slider

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

मकवानपुर । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणामअनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उप�. . .


तनहुँका २४ वडाको नतिजा सार्वजनिक

तनहुँ । स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा आइतबार रातिसम्म ती वडाको नतिजा सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले ११, नेकपा (एमाले) ले दश र नेकपा (माओवादी केन्द्र) ले तीन वडामा विजय हासिल गरेको छ । भिमाद–१ मा काँग्रेसका आले व. . .


सामाजिक सद्भावले सामूहिक विकास र समृद्धिमा अघि बढ्ने प्रेरणा मिलेको छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २५६६ औँ बुद्ध जयन्तीका अवसरमा सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा . . .


बुद्धको सन्देशलाई व्यवहारमा उतारी जीवनलाई शान्तिमय बनाउनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले २५६६औँ बुद्ध जयन्तीका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा समग्र मानव समु�. . .


राष्ट्रपति भण्डारीद्वारा बुद्ध जयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गरेकी छन् । राष्ट्रपति भण्ड�. . .


पाल्पाको रम्भा गाउँपालिकामा झडप, ६ जना घाइते

पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा झडप हुँदा ६ जना घाइते भएका छन् । खसेको भन्दा बढी मत भेटिएपछि विवाद हुँदा झडप भएको हो । घाइतेहरूमा तीन जना सुरक्षाकर्मी र तीन जना मतदाता रहेको बुझिएको छ । रम्भा–५ ताहुँको मतगणना सम्पन्न हुने क्रममा ७४ मत बढी देखिएपछि विवाद बढ्दै गएको थियो । निर्वाचन अधिकृतको कार्य�. . .


बुद्ध जयन्ती पर्व आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञ�. . .


बुढीगंगा गाउँपालिका-१ वडाध्यक्षमा कांग्रेसका काफ्ले विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका सोमराज काफ्लेले २ सय ९७ मतान्तरले विजयी भएका छन् । उनले १ हजार १ सय ५८ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका राजन . . .


बुढीगंगाको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसकाे अग्रता

विराटनगर । बुढीगंगा गाउँपालिकाको अध्यक्ष पदका नेकपा एमालेका उम्मेदवार बलभद्र सरदार थारुले अग्रता कायम राखेका छन् । उनले २ हजार ९ सय ४० र कांग्रेसका उम्मेदवार जित नारायण थापा मगरले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पदका उम्मेदवार इश्वरी प्रसाद आच�. . .


बुढीगंगा गाउँपालिका-४ वडाध्यक्षमा कांग्रेसका चौधरी विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका वडा नम्बर ४ मा नेपाली कांग्रेसका शशिकान्त चौधरी ११ मतान्तरले विजयी भएका छन् । उनले ८ सय १९ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बुढीगंगा गाउँपालिका हात्तिमुडा, मोरङले जानकारी दिएको छ । निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सागर बरालले ८ सय ८ �. . .


बुढीगंगा गाउँपालिका-७ मा एमालेकाे प्यानेल नै विजयी

विराटनगर । बुढीगंगा गाउँपालिका-७ मा नेकपा एमालेकाे प्यानेल नै विजयी भएका छन् । एमालेका वडाध्यक्ष पदका उम्मेदवार पंकज चाैधरी थारुले १२ सय १० मत पाएर विजयी भएका हुन् । उनका निटकतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकाे उम्मेदवार मुरारी लाल विश्वास थारु ११ सय ३ मत प्राप्त गरेका छन् । त्यस्तै,महिला सदस्य�. . .


जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित

झापा । झापाको मेचीनगर–३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको निर्वाचनको मत गणनासँगै परिणामतिर सोझिरहेका बेला बाहुनडाँगी, १, ३ र ४ का बासिन्दा भने हात्तीबाट ज्यान र बाली . . .