समाचार

विराटनगरबाट दुर्लभ जनावर सुन गोहोरोसहित दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१३ स्थित कोशी राजमार्गबाट ६ वटा दुर्लभ जनावर सुन गोहोरो सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सुनसरी बर्जु गाउँपालिका–१ बस्ने ५८ वर्षीय बुद्धि ऋषिदेव र ५६ वर्षीय सुरेश ऋषिदेव रहेका छन् । सिआरभी जतुवाबाट खटिएको प्रहरीले भारतबाट बिराटनगरतर्फ आउँदै गर�. . .


अजिटम सेवा केन्द्र सञ्चालन गर्न विराटनगर महानगर र करुणा फाउण्डेसनबीच सम्झौता

विराटनगर । विराटनगर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको महानगर अटिजम सेवा केन्द्र सञ्चालनका लागि दुई पक्षीय सम्झौता भएको छ । अटिजम सेवा केन्द्र सञ्चालनका लागि साझेदार संस्थाका रुपमा छनौट भएको करुणा फाउण्डेसन नेपाल र विराटनगर महानगरपालिकाबीच सोमबार सम्झौतापत्र आदानप्रदान भएको छ । सेवा केन. . .


जय ट्रफीः आर्मी र पुलिसको खेल बराबरीमा

काठमाडौँ । जय ट्रफी मेन्स एलाइट कपअन्तर्गतको आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा टुङ्गिएको छ । वीरगञ्जमा सम्पन्न खेलमा आर्मीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको पुलिसले दिनको खेल समाप्त हुँदा पाँच विकेटको क्षतिमा ८८ रन मात्र बनाउन सफल भयो । आइतबार टस हारेर �. . .


श्रम विभाग र सामाजिक सुरक्षा कोषबीच सम्झौता

काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र सामाजिक सुरक्षा कोषबीच सूचना आदानप्रदान गर्ने सम्झौता भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज एक कार्यक्रमबीच विभागका तर्फबाट उपमहानिर्देशक विपिन राजभण्डारी र कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गर्नुभयो �. . .


भुटानी शरणार्थी प्रकरणः सर्वोच्चद्वारा थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थीसम्बन्धी मुद्दाका आरोपित प्रतीक थापाबारे कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले आज उक्त प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीकको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको हो । उक�. . .


नक्कली इन्सपेक्टर बनी ठगी गर्ने व्यक्तिहरु पक्राउ

काठमाडौं । प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा सप्तरी, कडक नगरपालिका वडा नं.१० घर भएका ३८ बर्षीय सुदीप थापा र काठमाडौं महानगरपालिका वडा नं.३२ कोटेश्वर बस्दै आएका ४४ बर्षीय किशोर कुमार रहे�. . .


ज्योतिकाे मिहिनेतकाे फल (भिडियाेसहित)

विराटनगर । विराटनगर महानगरपालिका– १४ की ज्योतिदेवी राउत घरेलु केमिकल उद्योग सञ्चालन गर्छिन् । उनले 'ज्योति केमिकल घरेलु उद्योग' सुरु गरेको सात वर्ष भयो ।  उद्योग सुरु गर्नुअघि उनी  नास्ता पसल सञ्चालन गर्थिन् । उनका श्रीमान पनि अरुको केमिकल उद्योगमा काम गर्थे । अरुकाेमा काम गर्दा तलब नियमित थिएन् । द�. . .


विराटनगरको नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार बढी लाभान्वित

विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले इलामको चुलाचुली गाउँपालिकामा सञ्चालन गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार भन्दा बढी स्थानीय बिरामीहरूले सेवा लिएका छन्। पुष ८ गते सम्पन्न शिविरमा जाँच गरिएका बिरामीहरूमध्ये १०० जनालाई थप उपचारका लागि अस्पतालमा रेफर गरिएको . . .


मस्तिष्कघातको निःशुल्क उपचारको तयारीमा सरकार

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सरकारले मस्तिष्कघातको निःशुल्क उपचारको तयारी गरिरहेको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले यसका लागि मन्त्रालयले कार्ययोजना बनाइरहेको बताउनुभयो । उहाँले कान्ति बाल अस्पतालम�. . .


माओवादी केन्द्रीय समितिको छैठौं बैठक : दोस्रो दिन ८० जनाले राखे धारणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ । सोमबार केन्द्रीय समितिको छैठौं बैठकमा ८० जनाले बोल्दै समय सकिएको हो । जसमा १८० जनाले बोल्नका लागि नाम टिपाएका थिए । बैठक मंगलबार विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष �. . .


आठौं संस्करणको विराट एक्स्पो २०२५ आगामी माघ ११ गतेदेखि

विराटनगर । आगामी माघ ११ गतेदेखि विराटनगरमा आठौं संस्करणको विराट एक्स्पो २०२५ आयोजना हुदै छ। उद्योग संगठन मोरङले ३ करोड रुपैयाँको लागतमा विराटनगर-१४ स्थित डिग्री क्याम्पसको मैदानमा विराट एक्स्पोको आयोजना गर्न लागेको हो । उद्योग संगठन मोरङले विराट एक्स्पो स्थल डिग्री क्याम्पसको मैदानमा सोमबार प. . .


शेयर बजारमा हरियाली, छ अर्ब ३० करोडभन्दा बढीको कारोबार

काठमाडौँ । शेयर बजारमा आज हरियाली छाएको छ । नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक एक दशमलव ८९ प्रतिशत अर्थात् ४९ दशमलव १२ अङ्कले बढेर दुई हजार छ सय ४० दशमलव ६८ विन्दुमा पुगेको छ । विभिन्न तीन सय १२ कम्पनीका एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर ७५ हजार पाँच सय ४० पटक कारोबार हुँदा रु छ अर्ब ३० करोड ५४ . . .