समाचार

गृह र उर्जा मन्त्रालयको बिद्युत चोरी नियन्त्रण अभियानमा यस्ता योजना

काठमाडौँ, ३० जेठ ।  सरकारले विद्युत् चोरी नियन्त्रणका लागि विशेष कारबाही अभियान सञ्चालन गर्ने भएको छ । आज गृह मन्त्रालयमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र ऊर्जामन्त्री वर्षमान पुनबीच भएको बैठकमा विद्युत् चोरी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिने समझदारी भएको हो । विद्युत् चोरी नियन्त्रण�. . .


बिराटनगरको सिमा जोडीएको जोगबनीमा दिनदहाडै नेता पटेलमाथी ३ राउण्ड गोली प्रहार

विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .


झापामा प्रहरीले ‘बडी क्यामेरा’ राखेर अनुसन्धान गर्न थाल्यो

बनियानी, झापा। इलाका प्रहरी कार्यालय अनारमनीले अपराध अनुसन्धान गर्न आधुनिक प्रविधिको प्रयोग थालेको छ । अपराध कार्यमा संलग्नलाई पक्राउ गर्न र प्रमाण जुटाउन ‘बडी क्यामेरा’को प्रयोग थालिएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब निरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । इप्रकाको कार्यप्र�. . .


सप्तरीमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

राजविराज, जेठ ३१ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–६ मा बुधबार साँझ यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । काँकडभिट्टाबाट वीरगञ्जतर्फ जाँदै गरेको मे १ ख २२८२ नम्बरको यात्रुबाहक बसले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स ६ प ७५५० नम्बरको मोटरसाइकललाई. . .


ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमानको हत्या

ताप्लेजुङ जेठ ३१ । ताप्लेजुङमा धारिलो हतियार प्रहार गरी एक महिलाले श्रीमानको हत्या गरेकी छिन्। फक्तालुङ गाउँपालिका–६ की २३ वर्षीया शर्मिला लिम्बुले घाँटीमा धारिलो हतियारले प्रहार गरी २४ वर्षीय दुर्गा लिम्बुको हत्या गरेकी हुन्। श्रीमानको हत्यपछि शर्मिला फरार रहेको प्रहरीले बताएको छ। घटनाका विषय. . .


दमकका मेयरको गाडीको बम निष्क्रिय गरियो

दमक जेठ ३१ ।  झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली सवार गाडीमा राखिएको बम निष्क्रिय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले आज विहान सुरक्षितरुपमा बम निष्क्रिय बनाएको हो । दमक–६ स्थित प्रधानमन्त्री केपी शर्मा ओलीको घरमा नगर प्रमुख ओली बस्दै आउनुभएको छ । नगर प्रमुख ओलीका अनुसार बुधबार बेलुक�. . .


ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन

ताप्लेजुङ, जेठ ३१ । सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । गत सातादेखि चरणवद्ध आन्दोलनमा रहेका विद्यार्थीले नाराजुलुस प्रर्दशनसहित सदरमुकाम फुङलिङमा आज विहान प्रधान�. . .


सुनसरीमा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी

अमर खड्का , इटहरी जेठ ३१ - जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा विकास निर्माणको जिम्मा लिएर लापरबाही गर्ने ठेकेदारको खोजी थालेको छ । काममा लापरबाही गरेको देखिएका आठजना ठेकेदारलाई प्रशासन कार्यालयले नियन्त्रणमा लिई काम गर्ने लिखित प्रतिबद्धता लिएपछि छाडेको छ। प्रशासन कार्यालयले पूर्वपश्चिम �. . .


ताप्लेजुङमा आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गर्ने श्रीमानलाई तीन बर्ष कैद

ताप्लेजुङ जेठ ३१ - आफ्नै श्रीमतीलाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत ताप्लेजुङले बुधवार श्रीमानलाई तीन बर्ष कैद सजाँय हुने फैसला गरेको छ। फैसलामा पीडक श्रीमानले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएकोले उनको अंश बण्डाबाट जायजेथा नजुटे पीडितलाई सरकारबाट ५० हजार क्षतिपूर्ति भराउने उल्ल�. . .


दमक नगरपालिकाका प्रमुख ओलीलाई लक्षित गरि बम प्रहार

दमक जेठ ३१ - दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई लक्षित गरि बम प्रहार गरिएको छ । उनी प्रधानमन्त्री केपी शर्मा ओलीको दमकस्थित घरमा बस्दै आएका छन्। बुधबार बेलुका कार्यालयबाट फर्कने क्रममा नगरपालिकाको गाडीको छतमा कार्टुन जस्तो चिजमा शंकास्पद वस्तु फेला परेको थियो । प्रमुख ओलीकी पत्नी लिलाका अनुसार, क�. . .


मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी

विराटनगर जेठ ३१ । मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ । बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा गएराति ११ बजे आगलागी भएको थियो  । आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउ. . .


धरानमा ट्याक्टर र मोटरसाइकल जुध्दा नापी कार्यालयका एक जना अमीनको मृत्यु

सुनसरी, जेष्ठ ३१ । धरानमा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा नापी कार्यालयका एक जना अमीनको मृत्यु भएको छ। मृत्यु हुनेमा दाङ जिल्ला तुलसीपुर-११ घर भई धरानस्थित नापी कार्यालयमा कार्यरत ३२ वर्षीय गुमानसिंह बस्नेत रहेका छन। बुधबार साँझ ८ बजेतिर धरान-१२ छाता चौकमा बस्नेत सवार लु ३० प ३१०० नम्बरको मोटरसाइक. . .