको अवसर पारेर नयाँ तीज गीत ‘यसपालीको तीज बरै मेलबर्नमा’ ल्याएकी छिन् । गायक मानस राजको सङ्गीत तथा डा कृष्णहरि बरालको शब्दमा तयार भएको उक्त गीतमा समीक्षासँगै मानसले स्वर दिएका छन् । नरेन्द्र वियोगीको एरेन्ज र मिक्सिङ रहेको उक्. . .


कराते टोलीलाई बिदाई गर्दै मन्त्री पोखरेलले भने, ‘नतिजाको दबाब नलिनुस्, उत्कृष्ट प्रदर्शन गर्नुहोस

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीलाई बिदाइ गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर मन्त्री पोखरेलसहित अन्य पदाधिकारीले कराते टोलीलाई बिदाइ गरेका हुन् । बिदाइ कार्यक्रममा मन्त्री प. . .


भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्�. . .


ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी ह�. . .


विराटनगरको ऐतिहासिक रथयात्राका लागि १ हजार १ सदस्यीय मूल समारोह समिति, २१ उपसमिति

सोनु साह, विराटनगर । विराटनगरमा शनिबार अर्थात् भदौ २० गते निकालिने ऐतिहासिक राधाकृष्ण रथयात्राका लागि २१ वटा उपसमितिसहित १ हजार १ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। राधाकृष्ण मन्दिर कार्यसमितिले रथयात्रालाई व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारीसहित उपसमितिहरू गठन गरेको हो। �. . .


रसुवा र नुवाकोटमा आकस्मिक बाढीको उच्च जोखिम, उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं । देशका विभिन्न भू–भागमा आज नदी तथा खोलाहरूको बहाव उल्लेख्य बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विशेषगरी रसुवा र नुवाकोट जिल्ला भएर बहने नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च सम्भावना रहेको महाशाखाले जनाएको �. . .


आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन र स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमै सक्रिय छन् । गृहमन्त्रीको काम व्यवस्थापन र समन्वय गर्नुपर्ने भएपनि उनी �. . .


त्रिशूली ३ ‘ए’ को सुरुङबाट एक जनाको उद्धार

काठमाडौँ । रास्वपा सांसद एवं इन्जिनियर श्रीराम न्यौपानले त्रिशूली ३ 'ए' बाट एक जनाको उद्धार गरिसकिएको जानकारी दिएका छन् । यसअघि उद्धार टोलीसँग भित्र रहेकाहरूको संवाद भएको उनले जानकारी दिएका थिए । भर्खरै एक जनाको उद्धार भएको जानकारी दिँदै न्यौपानले सामाजिक सञ्जालमा लेखेका छन्,'सुरुङभित्रबाट एक जना स. . .


विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र क. . .


‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगे. . .


विराटनगरका संगीतकर्मीले संकलन गरे भोटेकोशी बाढीपीडितका लागि ७० हजार ९३६ रुपैयाँ

विराटनगर । रसुवाको भोटेकोशी नदी तथा तल्लो तटीय क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगार्थ विराटनगरका युवा संगीतकर्मीहरूले मानवीय पहल गर्दै ७० हजार ९३६ रुपैयाँ सहयोग संकलन गरेका छन्।   ‘म्युजिक फर होप’ नामक अभियानअन्तर्गत विराटनगरका विभिन्न स्थानमा लाइभ म्युजिक प्रस्तुत ग�. . .