समाचार

प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

मोरङ । मोरङ उर्लाबारी नगरपालिका १ स्थित झारासादी का २० बर्षीय उमेश धिमाललाई प्रतिबन्धित औषधी सहित पक्राउ गरिएको छ । हिजो राती १२ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घरमा खानतलासी गर्दा धिमाल सुत्ने कोठाबाट प्रतिबन्धित औषधी ट्रमा. . .


एमाले विभाजनको असर मोरङमा, नेकपा (एकीकृत समाजवादी) को ३२५ सदस्यीय जिल्ला कमिटि गठन

विराटनगर । नेकपा एमाले मोरङमा माधवकुमार नेपाल समूहले गठन गरेको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको छ । शनिबार मोरङको सुन्दरहरैंचामा बसेको समानान्तर कमिटीको बैठकले चन्द्रबीर राईको अध्यक्षतामा गठन भएको सिंगो समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो । नेकपा ए�. . .


ओबी ‘ब्लक’ विरुद्ध नेपाल पत्रकार महासंघको ध्यानाकर्षण, क्लासिक टेकले क्षमा नमागे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकलाई सञ्चारमाध्यममाथि लगाएको प्रतिबन्ध तत्काल हटाएर क्षमा माग्न आग्रह गरेको छ । ओबी मिडिया प्रा.लि.को अनलाइन संस्करण आवर विराटनगरले क्लासिक टेकको सेवा केन्द्रमा सेवाग्राहीले लगाएको तालाबन्दी विरुद्ध समाचार प्रकाशन गर�. . .


बेलबारीबाट अवैध काठ सहित २ जना मानिस पक्राउ

विराटनगर । मोरङको बेलबारी–३ बाट ३८.५ क्यू.फिट सखुवाको काठसहित दुईजना व्यक्ति र एउटा बोलेरोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । अवैध रुपमा बा.२१ च.१८२९ नम्बको सेतो बोलेरो पिकमा काठ लोड गरेर ल्याउँदै गरेको सूचना आधारमा इलाका प्रहरी कार्यालय बेलबारीको टोलिले गाडीसहित चालक र अर्का एकजनालाई नियन्त्रणमा ल�. . .


रकम लिएर वैदेशिक रोजगारीमा नपठाएपछि सिराहाबाट सञ्चालक खोज्दै विराटनगर आए पीडित

विराटनगर । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्वसाधारणसँग रकम असुलेर शर्त अनुसार नपठाएको भन्दै विराटनगर–१२ का विजय यादवको घर युवाहरुले घेरेका छन् । सिराहाबाट यादवलाई खोज्दै विराटनगर आएका युवाहरुले यादवको घर घेरेर रकम फिर्ता मागेका हुन् । गाडी रिजर्भ गरेर विराटनगर आएका उनीहरुबाट विदेश पठाईदिन�. . .


सेवाग्राहीले तालाबन्दी गरेको समाचार प्रकाशन गरेपछि क्लासिक टेकद्वारा आवर विराटनगर ‘ब्लक’

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित सेवा केन्द्रमा सेवाग्राहीले तालाबन्दी गरेकोको समाचार प्रकाशन गरेको भन्दै ओबी मिडिया प्रा.लि.को अनलाइन प्रकाशन आवर विराटनगरलाई ‘ब्लक’ गरिएको छ । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा ता. . .


झुम्काको म्याजिक सिनेमा हलमा आगलागी

सुनसरी । सुनसरीको रामधुनी ५ झुम्कामा रहेको म्याजिक सिनेमा हलमा लागेको आगो नियन्त्रणको लागी ६ वटा दमकलले निभाउने प्रयास गरिरहेका छन् । शनिवार बिहानै करिब ८ बजे आगलागी सुरु भएको थियो । रामधुनी ५ झुम्कास्थित साइराम मार्केटमा रहेको सिनेमा हलमा आगो लागेको हो । आगलागी नियन्त्रणका लागि कोसी गाउँपालिका. . .


श्रीमतीको हत्यापछी श्रीमानले गरे आत्महत्या

भोजपुर । भोजपुर षडानन्द नगरपालिका–९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् । आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई धारिलो हतियार खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहे. . .


क्लासिक टेकको विराटनगर कार्यालयमा सेवाग्राहीद्वारा तालाबन्दी

विराटनगर । इन्टरनेट प्रदायक निजी कम्पनि क्लासिक टेकको विराटनगर ट्राफिक चौकस्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गरेका छन् । गुणस्तरीय सेवा प्रवाह नगरेको भन्दै सेवाग्राहीले शुक्रबार कार्यालयमा तालाबन्दी गरिदिएका हुन् । चारदिन अगाडीदेखि सेवा अवरुद्ध भएपछि एकजना सेवाग्राहीले जानकारी ग�. . .


विराटनगरमा ८ बजेसम्म व्यापार–व्यवसाय सञ्चालन गर्न पाइने

विराटनगर । कोभिड–१९ संक्रमण न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि राती ८ बजेसम्म बजार खुल्ला राख्न पाइने भएको छ । गत बैशाखदेखि जारी निषेधाज्ञाको अवधी थपिएपनि बेलुका ८ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न पाउने आदेश जारी गरिएको हो । मोरङका प्रम�. . .


तिवारी र साम्सोहाङ मन्त्री नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबार साँझ दुई जना मन्त्री नियुक्त गर्नु भएको छ । विगतमा माधवकुमार नेपाल समूहमै रहेर एमालेमा रहने निर्णय गरेका दुई जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरिएको हो । ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन. . .


एमाले पार्टी विभाजन रोक्न मुख्यमन्त्री पद त्यागें

विराटनगर। पूर्वमुख्यमन्त्री शेरधन राईले नेकपा एमालको पार्टी विभाजन रोक्न प्रदेश १ को मुख्यमन्त्री पद त्याग गरेको बताउनु भएको छ । तीनवर्ष ६ महिना ७ दिनको आफ्नो कार्यकालमा भए÷गरिएका कामको समिक्षा सुनाउन आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका नेता राईले टुटफुटबाट पार्टी जोगाउन मुख्यमन्त्रीको पद त्�. . .