slider

नेप्से परिसूचक झिनो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ४१ अङ्कले घटेर दुई हजार एक सय ८३ दशमलब २१ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १० अङ्कले ओर�. . .


भन्सार प्रशासनलाई सूचना प्रविधिमैत्री बनाइनेछ : अर्थमन्त्री

काठमाडौँ । विभिन्न कार्यक्रमको आयोजना गरी आज ७१औँ भन्सार अन्तर्राष्ट्रिय भन्सार दिवस मनाइएको छ । भन्सार विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार प्रशासनको समग्र पूर्वाधारलाई सूचना प्रविधिमैत्री बनाइने बताउनुभयो । भन्स�. . .


विराटनगरमा हुने सीएनआइ कोशी एक्स्पोको ईन्टरनेट पार्टनर वर्ल्डलिंक

विराटनगर । नेपालको सबै भन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंकले माघ १९ गते देखि हुने सीएनआइ कोशी एक्स्पोको इन्टरनेट सम्बन्धि सम्पुर्ण व्यवस्थापनक जिम्मेवारी लिएको छ। आयोजक नेपाल उद्योग परिसंघलाई आवश्यकता पर्ने इन्टरनेट र नेटवर्कको व्यवस्थापन गरिनुको साथै सबै भिजिटरलाई पनि नि:�. . .


राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्छ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि समय धकेल्ने प्रयास भइरहेको भन्दै निर्धारित समयमै उक्त चुनाव हुनुपर्ने धा. . .


श्रीपञ्चमी : देशभर सरस्वती पूजा गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्वका अवसरमा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्न देशभरका सरस्वती मन्दिरमा भक्तजनको भीड लागेको छ । आजका दिन निष्ठापूर्वक सरस्वतीको पूजा–आराधना गरेमा विद्या प्राप्त हुने शास्त्रीय मान्यता छ । यस अवसरमा लाजिम्�. . .


विराटनगरको किड्स भिलेजका बालबालिकाले सरस्वती पुजा मनाए

विराटनगर । विराटनगर-५ स्थित किड्स भिलेज स्कुलले सरस्वती पूजा मनाएको छ। उक्त कार्यक्रममा बालबालीकाहरुलाई अक्षरारम्भ गराउनुका साथै शैक्षिक सत्र २०७९/८० का लागि कक्षा प्ले ग्राउड र नर्सरीमा नयाँ विद्यार्थीहरूको भर्ना गरिएको छ। उक्त कार्यक्रममा ३२ जना नयाँ विद्यार्थीहरू भर्ना गरिएको स्कुलका शैक�. . .


उर्लाबारीमा वर्ष-गाठको अवसरमा एक दम्पतीद्वारा बालबालिकालाई भोजन

विराटनगर । उर्लाबारी इलाका प्रहरी कार्यालयका प्रमुख (प्रहरी निरीक्षक) मिलन थापाले बालगृहका बालबालिकासंग आफ्नो विवाहको वर्ष-गाठ मनाएका छन्। थापाले आफ्नो पहिलो बैबाहिक बर्ष-गाठको अबसरमा मंगलबार बिहानको खाना पत्नी स्वेता क्षेत्री थापासहित नमुना बालगृहका बालबालिकालाई खुवाएर मनाएका हुन्। परिवारम�. . .


ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनी

विराटनगर । ललित कला संगम र महिला उद्यमी संघ नेपालको संयुक्त आयोजनामा चित्रकला एवम् हस्तकला प्रदर्शनीको अयोजना गरेको छ । पञ्चमीको अवसरमा आज (विहिवार) प्रदेश १ स्तरीय चित्रकाल र हस्तकाल प्रदर्शनीको आयोजना गरीएको हो । विराटनगरमा आयोजना भएको प्रदर्शनीमा प्रदेशभरका कलाकारहरुले आफ्नो कला प्रदर्शनका. . .


काठमाडाैंमा भारतीय दूतावासले मनायो गणतन्त्र दिवस

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासमा आज भारतको ७४औँ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरिएको हो । कार्यक्रममा भारतका राष्ट्रपति श्�. . .


हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सामाजमा असल नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञाप्रकाश आवश्यक रहेको बताउनुभएको छ । श्रीपञ्चमी (सरस्वती पूजा)को शुभकामना सन्देश दिँदै उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरेर जनताको जीवनमा खुसी भर्न समाजलाई. . .


प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउँदै नागरिकका अपेक्षालाई सम्बोधन गर्ने विषय केन्द्रित रहेको प्रधानमन्त्री�. . .


जनकपुर हुँदै अयोध्या लगिँदै देव शिला

गलेश्वर । कालीगण्डकी नदीको शिला अब हिन्दूहरुको पवित्र धार्मिकस्थल भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर विश्वभरका हिन्दूधर्मावलम्बीद्वारा पुजिने भएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट बुधबार निकालेर गलेश्वरधाम परिसरमा लगिएको सो शिला आ. . .