विद्याभूमि स्कुल (BVS+2) मा यसै शैक्षिक सत्रदेखि फेशन डिजाइनको अध्यापन सुरु हुने भएको छ । विद्यालयले यस कोर्सलाई प्रदेश नं. १ मै पहिलो पटक ल्याएको बताएको छ । नयाँ कोर्षको उद्घाटन गर्दै कलेजका अध्यक्ष तथा कलेज प्रमुख दिपेन भट्टराईले फेशन डिजाइनसँगै सौन्दर्यकला, पाककला (कुलिनरी आर्टस्) र सेवा सत्कार व्यवस्�. . .
विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी रामधुनी–५ झुम्काका ४३ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान ११ः४५ बजे वीपीको आकस्मिक कक्षमा भर्ना गरिएका पुरुषको अपरान्ह ४ः३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभयो । . . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको खानेपानी सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानीमा बुधबार बेलुकी ८ बजे बिधुत सर्टभई अचानक आगलागी हुँदा १२ लाख रुपैँया बराबरको क्षति पुगेको छ । खानेपानी संस्थानको ईन्भटर, सोलार पाईनल र डिसि मोटरमा आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको . . .
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाट ७० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः भर्ना गरिएकी बृद्धाको शुक्रबार ४ः३० बजे मृत्यु भएको केन्द्रका इन्चार्ज डाक्टर दिपक सिग्देलले जानकारी दिनुभयो । बिहीबार मात्रै कोशी अस्पतालब�. . .
राष्ट्रिय चिया नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको छ । चिया नीतिमा राम्रा विषयवस्तु समेटिए पनि कार्यान्वयन हुन नसक्दा चिया क्षेत्र नाजुक स्थितिमा पुगेको हो । वि.सं.२०५७ सालमा आएको राष्ट्रिय चिया नीतिमा किसान तथा व्यवसायमुखी काम गर्ने र छोटो समयमै चियालाई अ�. . .
झापालाई विविध कृषि उत्पादनको उर्वराभूमि मानिन्छ । ‘अन्न भण्डार’का रुपमासमेत चिनिएको झापाको एक लाख ५९ हजार ९०२ हेक्टर कूल क्षेत्रफलमध्ये ९० हजार हेक्टर क्षेत्रफलमा खाद्यान्न, तरकारी तथा नगदेबाली लगाइएको सरकारी तथ्याङ्क छ । तर, व्यावसायिक खेती गर्ने किसानको सङ्ख्या भने न्यून छ । अझैपनि झापाका अधिक�. . .
विराटनगर । विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट शुरु गर्न नमानेको जनाउँदै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन् । व्यवसायीले आइतबारदेखि पनि काम शुरु नभए कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी पनि दिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भद�. . .
आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिणतर्फ अवस्थित रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पौखरेलले बताउनुभयो । “प्रदेश न १ र २ वाग्मती र �. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेली नगरपालिका ८ स्थित दर्वेशा चोक नजिकैमा रहेको साबित्रा कृषि फर्मले खसी बाख्रा उत्पादन गर्ने थालेपछिको कारोबारमा वृद्धि भएको छ । पूर्वी क्षेत्रको ग्रामीण भेगमा रहेर समेत अहिले उक्त कृषि फम मार्फत मनग्ये आम्दानी लिन सफल भएकोे हो । पछिल्लो समयमा गाउँ घरका युवा हरु . . .
रंगेली । रंगेलीमा नौ दिनपछि शुक्रबार पुनः तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । साताअघिबाट कोरोना रोकथाम भएको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको छ । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति ब�. . .
विराटनगर । प्रदेश १ मा आज १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । . . .
विराटनगर । प्रदेश १ सरकारका प्रमुख न्यायधिवक्ता चुडामणी आचार्यले गत साउन ३२ गते नै कोरोना परास्त गर्नु भएको थियो । पछिल्लो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त भएपनि शरिरमा कमजोरीपना भने लामै रह्यो । अहिले त काममा फर्किसकेको छु, न्यायधिवक्ता आचार्यले भन्नुभयो–पब्लिक फोरममा गएको . . .