समाचार

विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

काठमाडौं । चालु आर्थिक वर्ष २०८३÷८४ को असाेज ६ गतेसम्म भन्सार विभागले १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि विभागलाई ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलनको वार्षिक लक्ष्य तोकिएको छ । सो अनुसार वर्षभरिमा असुल गर्न बाँकी राजस्व रकम ५ खर्ब २७ अर्ब र�. . .


नागरिकसँग पार्टीलाई जोड्न वडा र पालिका तह बलियो हुनुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नागरिकसँग पार्टीको सम्बन्ध सुदृढ बनाउन वडा र पालिका तह सशक्त, संगठित र गतिशील हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले स्थानीय तहमै पार्टी कमजोर भए नागरिकसँगको सम्बन�. . .


पशुबाट मानव जातिसम्म सङ्क्रमण पुग्न सक्ने भएकाले गहिरो अध्ययन आवश्यक : सांसद बास्कोटा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समिक्षा बास्कोटाले पशुमा देखिने सङ्क्रामक रोग मानव जातिसम्म पुग्न सक्ने भएकाले त्यसको नियन्त्रणका लागि गहिरो अध्ययन आवश्यक रहेको बताएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सङ्क्रामक पशु रोग नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथ. . .


देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान उद्धृत गर्दै प्रधानमन्त्री बालेन शाहले शुक्रबारदेखि देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको जोखिम रहेकाले सतर्कता अपनाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री शाहले सामाजिक सञ्ज. . .


विराटनगरमा उदयपुरको दबदबा, ‘ड्रिम टु प्ले’को उपाधि कब्जा

विवेक दाहाल विराटनगर असोज ७ ,नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुर क्रिकेटले जितेको छ। कोशी प्रदेशभरिका ग्रासरुट स्तरका युवा प्रतिभाहरूलाई खोज्ने र व्यावस. . .


विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

काठमाडौं । विपद् तथा जोखिमको समयमा बालबालिकाको अधिकार र संरक्षण सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनको आवश्यकता झनै बढ्ने सरोकारवालाहरूले बताएका छन् । जागृति बाल तथा युवा सरोकार नेपाल, बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च र वल्र्ड भिजन इन्टरनेसनल नेपालले आयोजना गरेको ‘बालमैत्री स्थानीय शास. . .


स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ : मन्त्री यादव

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले यसै वर्ष १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्। बुधबार मन्त्रालयमा आयोजित सीप तथा रोजगार मेला २०८३ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले रोजगारी खोज्ने व्य�. . .


नागरिक लगानी कोषलाई जोखिम व्यवस्थापनमा सचेत भएर अघि बढाइने : अर्थमन्त्री वाग्ले

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि बढाउँदै जोखिम व्यवस्थापनमा विशेष ध्यान दिने बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ माथिको . . .


विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठद्वारा पदभार ग्रहण

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन् ।बुधबार प्राधिकरणमा पदभार ग्रहण गर्दै कार्यकारी निर्देशक श्रेष्ठले सुनकोशी–३ को डिजाइन अध्ययनका लागि कमिटी गठन गर्ने पहिलो निर्णय गरेको बताए । उनले उक्त कमिटी गठनसम्बन्धी फाइल आफ. . .


मन्त्री लम्सालले गरे फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ प्रतिनिधिसभामा पेश गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विधेयक प्रस्तुत गर्दै मन्त्री लम्सालले फोहोरमैला उत्सर्जन, संकलन, विसर्जन तथा समग्र व्यवस्थापनमा संघ, प्रदेश र स्थानीय तहको भूमिका तथा जिम्मेवारी. . .


कालु कुमालेलाई जीवित सम्पदाका रूपमा सम्मान गर्ने सरकारको तयारी थियो : मन्त्री पौडेल

काठमाडौं । मंगलबार निधन भएका क्रोधकला शिरोमणि अग्रज कलाकार कालु कुमालेप्रति राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ । धातुका विशालकाय क्रोधित देवताको मूर्तिकला बनाएर प्रख्यात क्रोधकला शिरोमणि कुमालेको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि बुधबार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठा�. . .


बाढीपीडित शिविरमा महिला र बालबालिकाको सुरक्षाप्रति सांसद झाले सरकारको ध्यानाकर्षण गराए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले बाढीपीडितका लागि सञ्चालित क्याम्पमामहिला र बालबालिका पर्याप्त रूपमा सुरक्षित नरहेको जानकारी आफूले पाएको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले बाढीपीडितहरू विभिन्न स्थानमा सञ्चालन गरिएका क्याम्पमा बसिरहेको अव�. . .