अन्तराष्ट्रिय

शक्तिशाली विस्फोटपछि लेबनानका प्रधानमन्त्रीद्धारा राजीनामा

गत हप्ता लेबनानको राजधानी बेरुतमा भएको शक्तिशाली विस्फोटपछि नैतिकताको आधारमा भन्दै लेबनानका प्रधानमन्त्रीले राजीनामा दिनुभएको छ । सो विस्फोटमा परी २०० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यस विस्फोटनका कारण लेबनानका नागरिकहरुले व्यापक रुपमा आक्रोश व्यक्त गरिरहेका थिए । नागरिकले प्रधानमन्त्रीक�. . .


कोरोना अपडेट: विश्वको दुई करोड बढिमा कोरोना भाइरस

विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । विश्व स्वास्थ्य (डब्लुएचओ) ले सोमबार दिएको जानकारीअनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सोमबारसम्. . .


भारतका पूर्व राष्ट्रपतिलाई कोभिड-१९ सङ्क्रमण पुष्टि

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको सोमबार पुष्टि गरिएको छ । उहाँ हालै कोरोनाभाइरसबाट सङ्क्रमितको सम्पर्कमा रहेको पत्ता लागेपछि परीक्षण गर्दा उहाँलाई पनि सङ्क्रमण पुष्टि भएको हो । आफूलाई सङ्क्रमण पुष्टि भएपछि उहाँले पछिल्लो हप्ता आफ्नो सम्पर्कमा आएकाहरुलाई स�. . .


कोभिड–१९ खोपको सबैमा पहुँच सुनिश्चित गर्न एक खर्ब अमरिकी डलर लाग्ने

कोभिड–१९ खोपको विश्वका सबै व्यक्तिमा पहुँच पुर्याउन कम्तीमा पनि एक खर्ब अमेरिकी डलर लाग्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएको छ । सोमबार जेनेभाबाट भर्चुअल प्रेस सम्मेलनमा बोल्दै डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अडानोम घेब्रियससले भन्नुभयो, “यो धेरै पैसा जस्तो लाग्छ र यो हो पनि ।” स्वा�. . .


कोरोना भाइरस सङ्क्रमणबाट विश्वमा एक करोड २५ लाख भन्दा बढी मुक्त

विश्वमा एक करोड २५ लाख ५० हजार ६३१ जना कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी सात लाख २४ हजार १८६ जनाको मृत्यु भएको पनि सो संगठनले जनाइएको छ । सो संगठनकाअनुसार शनिबारसम्म विश्वभरीमा एक करोड ९५ लाख ४९ हजा�. . .


भारतमा एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट एकैदिनमा ६१ हजार ५०० भन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६१ हजार ५३७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । त्यसैगरी सोही अवधिमा मात्रै कोरोनाका कारण ९३३ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानका�. . .


गर्मी विदासँगै जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढ्दो

गर्मी विदा सुरू हुँदै गर्दा जापानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या वृद्धि भइरहेको जापानी अधिकारीले बताएका छन् । जापानमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक हजार ५६५ पुगेको स्वास्थ्य मन्त्रालय तथा स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् । यससँगै शनिबार साँझसम्म जापानम�. . .


भारतमा कूल सङ्क्रमितमध्ये ६७ प्रतिशत सङ्क्रमणमुक्त

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ६७.६२ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार सङ्क्रमणमुक्त हुनेको यो दर अहिलेसम्मकै उच्च हो । भारतमा अहिलेसम्म १३ लाख २८ हजार ३३६ कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्ति सङ्क्रमणमुक्त भएको पनि मन्त्रा. . .


अमेरिकी राष्ट्रपति ट्रम्पको सामग्री फेसबुकले हटायो

सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा भिडियो पोस्टलाई हटाइदिएको बुधबार जनाएको छ । भिडियोमा राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसबाट बालबालिका सुरक्षित रहेको दाबी सहितको सन्देश प्रवाहित गर्नु भएको थियो । फेसबुकले राष्ट्रपतिको उक्त दाबीलाई “ कोभिडसम्बन्धी अहितकर झुठो सूचना. . .


लेबनानमा भएको विस्फोटमा १३५ को मृत्यु, चार हजार भन्दा बढी घाइते

लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मंगलबार भएको शक्तिशाली विस्फोटमा परी ज्यान गुमाउनेको संख्या १३५ पुगेको छ । करिब २ हजार ७५० टन ‘एमोनियम नाइटे«ट’ नामक रासायनिक पदार्थ भण्डारण गरेको एक गोदाम घरमा भएको यस विस्फोटमा परी चार हजार भन्दा बढी घाइते भएका बताइएको छ । यस गोदाममा सन् २०१४ मा एक कार्ग�. . .


भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघ्यो

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १९ लाख नाघेको बुधबार जनाइएको छ । गत २४ घण्टामा भारतका ५२ हजार ५०९ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १९ लाख ८ हजार २५४ पुगेको त्यहाँको केद्रिय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणक�. . .


विस्फोटनपछि बेरुतबाट तीन लाख मानिस विस्थापित

लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै ध�. . .