समाचार

धनुषाको सतलोक आश्रममा विवाद, दर्जनौं घाइते

जनकपुर । धनुषाको नक्टाझिजस्थित सुग्जोरमा रहेको सतलोक आश्रममा विवाद भएको छ । आश्रमका अनुयायी र स्थानीयहरुबीच भएको झडपमा दुबैतर्फका दर्जनौं व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई प्रहरीले जानकी मेडिकल र प्रादेशिक अस्पताल जनकपुर पठाएका छन् । घाइतेहरुको यकीन संख्या र परिचय खुल्न अहिले बाँकी रहेको छ । स. . .


भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन् । शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बो�. . .


कांग्रेस विशेष महाधिवेशन : ३६ सयलाई आवास, खानामा मटन र चिकेन

काठमाडौँ । नेपाली कांग्रेसको आइतबारदेखि शुरू हुने विशेष महाधिवेशनका लागि काठमाडौँका फरक फरक स्थानमा ३६ सय प्रतिनिधिका लागि आवासको व्यवस्थापन गरिएको छ। महाधिवेशन आयोजना स्थल भृकुटीमण्डपमा शनिबार दिउँसो आयोजित विशेष महाधिवेशन नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । महाधिवेशनका लागि गठन ग�. . .


चन्द्र भण्डारी र सुनील शर्मा भन्छन् : पार्टी विभाजन हुन दिंदैनौं

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो कि , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्दै �. . .


खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा गैरआवासीय नेपाली संघले माग्यो माफी

काठमाडौँ — गैरआवासीय नेपाली संघले युवा तथा खेलकुदमन्त्री बल्लु गुप्ता जोडिएको प्रकरणमा माफी मागेको छ । गैरआवासीय नेपाली संघबीच समन्वय नहुँदा एउटै लेटर प्याडमा फरक(फरक विज्ञप्ति आएको भन्दै माफी मागेको हो । शुक्रबार एक विज्ञप्ति जारी गर्दे अध्यक्ष बद्री केसी र अर्का अध्यक्ष महेशकुमार श्रेष्ठले संय�. . .


कांग्रेस आकस्मिक बैठक : पूर्वमन्त्री दाहालको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो । शोक प्रस्ताव पारित गर्दै नेप�. . .


बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् । काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् । बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् । सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्�. . .


चुनाव : धोका कि परिवर्तन ?

प्रमिला कार्की काठमाडौं । देश फेरि निर्वाचन अर्थात चुनावको माहोलमा होमिएको छ । जनताको मन भने उत्साहभन्दा बढी प्रश्नले भरिएको छ । यसपटक पनि उही अनुहार, उही कथा त दोहोरिने होइन भन्ने प्रश्न नेपालीहरुको मन मस्तिष्कमा छ । यस्तो प्रश्नको उत्तर खोज्दै अहिले राजनीतिमा केही नयाँ दलहरू पनि उदाएका छन् । पुरा�. . .


ओवी समाचार प्रभाव : नोवेल हस्पिटल बाहिरका ७ वटा फार्मेसीमा विभागको ताला

विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पताल अगाडिका १४ वटा फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग (डिडिए) विराटनगरको संयुक्त टोलीले आकस्मिक अनुगमन गरेको छ । विगत ३ दिनदेखी आवर विराटनगरले नावेल बाहिरको फार्मेसीको ठगीबारेमा समाचार प्रकाशन गर्दै आए थियो । त्यस लगत्यै नियामक निक. . .


चलचित्र विकास बोर्डप्रति गम्भीर छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले विकास बोर्डबाट गएका र मन्त्रालयमा आएका चलचित्र सम्बन्धी फाइलहरु कुनैपनि बाँकी नरहेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले सबैभन्दा बढि समय नै चलचित्र क्षेत्रलाई दिएको भन्दै हिजोसम्मको कुरा गर्दा मन्त्रालयमा आएका चलचित्�. . .


कांग्रेसका जिल्ला नेताहरु विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन् । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका ह�. . .


पुरातात्विक विभागसहितको विज्ञ टोलीद्वारा जनकपुरधामस्थित रामायण भवनको निरीक्षण

जनकपुर । जनकपुरधामको ऐतिहासिक र पौराणिक महत्व बोकेको रामायण भवनको पुनःनिर्माण एवम जीर्णाद्धारको कार्य सुरु भएको छ । पुरातात्विक विभागसहितको विज्ञ टोलीले शुक्रबार जनकपुरधामको राम मन्दिर अगाडि रहेको दुई तल्ले रामायण भवनको निरीक्षण गरेका छन् । उक्त भवनको चारवटै भित्ता र माथि छतमा राम चरित मानस लेखिए�. . .