समाचार

६ केजी ३ सय ग्राम ब्राउन सुगरसहित बलिराम गोलबजारबाट पक्राउ

सिरहा २४ असार । सिरहाको गोलबजारबाट लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउन सुगरसहित गोलबजार नगरपालिका–५ निवासी २५ वर्षीय बलिराम महतोलाई पक्राउ गरेको हो । �. . .


पोशाक भत्ता नलिने जनप्रतिनिधीको ओईरो : महानगरबाट पोसाक भत्ता नलिने भन्दै एकपछि अर्को विज्ञप्ती

विराटनगर, २४ असार । विराटनगर महानगरपालिकाले जनप्रतिनिधिका लागि वृद्धि गरेको सुविधा प्रदेश कानुन विपरित भएको भन्दै जनप्रतिनिधीले सेवा सुविधा नलिने घोषणा गर्दै एकपछि अर्को विज्ञप्ती निकाल्न थालेका छन् । गत असार १४ गते चौथौ नगरसभामा पोशाक भत्ता लिने निर्णय गरेको महानगरपालिकाका उपमेयर इन्दिरा कार्क�. . .


‘बायोम्याट्रिक’ सूचनासहितको प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

काठमाडौं २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र मंगलबार हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उनलाई सो परिचयपत्र हस्. . .


हङकङलाई हराउँदै नेपाल यू–१९ एसिया कपमा

काठमाडौं,२४ असार । नेपालले यू–१९ एसिया कप खेल्ने भएको छ । मंगलबार पूर्वी क्षेत्र छनोटको फाइनलमा हङकङमाथि विकेटको शानदार जित हात पार्दै नेपालले एसिया कपमा स्थान बनाएको हो । मलेसियाको किनरारा ओभलमा हङकङ दिएको मात्र ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात राम्रो थियो �. . .


सञ्चार सहकारी विराटनगरले ३ पत्रकारलाई पुरस्कृत गर्ने

विराटनगर २४ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगर स्थित कान्तिपुर सम्वाददाता देवनारायण साह र बी एफएमकी उमा पोखरेल र कारोबार दैनिकका समाचार सम्पादक पत्रकार गजेन्द्र बुढाथोकीलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान �. . .


देशका विभिन्न स्थानमा भारी वर्षा, बाढीपहिरोबाट सतर्क रहन आग्रह,तीन दिनको मौसमी अनुमानः 

विराटनगर, २४ असार । बाढी पूर्वानुमान महाशाखाले अहिले देशका विभिन्न स्थानमा भारी वर्षा भइरहेको उल्लेख गर्दै बाढीपहिरोबाट सतर्क रहन आह्वान गरेको छ। महाशाखाले आफ्नो ट्विट अकाउन्टमार्फत सूचना जारी गर्दै पूर्व, मध्य र पश्चिमका विभिन्न जिल्लामा अहिले भारी वर्षा भइरहेकाले उक्त क्षेत्रका नदी खोलाहरूमा �. . .


राज्यकोषको २४ अर्ब रुपैयाँ डुबाउनेमाथि अख्तियारको छानबिन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्का सम्पन्न गर्न सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि छानबिन थालेको छ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरूले पेस्कीस्वरूप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै अख्तियारले उनीहरूमाथ�. . .


प्रदेश प्रहरीमा एआईजीलाई प्रमुख बनाउन प्रस्ताव

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको प्रदेश प्रहरी प्रमुखबारे छलफल हुँदा उनले यस्तो प्रस्ताव गरेका हुन् । पूर्वगृह�. . .


विराटनगरमा सुरक्षागार्डलाई जोखिम व्यवस्थापन तालिम

विराटनगर, २३ असार । विराट गोरखा सेक्युरिटी प्रालिले सेक्युरिटी गार्डहरूलाई एक दिने जोखिम व्यवस्थापन तालिम दिएको छ । विराटनगरस्थित नोवल मेडिकल कलेजमा सुरक्षा गार्डहरुको लागि एक दिने जोखिम व्यवस्थापन तालिम दिएको हो । तालिममा कम्पनिका निर्देशक राम कुमार श्रेष्ठ, प्रशिक्षक साजन श्रेष्ठ र किशोर राईले स. . .


माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल

विराटनगर, २३ असार । माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल निर्वाचित भएका छन् । निर्वाचित भएका नयाँ कार्यसमितिहरूलाई विराटनगरमा एक भव्य समारोहको बिच आठौं पदस्थापन कार्यक्रम आयोजना गरि पद तथा गोपनियताको सपथ गराएको हो । माडवाडी युवा मन्चको उपाध्यक्षमा जया शर्मा, जितिन राठी, महा सचिबमा म. . .


मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगामा एकको मृत्यु

विराटनगर, २३ असार । मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको ज्यान गएको छ । सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको ज्यान गएको हो । प्रहरीका अनुसार बाटो का�. . .


विराटनगरमा आईपुगे द्धारिकालाल चौधरीबाट पिडीत भएका कर्मचारी

विराटनग, २३ असार । सुनसरीको इटहरी उपमहानगरपालिका घर नक्साफाटमा कार्यरत प्राविधिक रामवहादुर खड्काले आफुलाई उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले कामवाट जर्वजस्ती निकालेको आरोप लगाएका छन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोष रहेको उनल. . .