समाचार

पाँचलाख मूल्य बराबरको सुर्तीसहित चारजना पक्राउ

विराटनगर । इटहरी प्रहरीले पाँचलाख बढी मूल्यको अवैध सुर्तीजन्य वस्तुसहित चारजना व्यक्ति र एउटा मिनिट्रक नियन्त्रणमा लिइएको छ । इटहरी उपमहानगरपालिका–५ कलङ्की मोडबाट को १ ख ६८९० नम्बरको मिनी ट्रक लोड गरिएको सुर्ती फेला पारिएपछि अवैध चोरी पैठारीमा संलग्न चारजनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीले �. . .


नेकपा विवाद : प्रदेश १ मा सरकार र पार्टीबीच एकअर्कालाई निगरानी

विराटनगर । नेकपा भित्रको पार्टी विवाद र संघीय संसद विघटनपछि उत्पन्न परिस्थित प्रदेश तहका सरकार बनाउने र जोगाउने दाउपेच केन्द्रीत बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल समूह भिन्न–भिन्न कोणबाट प्रदेशका सरकारको हानाथापमा लागेका हुन् । दुईतिहाई नजिक रहेको सत्तारुढ नेपाल कम्य�. . .


विराटनगर–१२ बखरीमा २० हजार मूल्य बराबरको सामान भेटियो

विराटनगर । भारतबाट अवैध रुपमा ल्याउँदै गरेको सामान प्रहरीलाई देखेपछि छोडेर भाग्दा वेवारिसे अवस्थामा फेला पारिएको छ । विराटनगर–१२ बखरी नजिकबाट मोरङ प्रहरीको टोलिले २० हजार ३७१ मूल्य बराबरको लत्ता कपडा र सुर्ती फेला पारेर बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर राईका अनुसार ३१ . . .


मोरङका वनमा काठ कुहिँदै छ, विदेशबाट ४० करोडको आयात

विराटनगर। सरकारले वनबाट काठको संकलन, उत्पादन र बिक्रीवितरणमा लगाएको रोक फिर्ता नदिएका कारण विदेशी काठको आयात बढ्दै गएको छ । भारत, मलेसिया र थाइल्यान्ड लगायतका देशबाट विराटनगर भन्सार हँदै चालु आर्थिक वर्षको सात महिनामा मात्रै ४० करोड रुपैँयाको काठ आयात भएको हो । स्वदेशकै जंगल विनास नहुनेगरी काठ निका�. . .


अन्तःशुल्कबाहेक आन्तरिक राजस्व कार्यालय विराटनगरले पाँच महिनाको लक्ष्य भेट्यो

विराटनगर । कोभिडका कारण मदिराको विक्री घटेको र गुट्खा उद्योगहरूले अन्तःशुल्कमा ठगी गर्ने गरेका कारण आन्तरिक राजश्व कार्यालय विराटनगरको अन्तःशुल्कको रकमले लक्ष्य भेट्टाउन नसकेपनि अन्य दुई शिर्षकमा भने उत्साहजनक प्रगति हाँसिल गरेको छ । अन्तःशुल्कमा परेको प्रभावका कारण कुल प्रगतिमा असर पुगेको छ । . . .


वोलेरोले किच्दा चालकको मृत्यु

विराटनगर । भोजपुर नगरपालिका–५ बस्ने ३८ बर्षीय प्रेम कुमार तामाङको वोलेरो गाडीले किचेर मृत्यु भएको छ । शुक्रबार बिहान साढे ६ बजे तामाङले आफ्नै घर छेउमा पार्किङ गरि राखेको मे १ ज २९८८ नम्बरको वोलेरो गाडी स्टार्ट गर्ने क्रममा स्टार्ट नभए पछि गाडीको अगाडी गई चेँक गर्ने क्रममा एक्कासी गाडी गुड्न गई तामाङ�. . .


रातभर जुवा खेल्ने १३ जना जुवाडे बिहान ३ बजे पक्राउ

उदयपुर । उदयपुर उदयपुरगढी–६ स्थित एक घरबाट जुवा खेलिरहेको अवस्थामा १३ जना जुवाडे पक्राउ परेका छन । पक्राउ पर्नेमा उदयपुरगढी–५ का ३१ बर्षीय सुशिल कुमार गुरागाई, ३२ बर्षीय मनोज थापा, उदयपुरगढी–६ का २८ बर्षीय सुरज कुमार मगर, ३० बर्षीय जिवन गिरी, ३० बर्षीय धर्मनाथ दाहाल, ३१ बर्षीय दुर्गारमण दाहाल, ३२ बर्षीय. . .


विराटनगर–१२ का ६३ वर्षीय पुरुषको कोरोनाको कारण वीपीमा मृत्यु

विराटनगर । विराटनगर–१२ का ६३ वर्षीय पुरुषको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि बिहीबार भर्र्ना गरिएका पुरुषको शुक्रबार बिहान ८ः३० बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता चुडामणी पोखरेलले जानकारी दिनु भएको ह�. . .


इलाममा बलात्कारका घटना भयावह : चार वर्षमा ९० घटना

इलामको समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ । इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अनुसार सन् २०१७ मा ३२, ०१८ मा २३, ०१९ मा २१ र ०२० मा १४ बलात्कारका घटना भएका थिए । यस्तै सन् २०१६ मा ११, २०१५ मा २१ र २०१४ मा ११ बलात्कारका घटना भ�. . .


बचत गरेको रकम फिर्ता माग्ने बढ्दा सहकारी संस्थाको अवस्था दयनीय

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दीका समयमा पर्यटन व्यवसाय सङ्कटमा परेकाले ताप्लेजुङका पर्यटन व्यवसायी आफ्नो बचत फिर्ता लिन थालेका छन् । कोरोना महामारीका कारण कञ्चनजङ्घा क्षेत्रमा पर्यटक नआएपछि दैनिकी चलाउनै समस्या भएसँगै संरक्षण बचत तथा ऋण सहकारीसंस्थाब�. . .


विराटनगरमा प्रधानमन्त्रीको पुत्ला जलाईयो

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोध गर्दै विराटनगरमा विद्यार्थी संगठनहरुले ओलीको पुत्ला जलाइएको छ । प्रतिनिधिसभा विघटन गरेको विरोधमा विद्यार्थीहरुले विराटनगरमा मशाल जुलुस प्रदर्शन पछि प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स�. . .


शुक्रबारदेखी विराटनगरका सिनेमा हल संचालन गर्ने तयारीमा (भिडियो रिर्पोट)

प्रेम देवान विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण विगत ९ महिनादेखी बन्द रहेका सिनेमा हलहरु भोली शुत्रबारदेखी संचालकहरु आफ्नै रिक्समा खोल्ने तयारीमा जुटेका छन् । सरकारले अझै पनि सिनेमा हलहरुलाई पूर्ण रुपमा संचालन गर्न भने अनुमति दिएको छैन । तर, नौ महिनादेखी ठप्प रहेका सिनेमा घरहरु शुक्रबारदेखी सं. . .