समाचार

विराटनगरमा ६३ जनासहित प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७जनामा कोरोना संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथर�. . .


मलेसियाका नयाँ प्रधानमन्त्री याकोबद्वारा मन्त्रिपरिषद् विस्तार

क्वालालम्पुर मलेसियाका नवनियुक्त प्रधानमन्त्री इजमेल साब्री याकोबले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । टेलिभिजनबाट प्रसारण भएको मन्तव्यका क्रममा प्रधानमन्त्री याकोबले कोरोना भाइरसको महामारीसहित जटिल अवस्थालाई प्रभावकारी व्यवस्थापन गर्न नयाँ मन्त्रीहरु सफल हुने विश्वास व्यक्त गर्नुभयो । . . .


अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी

तिराना अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ ।प्रधानमन्त्री इडी रामाले सबै विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने व्यवस्था गर्न लागिएको बिहीबार जानकारी दिनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भ�. . .


काबुल विस्फोटमा १३ अमेरिकी सेनासहित १०३ जनाको मृत्यु

वासिङ्टन अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर कम्तीमा १०३ जनाको ज्यान गएको छ । बिहीबार यहाँका आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्�. . .


उच्च अदालत बिराटनगरद्वारा सबै पुराना मुद्दा फर्छ्यौट गर्दै इतिहास रच्न सफल !

विराटनगर आकृति रानी फुयल उच्च अदालत बिराटनगरले दुई वर्ष पुराना सबै मुद्दा फर्छ्यौट गरि शुन्यमा झारेको छ। अदालतले दुई वर्ष नाघेका १ सय ३३ मुद्दाहरु सबै फैसला गरि शुन्यमा झारेको हो। बिराटनगरमा आयोजित कार्यक्रम एक कार्यक्रममा संचारकर्मिहरुसंग अन्तरक्रिया गर्दै उच्च अदालत बिराटनगरका मुख्य न्या. . .


विराटनगर-जोगबनी सडकखण्डमा सवारी दुर्घटना ,२ जनाको अवस्था चिन्ताजनक

विराटगर विराटनगर - जोगबनी सडकखण्ड अन्तर्गत आज सवारी दुर्घटना भएको छ । उक्त दुर्घटनामा चारजना घाइते भएका छन् भने घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। सो दुर्घटनामा बिराटनगरबाट रानी जोगबनीतर्फ जादै गरेको को १ ज १७४० नम्बरको म्याजिक भ्यानले ना ५ ख नम्बरको रोकिराखेको ट्रकलाई ठक्कर दिएको हो। . . .


दाङमा भाइरल ज्वरोका बिरामी बढ्ने क्रम जारि

दाङ मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमो�. . .


‘महानगर बहुप्राविधिक शिक्षालय’ मा नयाँ भर्नाका लागि आबेदन फारम खुल्यो

विराटनगर आकृति रानी फुयल सिटिइभिटि र विराटनगर महानगरपालिकाको साझेदारीमा विराटनगरमा संचालित ' महानगर बहुप्राविधिक शिक्षालय' मा भर्ना खुलेको छ। विराटनगर महानगरपालिकाले स्थानीय स्तरमा दक्ष प्राविधिक जनशक्ति अझै विकास गर्ने उद्धेश्यले सिटिइभिटिसंग साझेदारी गर्दै 'महानगर बहुप्राविधिक शिक्षा�. . .


संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने अधिकार स्थानीय तहलाई, निश्चित क्षेत्र सिलबन्दी गर्नसक्ने

विराटनगर संक्रमणको अवस्था हेरेर मोरङका स्थानीय तहलाई बिद्यालय सञ्चालन गर्ने अधिकार तोकिएको छ । स्थानीय प्रशासनले बिद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई दिइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङले कोरोना संक्रमण जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि गत बैशाखद�. . .


सशस्त्र प्रहरीमा निरीक्षकदेखि परिचरसम्म नयाँ भर्ना खुल्यो

विराटनगर सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ। आज (शुक्रबार) को गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १ सय ३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जनाको माग गरिएको छ। उक्त पदहरूमा सशस्त�. . .


विराटनगरमा कोभिशिल्ड खोपको दोश्रो डोज ‘एस्ट्रजेनीका’ आजबाट लगाइदै

विराटनगर विराटनगर महानगरपालिकाले कोरोना बिरुद्धको कोभिशिल्ड खोपको पहिलो डोज लाएका व्यक्तिहरुको लागि आजबाट दोश्रो डोज लगाउन सुरु गरेको महानगर स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। विराटनगर महानगरका १९ वटै वडासंग समन्वय गरि आज ,भोलि र पर्सि कोभिशिल्डको दोश्रो डोज ' एस्ट्रजेनीका ' ना�. . .


पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

इनरुवा । सुनसरी कोशी गाऊपालिका ३ जमुवा चोक स्थित पुर्व पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने मोटरसाईकल पछाडी सवार घाईते भएका छन् । मृत्यु हुनेमा सप्तरी महादेवा गाऊपालिका ६ का ३५ बर्षीय राम नाथ मण्डल रहेका छन् । हिजो दिउसो १२ बजे पश्चिम तर्फ जादै गरेको प्र २-०३-००१ च ३००७ . . .