समाचार

विराटनगरका दुईजना पेस्तोलसहित सुनसरीको गढीमा पक्राउ

विराटनगर । सुनसरीको अस्थायी प्रहरी चौकी चाँदबेलाबाट खटिएको प्रहरी टोलीले गढी गाँउपालिका १ मधेली झण्डा चोकबाट दुईजनालाई पेस्तोलसहित नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा पर्ने बिराटनगर महानगरपालिका वडा १७ रानीका ५१ वर्षीय नुर महमद र विराटनगर ८ असोक चोकका ३२ वर्षीय ईम्रान खान भन्ने मो. अहमद रहेका छन् । . . .


‘मिसन १६ खर्ब राजस्व’ पूरा गर्न अर्थमन्त्री वाग्लेको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकलाई सरकारले तय गरेको राजस्व संकलन लक्ष्य पूरा गर्न इमानदारीपूर्वक काम गर्न निर्देशन दिएका छन् । सरकारको राजस्व संकलन गर्ने प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक राजस्व विभागको नयाँ जिम्मेवारी पाएका म�. . .


विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको हो । अब विश्. . .


प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् अन्र्तगत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने तय भएको हो । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१÷०८२ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगक. . .


एकसय अर्ब डलर अर्थतन्त्र निर्माण र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सरकारले आगामी पाँच वर्षभित्र एकसय अर्ब डलरको अर्थतन्त्र निर्माण, सात प्रतिशत आर्थिक वृद्धि र १२ लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने लक्ष्यसहित उद्योग, लगानी र उत्पादनमैत्री वातावरण निर्माणमा जोड दिएको बताएकी छन्। मंगलबार राष्ट्रियस�. . .


कटहरीको छ किलोमिटर हुलाकी सडकमा अभिषेकलाई लाभैलाभ

विराटनगर । हुलाकी राजमार्ग अन्तर्गत मोरङको कटहरी गाउँपालिका भित्रको ६ किलोमिटर सडक निर्माणको जिम्मेवारी श्रेष्ठ कष्ट्रक्सनको थियो । हाटखोलाको सिंघीया पुलदेखि कटहरी गाउँपालिकाको नयाँ बजारसम्मको सडकको अवस्था अहिलेसम्म हालत छ । हिडुडुल गर्न सक्ने अवस्था छैन । बिजोग र सास्ती छ । यहाँका स्थानीयले स�. . .


गर्मीबाट राहत दिलाउन विराटनगरमा वाटर मिस्टिङ, ९ लाखको बढीको परियोजना

विराटनगर । तराईको बढ्दो गर्मीबाट सर्वसाधारणलाई राहत दिलाउने उद्देश्यका साथ विराटनगर महानगरपालिकाले मेनरोड क्षेत्रमा वाटर मिस्टिङ (सूक्ष्म पानीका फोहोरा) जडानको काम तीव्र रूपमा अघि बढाएको छ । विराटनगर महानगरपालिका, नेपाल रेडक्रस सोसाइटी मोरङ र काली मन्दिर व्यवस्थापन समितिको त्रिपक्षीय साझेदारीम�. . .


सास्थम विराटनगरमा अन्तर–कलेज ई–स्पोर्ट्स प्रतियोगिता सम्पन्न

विराटनगर । साउथ एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (सास्थम), विराटनगरले आयोजना गरेको ुअन्तर–कलेज पी.एस.५ फुटबल प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूमा रणनीतिक सोच, नेतृत्व र डिजिटल खेल संस्कृतिको विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विराटनगर, इटहरी, विराटचोक र. . .


झापाका दुई डिएसपीको मोवाइल गृहमन्त्रीको नियन्त्रणमा,११ प्रहरी अनुसन्धानको दायरामा

विराटनगर । । गृहमन्त्री सुदन गुरुङले झापाको काँकडभिट्टा सीमा नाका र भन्सार कार्यालयको निरीक्षणका क्रममा तस्करी भइरहेको भन्दै एक स्थानीय महिलाले प्रत्यक्ष गुनासो गरेपछि सीमा क्षेत्रमा कार्यरत प्रहरीमाथि व्यापक अनुसन्धान सुरु गरिएको छ। प्रहरी स्रोतका अनुसार इलाका प्रहरी कार्यालय काँकडभिट्टाका �. . .


करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ

मकवानपुर । करिब १६५ किलोग्राम गाँजा सहित दुई जना पक्राउ परेका छन् । मनहरी गाउँपालिका-९ खरङगास्थित पर्सा राष्ट्रिय निकुन्ज कोर क्षेत्रबाट लागूऔषध गाँजा करिब १६५ किलोग्राम सहित २ जना सोमबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका-३ पँलासे बस्ने ५१ वर्षीय बिक्रम स्याङ्तान र ४८ �. . .


सिँचाइदेखि बजारीकरणसम्म एकीकृत योजना लागू गर्न ऊर्जा र कृषि मन्त्रालय सहकार्यमा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कृषि, वन तथा वातावरण मन्त्रालयले सिँचाइ पूर्वाधार र कृषि उत्पादनलाई एकीकृत रूपमा अगाडि बढाउने विषयमा सहकार्य गर्ने भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीबीच मंगलबार ऊर्जा मन्त्रालयम. . .


सार्वजनिक लेखा समितिमा महिला नेतृत्वको माग, आवश्यक परे खुला मतदान गर्न प्रस्ताव

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित तथा बेरुजु छलफल उपसमिति गठनबारे छलफलका क्रममा महिला सांसदले उपसमितिको संयोजकमा महिलाको सुनिश्चित प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन्। मंगलबार बसेको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी. . .