समाचार

विराटनगरसहित मोरङका पाँच स्थानीय तहबाट भूमि प्रशासन (मालपोत) सेवा सञ्चालन

विराटनगर । मोरङका पाँच स्थानीय तहलाई आफ्नै कार्यालयबाट भूमि प्रशासन सेवा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।स्थानीय तहबाट भूमि प्रशासन (मालपोत) सम्बन्धी सेवा प्रवाह गर्ने प्रक्रिया अन्तर्गत मन्त्रालय अधिकृत तोकेर निर्देशन दिएको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प�. . .


फजुल खर्च कटौती गर्दै कमल साहले मानव सेवा आश्रममा मनाए ३०औँ जन्मदिन

विराटनगर । जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगाउँदै विराटनगर–१२ अभिवादन टोलका कमल साहले आफ्नो ३० औँ जन्मदिन मानव सेवा आश्रममा आश्रितहरूसँग खुसी साटासाट गरेर मनाएका छन् । विराटनगर–४ मा रहेको मानव सेवा आश्रममा पुगेर साहले आश्रित आमा तथा बालबालिकासँग जन्मदिन मनाएका हुन्। । उनले जन्मदि�. . .


भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न गगन थापा विज्ञ टोलीसहित पुनः फिल्डमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा आज भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न प्रभावित क्षेत्रमा गएका छन् । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको अवस्था बुझ्न तथा उनीहरूका समस्या र आवश्यकता पहिचान गर्न नेपाली कांग्रेसका सभापति गगन थापा व�. . .


विराटनगरमा १८ जना टेबल टेनिस अम्पायरलाई रिफ्रेसर तालिम

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा विराटनगरमा एकदिने टेबल टेनिस अम्पायर रिफ्रेसर कोर्स सम्पन्न भएको छ। विराटनगर–७ स्थित टेबल टेनिस कभर्ड हलमा आयोजित उक्त तालिममा विराटनगर, इटहरी र धरानका गरी १८ जना निर्णायकहरूको सहभागिता रहेको थियो। मंसिर ८ देखि १० गतेसम्म सञ्चालन हुने क�. . .


मोरङको कानेपोखरीमा अवैध रूपमा सञ्चालित बालगृहबाट १४ बालबालिकाको उद्धार

मोरङ । मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा अवैध रूपमा सञ्चालनमा रहेको बालगृहबाट १४ जना बालबालिकाको उद्धार गरिएको छ । संयुक्त अनुगमनका क्रममा बालगृहबाट ५ जना बालक र ९ जना बालिका गरी १४ जना बालबालिकाको उद्धार गरिएको हो । उद्धार गरिएका बालबालिकालाई तत्काल अस्थायी संरक्षण प्रदान गरी आवश्यक संरक्षण तथ. . .


मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ लिँदै

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पद तथा गोपनियताको शपथ लिँदैछन् । प्रदेश प्रमुख कार्यालयका अनुसार मुख्यमन्त्री यादवले आइतबार बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने भएका हुन् । यादव शनिबार मुख्यमन्त्री नियुक्त भएका थिए । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको. . .


निर्माण व्यवसायी संघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित

विराटनगर । निर्माण ब्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा केशरकुमार बुढाथोकी निर्वाचित हुनुभएको छ । विराटनगरमा शनिबार सम्पन्न नवौं अधिवेशनले बुढाथोकीलाई अध्यक्षमा निर्वाचित गरेको हो । बुढाथोकीले २७२ मत प्राप्त गर्नुभयो । उहाँका निकटत प्रतिष्पर्धी कमलप्रसाद गौतमले १३२ मत प्राप्त गर्नुभयो । अध�. . .


लेटाङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी, २१ वर्षीय युवक पक्राउ

विराटनगर । मोरङको लेटाङ नगरपालिकामा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा लेटाङ नगरपालिका–६ निवासी २१ वर्षीय विकास भन्ने भुवानीप्रसाद लम्साल रहेका छन्। प्रहरीका अनुसार २०८३ साल कात्तिक २८ गते साँझ स्थानीय क्षेत्रमा आयोजित नाच कार्यक्रम हेरेर घ. . .


प्रधानमन्त्री शाह आज भारत भ्रमण जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमण जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह ६ र ७ गते भारत भ्रमणमा जान लगेका हुन् । भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने. . .


३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

काठमाडौं । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए । वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरू. . .


विराटनगरमा श्रृंखलाबद्ध चोरीपछि मोरङ प्रहरीको विशेष अभियान, चोरको खोजी तीव्र

विराटनगर । विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय श्रृंखलाबद्ध रूपमा चोरीका घटना बढ्न थालेपछि मोरङ प्रहरीले चोरी नियन्त्रणका लागि २४ घण्टे विशेष अभियान सुरु गरेको छ । चोरीका घटना नियन्त्रण तथा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने उद्देश्यले विशेष कार्ययोजनासहित प्रहरी परिचालन गरिए�. . .


विराटनगर ४ का राजन दास हत्या प्रकरण: मोरङ प्रहरीद्धारा अनुसन्धानका लागि ४ जना नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका–४ बनलौरी चोकका ३२ वर्षीय राजन दासको हत्या प्रकरणमा मोरङ प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । मोबाइल चोरीको आरोपमा मृतकसँग विवाद र हत्या गर्ने धम्कीसमेत दिएको खुलेपछि प्रहरीले ४ जनालाई अनुसन्धानको लागि हिरासतमा राखेको छ । प्रहरीले शुक्रबार ती. . .