समाचार

प्रविधि विकास र प्राकृतिक समस्या समाधान प्रयासमा सन् २०२४ को भूमिका

दिलीप शर्मा/रासस काठमाडौँ । सन् २०२४ मा अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व मञ्चमा एक कठिन वर्ष भएको छ । भूराजनीतिक प्रतिस्पर्धा बढ्दै गएका छन् । विगतदेखि जारी युद्धहरू शान्त हुन सकेका छैनन् । सन् २०२४ को ग्रीष्मकालीन ओलम्पिक र पारालिम्पिक्स विश्वको सुन्दर सहर पेरिसमा सम्पन्न भएको �. . .


नहरमा फोहोर फ्याँक्नेलाई समात्न विराटनगर–५ मा निगरानी समिति

इन्दु साह विराटनगर । नहरलाई स्वच्छ र सफा राख्न विराटनगर महानगरपालिका वडा नंं ५ का स्थानीयले राम्रो पहल थालेका छन् । स्थानीयको पहलमा नहरमा जथाभावी फोहोर फाल्नेलाई कडा कारबाही गर्ने गरी सचेतना बोर्ड राखिएको छ । सचेतना बोर्डमा उल्लेख भए अनुसार फोहोरको प्रकृति हेरी ५ हजारदेखि १० हजार रुपैयाँसम्म जरिवा�. . .


सन् २०२४ मा प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धि

काठमाडौँ । सन् २०२४ प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षाको सवालमा चुनौतीपूर्ण वर्ष रह्यो । समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा यो वर्ष चुनौतीपूर्ण देखिएको तथ्याङ्क छ । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुग�. . .


ज्येष्ठ नागरिक महासंघद्वारा जग्गादाता र उत्कृष्ट शाखालाई सम्मान

विराटनगर । कोशी प्रदेश ज्येष्ठ नागरिक महासंघले जग्गादातासहित उत्कृष्ट जिल्ला शाखालाई सम्मान गरेको छ । चौथो साधारणसभा तथा दोस्रो अधिवेशनको अवसर पारेर महासंघले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई सम्मान गरेको हो । महासंघले समाजसेवी तथा जग्गादाता सुरेशकुमार श्रेष्ठ र कमला श्र�. . .


उड्डयन प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड बढी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरणले उल्लेख्य उपलब्धि हाँसिल गर्दै गएको दाबी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सव समारोहमा प्रगति विवरण सुनाउँदै आर्थिक बर्ष २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करो�. . .


गाउँमा बङ्गुर पालन गर्दै धनलाल (भिडियोसहित)

विराटनगर । मोरङको जहदा गाउँपालिका– ७ का सिर्सियाका धनलाल मड्डीको पुर्ख्यौली पेशा खेती हो । पछिल्लो चार वर्षयता उनले कृषिसँगै बङ्गुर पालन पनि गरिरहेका छन् । बङ्गुर पालन सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । व्यस्तता पनि बढेको छ।‘खेती गर्दा सिजनमा मात्रै काम हुन्थ्यो, अरु बेला फुर्सद ,’ उनी भन्छन्,‘ बङ्. . .


स्तन क्यान्सरको सफल वंशाणुगत परीक्षण

काठमाडौँ । नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण ‘जिन सिक्वेन्सिङ’ सफल भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा यसको परीक्षण सफल भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जनाएको हो । मन्त्रालयका अनुसार अबदेखि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्तन क्यान्सरको वंशाणुगत परी. . .


कानुन बनाएर मात्रै बाल बिबाह सम्बन्धि समस्या समाधान हुनेवाला छैन : मन्त्री शाह

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री नवल किशोर शाहले कागज(कागजको खोस्टा)मा मात्रै कानुन बनाएर बालबिवाह सम्बन्धि समस्या समाधान नहुने बताएका छन् । बाल बिवाहमुक्त नेपाल अभियान सञ्चालनका लागि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनैपनि कानुन बास्तविक व्यवहारमा ल्याउन नसके धे. . .


कोशी प्रदेशमा दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप दिइँदै

झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ । स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख. . .


पाँच हजार आठ सय पन्ध्र रोपनीको गाँजा नष्ट

काठमाडौँ । प्रहरीले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा मुलुकका विभिन्न क्षेत्रमा लगाइएको पाँच हजार आठ सय १५ रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा दुई हजार नौ सय ३७ रोपनी क्षेत्. . .


नेप्से परिसूचक ३३ अङ्कले घट्यो, वित्त कम्पनीको शेयर मूल्यमा उच्च गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३३ दशमलव ०८ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव २६ प्रतिशतले घटेर दुई हजार पाँच सय ७६ दशमलव ५० बिन्दुमा कायम भएको हो । तीन सय आठ कम्पनीको एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर ६९ हजार नौ सय २३ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ६७ करो. . .


विप्लव नेतृत्वको नेकपाले झापा–कञ्चनपुर जनमार्च संचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको नवौं केन्द्रीय समितिको छैठौं पूर्ण बैठकले गरेको निर्णयहरु सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा मंसिर २७ देखि पौष २ गतेसम्म सञ्चालन भएको बैठकको निर्णय सार्वजनिक गरिएको हो । बैठकले वैचारिक, राजनीतिक, आर्थिक, संगठनात्मक, साँस्कृतिक क्षेत्रमा ऐतिहासिक एवं दू�. . .