खेलकुद

‘रेस्लिङ च्याम्पियनसीप’को उपाधि नुवाकोटे टाइगरलाई

झापा । मदन भण्डारीको ७१औँ जयन्तीका अवसरमा कमल गाउँपालिकामा आयोजना गरिएको चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसीपको उपाधि नुवाकोटे टाइगरले जित्नुभएको छ । उपाधिसँगै उहाँले रु एक लाख २५ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा केरखामा शनिबार आयोजित खेलमा टा. . .


खेल क्षेत्रलाई राज्यले विशेष ध्यान दिन आवश्यक छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुदले शारीरिक, मानसिक विकासमात्र नभई देश विकासमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । रोयल नेपाल गल्फमा आज आयोजित खुला महिला गल्फ प्रतियोगिताको विजेता खेलाडीहरूलाई पुरस्कार प्रदान गर्दै राष्ट्रपति भण्डारील. . .


कतार विश्वकप २०२२ : ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग हुने

फुटबलको सर्वोच्च निकाय फिफाले कतार विश्वकप २०२२ मा ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’ प्रयोग गर्ने भएको छ । फिफाले शुक्रबार ‘अर्ध–स्वचालित अफसाइड प्रविधि’बाट धेरै छिटो र विश्वसनीय निर्णय आउने विश्वास व्यक्त गरेको छ । “हामीले भिडियो सहायक रेफ्री (भीएआर)को प्रभावकारी प्रयोगका लागि निरन्तर काम गर्दै आ�. . .


क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमको विजयी सुरुवात

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ । आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भय�. . .


पौडीमा उत्कृष्ट आयुष

विराटनगर । मोरङ पौडी संघ को आयोजनामा सम्पन्न पौडी प्रतियोगितामा आयुष लामा उत्कृष्ट खेलाडि हुनुभएको छ । एभरेष्ट कलेज विराटनगरको स्विमिङ पुलमा सम्पन्न प्रतियोगितामा विभिन्न ८ स्पर्धा मध्येबाट लामा उत्कृष्ट हुनुभएको हो । पौडी प्रशिक्षक ईन्द्र राजभण्डारीका अनुसार उत्कृष्ट खेलाडि लामाले नगद २ हजार १. . .


प्रदेश खेलकुद विकास बोर्डले विराटनगरमा खेलाडी सम्मान गर्ने

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डले ओलम्पिक, एसियन र साफ गेममा सहभागि खेलाडीलाइ सम्मान गर्ने भएको छ । आगामी असार १९ गते विराटनगर एयरपोर्ट रोडमा रहेको पर्पलहेजमा खेलाडी सम्मान कार्यक्रम राखिएको हो । प्रदेश १ बाट हालसम्म अन्तरार्ष्ट्रियस्तरको खेलस्पर्धामा सहभागि खेलाडीको बृहत भेलाको आयोजना गर�. . .


एपीएफ र पुलिसको लगातार दोस्रो जित

काठमाडौँ । विभागीय टोलीहरू नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी बागमती प्रदेश न्यु डायमन्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गरेका छन् । कीर्तिपिुरस्थित कभर्डहलमा आज भएको खेलमा एपीएफले आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई तथा पुलिसले परोपकार आदर. . .


एन्फा टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबाहदुर देउवाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को नवनिर्वाचित टोलीलाई आज बधाई दिँदै कार्य सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहितको निर्वाचित टोलीलाई प्रधानमन्त्री देउवाले �. . .


राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चन्द्रागिरि नगरपालिका पहिलो

रत्ननगर । चितवनको भरतपुरमा सम्पन्न दोस्रो मेयर कप राष्ट्रिय तेक्वान्दो प्रतियोगितमा काठमाडौँको चन्द्रागिरि नगरपालिका पहिलो भएको छ । चन्द्रागिरि ६ स्वर्ण, एक रजत र तीन कास्य पदकसहित पहिलो भएको हो । प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका १२ पदकसहित दोस्रो भएको छ । गैँडा. . .


राजु विदेसिँदा किन चिन्तित छन् भलिबलप्रेमी ?

अब सायदै भलिबल कोर्टमा देखिनेछन्, राजु विक । देशका लागि प्रतियोगिता खेल्न नपाए पनि भलिबलप्रेमीले भने उनलाई पछिसम्म सम्झनेछन् । क्विक स्पाइकर विक उत्कृष्ट खेल्दाखेल्दै भलिबलबाट हात धुन विवश बनेका छन् । गलकोट नगरपालिका–५ हरिचौरका विकका लागि गत जेठ दोस्रो साता ‘पर्वत कृषि तथा पर्यटन महोत्सव’मा आयोजि. . .


राष्ट्रिय महिला भलिबल प्रतियोगिता भोलिदेखि सुरु

काठमाडौँ । बागमती प्रदेश खेलकुद विकास परिषद् र न्यू डायमण्ड स्पोट्र्स क्लबको संयुक्त आयोजनामा बागमती प्रदेश न्यू डायमण्ड कप खुला महिला राष्ट्रिय भलिबल प्रतियोगिता हुनेभएको छ । कीर्तिपुरस्थित बहुउद्देश्यीय कभर्डहलमा हुने उक्त प्रतियोगितामा विभिन्न चार टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रक�. . .


क्यानडा जाने नेपाली टोलीको बिदाइ

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीका लागि क्यानडा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज बिदाइ गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले सफलताको शुभकामना दिँदै टोलीलाई आज बिदाइ गर्नुभयो । नेपालले क्यानडासँग दुईवटा एकदि�. . .