विशेष

साहसिक पर्यटनको सम्भावना इलामको घोर्ले भिर

रामकुमार लिम्बू / रासस फिक्कल (इलाम) । ठाडो स्वरुप, टाढाबाट पर्खाल जस्तो देखिने चट्टानी बनावटमा रहेको इलामको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीको तोभाङमा अवस्थित भौतिक पूर्वाधारको अभावमा पर्यटकको आकर्षणको केन्द्र बन्न सकेको छैन । वरिपरि हरियाली डाँडाकाँडा र अधिकांश भूभाग ठूला चट्टानहरु रहेको घोर्ले �. . .


निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

मनिषा बस्नेत/नेपाल न्यूज बैंक काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ । निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्. . .


विराटनगरमा अपाङ्गता अधिकार : पूर्वाधारमा बढाउँदै पहुँचयुक्तता, व्यवसायमा जोडेर जीविका

विराटनगर । विराटनगर महानगरपालिकाले अपाङ्गतामैत्री भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगरपालिकाले आफ्नो भवन परिसरलाई पहुँचयुक्त बनाएको छ । योसँगै महानगरपालिकाले सहायता कक्ष स्थापना गरेर पहुँचयुक्त ¥याम्पसहित कार्यालय प्रवेशमा सहजीकरण गरेको हो । महानगरपालिकामा सेवा लिने पुगेक�. . .


बाल यौन दुर्व्यवहार आरोपमा विराटनगरको जनता स्कुलका एक शिक्षकलाई एक वर्ष कैद

विराटनगर । मोरङ जिल्ला अदालतले विराटनगरको जनता नमूना माध्यमिक विद्यालयका एक शिक्षकलाई बाल यौन दुर्व्यवहारको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र एक लाख रुपैयाँ क्षतिपूर्ति गराउन आदेश दिएको छ। विराटनगर–२ को जनता नमूना माध्यमिक विद्यालयका शिक्षक ओजेश भगतलाई अदालतले दोषी ठहर गरेको हो। जिल्ला अदा�. . .


सांसदसँग संवादः प्रतिनिधिसभामा १६५ जना सदस्य भए पुग्छ : रमेश रिजाल

काठमाडौँ, ९ जेठः नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो बनाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य रिजाल प्रतिनिधिसभामा एक सय ६५ जना सदस्य भए सभा पूर्ण हुने तर्क गर्नुहुन्छ । पर्सा–४ बाट निर्वाचित उहाँसँग देशको संसदीय अभ्यास, संविधान संशोधन, सुशासन र. . .


रवि लामिछानेको रिट निवेदनमा आज पनि सुनुवाइ हुने,आजै आदेश आउने सम्भावना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट निवेदन र पूर्वडीआईजी छविलाल जोशीको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । बिहीबार रविका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि �. . .


पूर्वी नाकाबाट रु.चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा रु चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईका अनुसार सो अवधिमा १७ लाख ६५ हजार ९० केजी खरबुजा नेपाली बजारमा भित्रिएको छ । गर्मीमा शीतल प्रदान गर्ने स्वादिष्. . .


कोशी प्रदेशमा लागू औषध विरुद्ध सचेतना अभियान

विराटनगर । लागू औषध तथा मदिरा दुर्व्यसनको नियन्त्रण र रोकथाममा जनचेतना फैलाउने उद्देश्यले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ टंकिसिनवारी चोकबाट सुरु गरिएको ‘लागू औषध विरुद्धको ¥याली तथा कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङको आयोजना तथा कोशी प्रदेश सरकार, जिल्ला प्रह�. . .


विराटनगरमा उपप्रमुखहरूको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ गते हुने

विराटनगर । विराटनगरमा उपपप्रमुखहरुको राष्ट्रिय सम्मेलन आगामी जेठ २३ र २४ गते हुने भएको छ। देशभरका उपप्रमुखहरूले भोग्दै आएको समस्या, समस्या समाधान गर्नको लागि गर्नु पर्ने कामहरूको विषयमा छलफल गर्नको लागि सम्मेलनको आयोजना गरिएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी द�. . .


मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन

काठमाडौँ । सांसदले मनसुनअघि नै विपद जोखिम न्यूनिकरण गर्न पूर्वतयारी गर्नुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाहरुले मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनिकरण गर्न तयारी थाल्नुपर्नेमा जोड दिनुभएको हो । विपद्् व्यवस्थापन (�. . .


तीन दशकदेखि मकै बेचेर आत्मनिर्भर ‘शान्ति’

संगीता राई / रासस धरान (सुनसरी) । शहर नबिउँझिनुअघि नै बिउँझिनुहुन्छ शान्ति श्रेष्ठ । एकाबिहानै सूर्य नउदाउँदै धरानबाट गाडी चढेर मोरङको भावन्ने पुग्नुहुन्छ । मकै किनेर फेरि धरान । यति बेलासम्म १० त कहिले ११ बजिसकेको हुन्छ । त्यसपछि सुरु हुन्छ आगो र धुवासँग खेल्न । उहाँले दिनहुँ करिब १६० घोगा मकै पोलेर ब�. . .


आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले आज सार्वजनिक गरेको आगामी मनसुनको हावा पानी आँकलनअनुसार यही जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । वि�. . .