काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृङ्खलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ। ओमानमाथि १० रनकाे राेमाञ्चक जित निकालेपछि नेपालले अंक तालिकाकाे छैटौं स्थानमा सुरक्षित गर्दै लिग-२ टुंगाएकाे हाे। याे जितले नेपाल ३६ खेलमा ३० अङ्कसहित छैटौँ स्थानमा पुगेको छ। लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसी. . .
सोनु साह विराटनगर । दसैँको उल्लाससँगै विराटनगर सहर यतिबेला दुलहीझैँ सिँगारिएको छ। सहरका विभिन्न वडामा आकर्षक पण्डाल निर्माण गरी दुर्गा भवानीको पूजा–आराधना धुमधामका साथ भइरहेको छ। रंगीबिरंगी बत्ती, कलात्मक सजावट र देवीदेवताका आकर्षक प्रतिमाले विराटनगरको रौनक थप बढाएको छ। दसैँको नवदुर्गा अवध�. . .
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने १९६ जना घाइते भएका छन् । कात्तिक १ गतेको २४ घण्टाको विवरणअनुसार सवारी दुर्घटनाबाट सातै प्रदेश तथा काठमाडौं उपत्यकामा मानवीय क्षति भएको छ । उपलब्ध विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ७ जना, लुम्�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन् । उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला सबिता पौडेलसहित उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, काल�. . .
एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को अवसरमा सात टोलीका लोगो अंकित स्पेसल एडिसन क्यान सार्वजनिक गरेको छ । एनपीएलको उत्साहलाई समर्थकहरूमाझ अझ नजिक पुर्याउने उद्देश्यले ल्याइएका यी क्यानले क्रिकेटप्रेमीलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन र गर्व व्यक्त गर्ने नयाँ अवसर �. . .
विराटनगर । सुनसरीको दुहबीमा प्रहरीले एम्बुलेन्सबाट ५ सय ७४ किलो ८ सय ७३ ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असोज २ गते राति करिब १२ः३० बजे कोशी राजमार्गमा नम्बर नखुलेको एम्बुलेन्समा इटहरीबाट विराटनगरतर्फ लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ख�. . .
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी त्रिदेशीय शृङ्खलाअन्तर्गतको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ५० ओभरमा सबै विकेट गुमाएर २८० रन बनाएको हो । अब ओमानले जितका लागि २८१ रन बनाउनुपर्नेछ । नेपालका लागि रोहित पौडेल, दिपेन्द्�. . .
लन्डन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विदुषी राणाले नेपालले भोगिरहेको जलवायु सङ्कट र प्राकृतिक विपद्का असर न्यूनीकरण गर्न थप सहयोग गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह गरेकी छिन्। बेलायतको भ्रमण सकेर काठमाडौँ फर्किएकी सांसद राणाले बाढीपहिरोका कारण भएको जनधनको ठूलो क्षति पछि पुनःस्. . .
काठमाडौं । वडादशैंका अवसरमा सशस्त्र प्रहरी बल, नेपालले स्थानीय समुदायको सहकार्यमा देशका विभिन्न स्थानमा १२४ वटा पिङ निर्माणमा सहयोग गरेको छ । सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता नेत्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् । दशैंका बेला परम्परागत रूपमा खेलिने �. . .
धर्मेन्द्र झा काठमाडौं । नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ। तिथि नजिकिएसँगै आयोजकले तयारी पनि तीब्र पारिरहेको छ । नेपाल क्रिकेट संघ(क्यान)को आयोजनामा यही का�. . .
काठमाडौँ । वडादशैंका अवसरमा सशस्त्र प्रहरी बलले काठमाडौँ उपत्यकाभित्र सर्वसाधारण यात्रुहरूका लागि बस संचालनमा ल्याएको छ । चाडपर्वका बेला सार्वजनिक यातायातका साधन कम चल्ने भएकाले यात्रुहरुलाई सहज आवतजावतका लागि दुई वटा बस निःशुल्क रूपमा सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्त. . .
एजेन्सी । फ्रान्सको राजधानी पेरिस र अन्य प्रमुख सहरहरूमा आन्दोलन जारी छ । जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाहरूको खस्कँदो अवस्थाविरुद्ध भएका प्रदर्शनमा शनिबार ५ लाख ५० हजारभन्दा बढी मानिस सहभागी भएका थिए। केही क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसात्मक झडपसमेत भएको थियो। फ्रान्सेल�. . .