खेलकुद

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदै

एकदिवसीय विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ। भारतको अहमदावादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विश्वकपको उद्घाटन खेल हुनेछ। दिउँसो सवा २ बजे हुने उद्घाटन खेलमा साविक विजेता इंगल्याण्ड र साविक उपविजेता न्युजिल्याण्ड भिड्नेछन्। १३ औं संस्करणको एकदिवसीय विश्वकपमा १० राष्ट्रहर. . .


पर्यटन प्रवर्द्धनका लागि ‘खाँदबारी रन’ खुल्ला दौड प्रतियोगिता हुने

विराटनगर । खाँदबारी युथ क्लबले 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । संखुवासभाको पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले खाँदबारी युथ क्लवले पर्यटन प्रवर्द्धन 'खाँदबारी रन' खुल्ला दौड प्रतियोगिता आयोजना गर्ने भएको हो । नेपालीहरुको महान चाड दशैंको शुभ अवसरमा आगामी असोज २८ गते घटस्था. . .


महिला भलिबल : नेपाल भारतसँग पराजित

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो । खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट. . .


एसियाली खेलकुद : नेपालले महिला कबड्डीमा पदक पाउने निश्चित

काठमाडौँ । उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेश गरेसँगै १९औँ एसियाली प्रतियोगितामा नेपालले कबड्डीमा पदक पाउने निश्चित भएको छ । चीनको हाङझाउमा जारी प्रतियोगिताअन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा इरानले बङ्गलादेशलाई ५. . .


१९औँ एसियाली खेलकुद : चीन १६१ स्वर्णसहित शीर्ष स्थानमा

काठमाडौँ ।१९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत मङ्गलबारसम्म पाँच सय ८२ पदकको छिनोफानो भएको छ । मङ्गलबारसम्मको खेल प्रदर्शनका आधारमा चीन एक सय ६१ स्वर्ण, ९० रजत र ४६ कास्यसहित दुई सय ९७ पदक प्राप्त गर्दै शीर्षस्थानमा रहेको छ । यस्तै जापान ३३ स्वर्ण, ४७ रजत र ५० कास्यका साथ एक सय ३० पदक प्राप्त गर्दै दोस्रो . . .


१९औँ एसियाली खेलकुद : रसिला प्रिक्वाटर फाइनलमा

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिङ्गल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटर फाइनलमा प्रवेश गरेकी छिन् । महर्जनले मङ्गोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ अङ्कको सोझो सेटमा पराजित गरिन् । आज भएका बाँकी तीन स्पर्धामा भने नेपाल प. . .


एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

काठमाडौँ । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२ रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । �. . .


भारतले नेपाललाई दियो २०३ रनको लक्ष्य

 १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोड्यो। भारतका यसस्वी जैसवाल एक सय रन जोडेर आउट भए। उनले ४८ बलमा सतक पुरा गरेका थिए। रुतुराज गाइक्वाडले २५ रन बनाए। रिंकु. . .


उन्नाइसौँ एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ । उन्नाइसौँ एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा आज भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको खेलमा नेपालले बङ्लादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो । पहिलो हाफम�. . .


१९औँ एसियाली खेलकुद : नेपालले भारतसँग खेल्ने

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा नेपालले क्वार्टरफाइनलमा भारतसँग खेल्ने भएको छ । आज भएको ‘ड्र’ मा नेपालले भारतलाई प्रतिद्वन्द्वीको रूपमा पाएको हो । ड्र अनुसार नेपाल र भारतको खेल मंगलबार बिहान ९ बजे सुरु हुने छ। भारतलाई जिते नेपाल सेमिफाइनलमा प्रवेश गर्ने�. . .


क्रिकेटर दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षकको बधाई

काठमाडौँ । नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तानसमेत रहनुभएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरीलाई प्रहरी महानिरीक्षक वसन्तुबहादुर कुँवरले बधाई ज्ञापन गर्नुभएको छ । ऐरीले मित्रराष्ट्र चीनमा भइरहेको १९औँ एशियन खेलअन्तर्गत टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड राख्न सफल भएको भन्दै प्रहरी महानिरीक्. . .


१९औँ एसियाली खेलकुद : माल्दिभ्सलाई हराउँदै नेपाल क्वाटरफाइनलमा

काठमाडौँ । तीव्र गतिका बलर अभिनाश बोहराले कीर्तिमानी ६ विकेट लिएसँगै नेपाल १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपालले माल्दिभ्सलाई एक सय ३८ रनले पराजित गरेको हो । नेपालले अब समूह ‘ए’ को विजेताका रुपमा क्वाटरफाइनलमा भारत, पाकिस्तान, �. . .