समाचार

सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भयो : राजेन्द्र लिङ्देन

काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुशी व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् । त्यस्तै उनले कतारका राजा नेपाल भ्रमणम. . .


प्रधानमन्त्री दाहालसँग रसियन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष कटीरिनले गरे भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेका छन् । बालुवाटारमा मंगलबार भएको भेटमा प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग नेपाल–रुसबीच रहीआएको सम्बन्धका विविध पक्ष र लगानीका विषयमा छलफल गरेको प्रधानमन्त्री सचिवालयल�. . .


सर्लाहीमा आठ हजार भन्दाबढी बालबालिका अझै विद्यालय बाहिर

बरहथवा (सर्लाही) । राष्ट्रव्यापी रुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय �. . .


मलेसियामा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा १० को मृ*त्यु

क्वालालम्पुर । मलेसियाको पेराक राज्यमा मंगलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । फ्लाईपास्ट रिहर्सलका क्रममा हेलिकोप्टरहरू लुमुट रोयल मलेसियन नेवी बेसमा ठोक्किएर दुर्घटनाग्रस्त भएको रोयल मलेसियन नेवीले विज्ञप्तिमा उल्लेख गरेको छ । दुर्घटनाग्र�. . .


घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मंगलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु. दुई हजार सात सयले ओरालो लागेको छ । सोमबार तोलामा रु. एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ३५ हजार पाँच सयमा निर्धारण भएको छ । �. . .


प्राध्यापकहरुलाई विश्वस्तरको शिक्षा र अनुसन्धानको अवसर आवश्यक

काठमाडौं । त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग, चाइनिज एकेडमी अफ साइन्सेस र त्रिविको संयुक्त पहलमा निर्मित काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेशन(केसिआरई)को संयुक्त आयोजनामा तथ्याङ्क विश्लेषण र वैज्ञानिक लेखन सम्बन्धमा क्षमता अभिवृद्धि तालिमको आयोजना गरेको छ । अनुसन्धानक. . .


फिल्म ‘मेयर’को एउटै दृश्यका लागि ११ हजार मान्छेको भीड !

काठमाडौं । छायांकन सुरु गरेको ५१ औं दिनमा ‘इन्डक्ल्याप’ भएको फिल्म ‘मेयर’ यतिबेला पोस्ट प्रोडक्सनमा छ । दीपेन्द्र के.खनाल निर्देशित फिल्मले काठमाडौंको मल्ल होटलबाट छायांकन सुरुगरी सर्लाही र सिन्धुलीबाट छायांकन यात्रा पूरा गरेको थियो । फिल्मका अधिकांश दृश्य सर्लाहीमा छायांकन गरिएको छ । निर्देश�. . .


ढुंगा–गिटी राम्रो आयस्रोत हो तर गृहमन्त्रीले रोकिदिए : नगरप्रमुख मर्हजन

काठमाडौं । गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले सरकारले ढुंगा,गिटी उत्खननको मापद्दण्ड छिटो भन्दा छिटो बनाउनुपर्ने बताएका छन् । महर्जनले आफ्नो नगरभित्रका खानीहरुबाट ढुंगा,गिटी, बालुवाजस्ता प्राकृतिक स्रोतको उत्खनन् गर्न स्थानीय सरकारलाई संघको मापद्दण्डले रोकेको बताए । उनले गोदावरी नगरप�. . .


नीजि क्षेत्रलाई कन्ट्रोल होइन, सहजीकरण गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीजि क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानी मैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् । नयाँ वानेश्वरस्थित लगानी बोर्डको कार्यालयमा मंगलबार बसेको बैठकमा उनले विकास र समृद्धिका लागि नीजि क्षेत्रलाई नियन्त्रण गर्ने नभइ सहजीकरण गर्नुपर्ने . . .


झापामा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो वर्षीय बिनोद तामाङलाई मेचीनगर नगरपालिका-६ झापाबाट ४२ ग्राम . . .


प्रकाश दाहालको स्मृतिमा अन्तरपालिका भलिबल हुने

काठमाडौं । प्रज्ञा स्मृति प्रतिष्ठानले वैशाख २२ देखि २५ गतेसम्म प्रकाश दाहाल स्मृति बाग्मती प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । ललितपुर जिल्लाको महाङ्काल गाँउपालिकाले आयोजना गर्ने प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्नको लागि जिल्ला, पालिका र वडा तहमा विभिन्न समित�. . .


क्यानद्वारा सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षणको अनुमति

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले द बाबु एडभेञ्चर इन्टरनेशनल स्कुललाई सोलुखुम्बुको महाकुलुङमा प्याराग्लाइडिङको परीक्षण उडानका लागि अनुमति प्रदान गरेको छ । क्यानले सो कम्पनीलाई महाकुलुङ–५ मा यही वैशाख ११ गतेदेखि १५ गतेसम्म परीक्षण उडानका लागि अनुमति प्रदान गरेको जनाएको छ । क्यान�. . .