समाचार

एनपीएल सिजन ३ मा विराटनगर किंग्सबाट खेल्दै आन्द्रे रसेल

विराटनगर । वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा विराटनगर किंग्सबाट खेल्ने भएका छन्। विश्व क्रिकेटमा आक्रामक ब्याटिङ र शक्तिशाली छक्काका लागि चर्चित रसेलको आगमनले विराटनगर किंग्सको टोली थप बलियो बन्ने अपेक्षा गरिएको छ। टी–२० क्रिकेटका स्थापि. . .


विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजन सम्झौता

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्स र बागमती प्लास्टिक उद्योगबीच प्रायोजनसम्बन्धी सम्झौता भएको छ। विराटनगरस्थित होटल लेमन ट्रीमा आयोजित कार्यक्रममा बागमती प्लास्टिक उद्योगका तर्फबाट अमित राठी तथा विराटनगर किंग्सका तर्फबाट स्वागत प्याकुरेल र जयश जैनले सम्झौ�. . .


सिन्धुलीमा सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता र चार घाइते

रामेछाप । सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गमा टाटासुमो गाडी दुर्घटना हुँदा तीन महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। दुर्घटनामा चार जना घाइते भएका छन् । आइतबार बिहान करिब २ः३० बजे को.१ ज २९७६ नम्बरको गाडी सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको जिल्ला �. . .


बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं । नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी सुरु भएको बडादशैंको अवसरमा आज देवी महागौरीको विशेष उपासना गरिएको हो । घटस्थापना गरिएको पूजा कोठा तथा दशैंघरमा नवरात्रभर दुर्ग. . .


विराटनगर र रंगेलीमा परम्परागत विधिअनुसार फूलपाती बढाइँ सम्पन्न

विराटनगर । बडादसैँको सातौँ दिन महासप्तमीका अवसरमा मोरङका विभिन्न शक्तिपीठ तथा भगवती मन्दिरमा शनिबार परम्परागत विधिअनुसार फूलपाती भित्र्याउँदै बढाइँ गरिएको छ। विराटनगरस्थित ऐतिहासिक काली मन्दिर र रंगेलीस्थित संसारीमाई भगवती मन्दिरमा डोलीसहित बजार परिक्रमा गरी विशेष पूजाआराधना र सलामी अर्पणसहि. . .


विराटनगरदेखि रंगेलीसम्म २२ किलोमिटर निशान ध्वजा यात्रा, ८ हजार भक्तजन सहभागी हुने अपेक्षा

सोनु साह विराटनगर । मोरङको विराटनगरस्थित ऐतिहासिक काली मन्दिरबाट सुरु हुने निशान ध्वजा यात्रा यस वर्ष दसौँ चरणमा प्रवेश गरेको छ। विगत नौ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यात्रा २०८३ साल कात्तिक ३ गते मंगलबार महानवमीका दिन सञ्चालन हुने भएको छ। आयोजकका अनुसार विराटनगरको जलजला रोडस्थित काली मन्दि�. . .


विराटनगरमा एक करोड लगानीमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालन

विराटनगर । बेड तथा म्याट्रेसका विभिन्न उत्पादन एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यसहित विराटनगरमा फोर स्टार म्याट्रेस स्टुडियो सञ्चालनमा आएको छ। विराटनगर–३ गोग्राह चोकमा स्थापना गरिएको स्टुडियोमा करिब एक करोड रुपैयाँ लगानी गरिएको सञ्चालकले बताएका छन्। स्टुडियोमा ग्राहकको आवश्यकता र बजेटअनु�. . .


विराटनगरको साजन पार्टी प्यालेसद्धारा दशैं तिहार शुभकामना आदानप्रदान

विराटनगर । विजया दशमी,दिपावली तथा छठ पर्वका अवसरमा विराटनगर ३ पिपलचोकस्थित ओम साजन पार्टी प्यालेसले शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पार्टी प्यालेसका सञ्चालक साजन कामतको अध्यक्षतामा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सांसद भीम पराजुली, नेपाली �. . .


छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

काठमाडौं । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल नेपाल जाने भएका छन् । नेपाल पत्रकार महासंघका महासचिव रामप्र�. . .


बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सलाई

विराटनगर । बिराट सुपर लिगको उपाधि बिराट र्‍याप्टर्सले जितेको छ । लिग चरणमा एउटै खेल नहारी अपराजित रहेको र्‍याप्टर्सले रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटसम्म तानिएको खेलमा ९औँ ब्याचलाई ४–३ गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा गरेको हो । २०८३ असोज २९ गते बिहीबार भएको फाइनल खेल निर्धारित समयमा निर्णायक. . .


कार्यदक्षता मूल्याङ्कनमा मोरङ ट्राफिक प्रहरी कार्यालय प्रथम जिल्ला घोषित

विराटनगर । नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (एइीक्ष्ऋभ् द्यब्त्इल्) –२०८३ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ प्रथम भएको छ । उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष न्यौपानेलाई ७१औँ प्रहरी दिवसको अवसरमा सर्वोत्कृष्ट जिल्ला ट्राफिक प्रहरी कार्यालय. . .


एनपीएलमा अधिकतम आठ विदेशी खेलाडी राख्न पाइने, यस्तो छ तयारी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा एक टोलीले अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने व्यवस्था गरिएको बताएका छन् । यसअघि अघिल्ला दुई संस्करणमा टोलीमा अधिकतम छ विदेशी खेलाडी राख्न पाउने व्यवस्था रहेकामा यसपटक संख्या बढाइएको उनले जानकारी दिए । शनिब�. . .