पुर्व

चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी

इनरुवा (सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–२ बिहीबारे हाटमा रहेका राजा शर्माको दिनचर्या फलामका विभिन्न सामग्री बनाउनेमै बित्ने गरेको छ । उहाँले बिहानैदेखि फलामको सामग्री बनाउन तल्लीन देखिनुहुन्छ । वैदेशिक रोजगारी र अन्यको मजदुरी गर्नुभन्दा उहाँले फलामकै विभिन्न सामग्री निर्माण गरेर बेच्दा मनग्य आ�. . .


मोरङको ग्रामथानमा माओवादीबाट नमोनारायण माझी अध्यक्षका उमेदवार

विराटनगर । आगामी मसिर १६ गते हुने उपनिर्वाचनका लागि मोरङको ग्रामथान गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) अध्यक्षको लागि नमोनारायण माझीलाई उम्मेदवार तोकेको छ । ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा माझीलाई एक कार्यक्रमकोबीच उम्मेदवार घोषणा गरिएको हो । माझी ग्रामथान गाउँपालिकाको १ �. . .


उर्लाबारीबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधीसहित तीन जना पक्राउ

विराटनगर । ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित मोरङ प्रहरीले उर्लाबारीबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थायी घर सुनसरी ईटहरी उपमहानगरपालिका वडा नम्बर १७ भई हाल उर्लाबारी ६ पानीट्याङ्की टोलमा बस्दै आएका ५१ वर्षीय काजिमान सार्की , झापाको दमक ४ घर भई हाल उर्लाबारी ६ मै बस्दै आएका ३० वर्षीय �. . .


मजदुरबाट व्यवसायी बन्यो सीताको परिवार (भिडियोसहित)

विराटनगर । मोरङको बेलबारी नगरपालिका- १ की ५६ वर्षीय सीता बराइलीको जीवनको पाँच दशक दुःखैदुःखमा बित्यो । दुई छाक जुटाउनका लागि मुस्किल भएपछि उनी परिवारसहित पहाड घर भोजपुरबाट भारतको मेघालयसम्म पुगिन् । मेघालयमा उनले सामान्य होटल चलाइन, उनका श्रीमानले कोइला काट्ने काम गरे । जीवनमा अनेक कष्ट सहेकी सीता �. . .


चिया निर्यात बढ्यो, अलैँची घट्यो

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयबाट आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा चिया निर्यात ३६ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कानुसार तीन महिनामा छ हजार चार सय २६ दशमलव ७६ मेट्रिक टन चिया निर्यात भएको हो । चिया निर्यातको परिमाणसँगै यसको मूल्य ५० दशमलव ८८ प्रतिशतले बढेको मेची भन्सार कार्याल. . .


मेची भन्सारमा तीन अर्ब ५८ करोड राजश्व सङ्कलन

भद्रपुर (झापा) । मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजश्व सङ्कलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो । चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत. . .


माटोका भाँडा बनाउन भ्याइनभ्याई

इनरुवा (सुनसरी) । इनरुवा नगरपालिका–२ का २५ वर्षीय विनोद पण्डित बिहानै माटो मुछ्न थाल्नुहुन्छ । उहाँ दिनभर भाँडा बनाउने काममा व्यस्त रहनुहुन्छ । तिहार र छठपर्वलाई लक्षित गरेर पण्डितले माटोका भाँडा बनाउन थाल्नुभएको हो । पण्डितको उद्देश्य चाडपर्वका बेला सबैलाई माटोका भाँडा सहज रूपमा पुर्याउने रहेको. . .


मकै बेचेर जीवन निर्वाह

धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–६ काफुलमति राजवंशीको दैनिकी मकै पोलेर बित्ने गरेको छ । दिनभर अरुको मजदुरी गर्नुभन्दा मकै पोलेर बिक्री गर्दा मनग्य आम्दानी हुने गरेको उहाँले बताउनुभयो । राजवंशी मोरङ र झापाको विभिन्न ठाउँबाट मकैबारी नै ठेक्का हालेर खरिद गरेर ल्याई बिक्री गर्ने गरेको बताउनुहुन्छ �. . .


पाथीभरा मन्दिरमा एकै दिन पुगे पाँच हजार भन्दा बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा आज एकै दिन झन्डै ६ हजार दर्शनार्थी पुगेका छन् । दसैँको टीका पछि चहलपहल बढेको पाथीभरामा आज एकै दिन पाँच हजार नौ सय ८३ जना भक्तजन पुगेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार यो सङ्ख्या गत असोजभरको तुलनामा बढी हो । यही असोज महिनामा. . .


झापामा सवारी दुर्घटनाबाट एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नंको कन. . .


रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण !

फुङ्लिङ(ताप्लेजुङ) । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेड पाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थाएिको छ । रेडपाण्डा नेटवकको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्. . .


सडक विभागका उच्चस्तरीय टोलीद्वारा फोक्सिङटार पुल निरीक्षण

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल बाढीले बगाएपछि सडक विभागका उच्च अधिकारी र विज्ञ टोलीले निरीक्षण गरेका छन् । सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख डा विजय जैसी नेतृत्वको टोलीले निरीक्षण गरेको हो । नेपाल कम्युनिष्�. . .