“सफलता हासिल गर्नुछ भने सपना देख्न र मेहेनत गर्न छोड्नु हुदैन” योगेन्द्र मण्डल

विराटनगर, १३ असार । बिराटनगरमा अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने “लास्ट थर्सडे” कार्यक्रम हिमालय दर्शन कलेजको प्रांगणमा २०७६ अषाढ १२ गते बिहिबारका दिन सम्पन्न भएको छ । उक्त कार्यक्रममा जीवन विकास समाजका संस्थापक तथा कार्यकारी निर्देशक योगेन्द्र मण्डलले अथिति बक्ताको रुपमा बिराटनगरका युवाहरुसंग अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा मण्डलले आधा घण्टा आफ्नो जीवनको अनुभब साटासाट गरेपश्च्यात प्रश्न उत्तर मार्फत सहभागीहरुको जिज्ञासा मेटाएका थिए l

भबिस्यमा अरुको लागि काम गर्ने कि अरुको निम्ति रोजगारी सिर्जना गर्ने भन्ने प्रश्नबाट आफ्नो भनाइ सुरु गरेका मण्डलले जीवन विकास समाजको उत्पति शोखले नभएर परिस्थितिले सिर्जना जानकारी दिएl

२०५१ सालमा आफ्नो BSC को पढाई सके पस्चायत दुइजना ऋषिदेब बालकहरुको पढाइको स्तर माथि उठाउनको लागि थालिएको आफ्नो अभियानले आज जीवन विकास यो अवस्थामा आइ बिभिन्न आर्थिक तथा सामाजिक कार्यक्रम मार्फत सयौको संख्यामा मानिसहरुलाइ रोजगारीको अवसर सिर्जना गर्नु साथै लाखौ मानिसहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिए l जसकारण आफ्नो संस्था लघुवित्तको क्षेत्रमा संसार भरिबाट मुल्यांकन हुदा ८ औ नम्बरमा पर्न सफल भएको र भर्खरै ३ करोड ४६ लाख नेपालि रुपैया बराबरको AGFund जित्न सफल भएको जानकारी गराए l

उनले जीवनमा सफलता हासिल गर्नुछ र आफ्नो कामलाई ठुलो उचाइमा लैजानु छ भने सपना देख्न र मेहेनत गर्न छोड्नु हुदैन भन्ने कुरा बताए ।हामि सकारात्मक भएको खण्डमा हाम्रो सफलताको मात्रा बढेर जाने कुरामा कुनै सन्देह नरहेको र बिद्यार्थीहरुले जाचमा प्रस्नको उत्तर दिनको निम्ति मात्र नपढेर आफ्नो जीवनलाइ सार्थक बनाउने उदेश्यले ज्ञान आर्जन गर्नुपर्ने कुराको अवगत उपस्थित श्रोताहरुलाई गराए l

कार्यक्रमको अन्त्यमा होटल नमस्कारका निर्देशक युनेश श्रेष्ठ तथा नेप्लिज यंग इन्टरप्रेनस फोरम बिराटनगरका सचिब श्री राघव कोइरालाले कार्यक्रमका बक्ता योगेन्द्र मण्डल ज्युलाइ खादा तथा प्रसंसा पत्रले सम्मान गरेका थिए l 

७१ जनाले सहभागिता जनाएको उक्त कार्यक्रम बिकल्प एन अल्ट्रनेटिभ, मकालु टिभी, बिराटनगर इन्टरनेसनल कलेज, होटल नमस्कार, मल्ल ग्रुप अफ कम्पनीज र नेप्लिज यंग इन्टरप्रेनस फोरमको सहकार्यमा संचालन हुदै आएको छ ।

सम्बंधित कार्यक्रमहरु



प्रतिक्रिया लेख्नुहोस