विशेष

गणेश यादवको अन्त्येष्टि आज गरिँदै

सिरहा । सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको अन्त्येष्टि आज गरिने भएको छ। सुनसरीको घटनालाई लिएर गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएपछि अन्त्येष्टिको तयारी अघि बढाइएको हो। सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घ�. . .


कोशी अस्पतालमा पोस्टमार्टमपछि शवको नगरपरिक्रमा गरिदै लगियो घर , आजै अन्त्येष्टि गरिने

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डमा ज्यान गुमाएका दुई जनाको शव कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि विराटनगरमा नगरपरिक्रमा गरिएको छ । सरकार र पीडित परिवारबीच शनिबार बिहान ७ बुँदे सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव आफन्तलाई जिम्मा लगाइएको हो�. . .


मोरङको रतुवामाईमा एक हजार ३३ किलो गाँजासहित मिनी ट्रक नियन्त्रणमा

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–१० सोमबारे क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेक्वा बर्डंगाको टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार उर्लाबारी–आमबारी सडकखण्डमा चेकजाँचका क्रममा को �. . .


सुनसरी देवानगञ्ज घटना अपडेटः आफन्तले शव बुझे, आजै अन्त्येष्टि गरिने तयारी

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकान्डमा मृत्यु भएका दुई व्यक्तिको शव बुझेसँगै अहिले कोशी अस्पतालमा पोष्टमार्टम भईरहेको छ । सरकार र पीडित परिवारबीच आज बिहान ७ बुँदे सहमति भएपछि शव बुझेर आफन्तले जिम्मा लिईसकेका छन् । विराटनगर १० स्थित न्यूरो अस्पतालमा रहेका मृतक ओ�. . .


विराटनगरमा सामाजिक सद्भाव र्‍याली

सोनु साह विराटनगर । सुनसरी र मोरङ सहित तराई जिल्लामा पछिल्ला दिनमा देखिएको तनाव र अशान्ति थप फैलिन नदिन विराटनगरमा शुक्रबार सामाजिक सद्भाव र्‍याली आयोजना गरिएको छ। विराटनगरस्थित नागरिक समाज, हिन्दु तथा मुस्लिम धार्मिक अगुवा, स्थानीय व्यवसायी, मजदुर, विभिन्न संघसंस्था तथा सर्वसाधारणको सहभागितामा आ�. . .


मोरङ प्रशासनद्वारा विराटनगरमा ड्रोनमार्फत कडा सुरक्षा निगरानी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन ड्रोनमार्फत निगरानी सुरु गरेको छ । सुनसरीको देवानगञ्जमा भएको घटनापछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेका बेला कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ । जिल्ला. . .


सर्लाहीमा भ्रामक सूचना फैलाएको आरोपमा एक युवक पक्राउ

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सामाजिक सञ्जालमार्फत भ्रामक तथा झुटा सूचना प्रसारण गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। प्रहरीका अनुसार फेसबुकमा मुकेश कुमार यादव समर्थक नामको प्रोफाइलमार्फत सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भावमा प्रतिकूल अस. . .


विराटनगरबाट शान्ति र सद्भावको सन्देश, आज सद्भाव र्‍याली

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–स्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन आज शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङमा प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको अध्यक्षतामा बिहीबार बसेको सर्वपक्षीय बैठ�. . .


सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा गरिने

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाका सन्दर्भमा सरकार र पीडित पक्षबीच ६ बुँदे सहमति भएको छ। गृह मन्त्रालय र मृतकका अभिभावकहरूबीच भएको वार्तामा पीडितका माग सम्बोधन गर्ने लिखित सम्झौता भएपछि आन्दोलनरत पक्ष अन्तिम संस्कारका लागि तयार भएको हो। गृहमन्त्री . . .


सुनसरी घटनापछि मोरङमा सर्वपक्षीय बैठक, सद्भाव कायम राख्नेबारे छलफल

विराटनगर। सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि त्यसको प्रभाव अन्य जिल्लामा समेत फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले सर्वपक्षीय बैठक बोलाएको छ । मोरङ उद्योग व्यापार संघको सभाहलमा जारी बैठकमा जिल्लास्थित राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाको सहभा�. . .


देवानगन्ज घटना : उपचाररत अर्का युवकको पनि मृ*त्यु, के छ पछिल्लो अवस्था ?

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको गोलीकाण्डमा घाइते भएका अर्का एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । यससँगै घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार देव�. . .


कप्तानगञ्जवासीको माग गोली चलाउने माथि कारवाही हुनुपर्छ

विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समुदायबीच भएको झडपपछि सुरु भएको विरोध प्रदर्शन अझै रोकिएको छैन। घटनामा सुरक्षाकर्मी सहित २२ जना घाइते भएका थिए भने १० जनामाथि गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका देवानगञ्ज–३ का २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका लाग�. . .