समाचार

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन

गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँ माथि गोली प्रहार भएको थियो । नारास्थित अस्पतालको सघनकक्षमा उपचाररत उहाँको भर्खरै निधन भएको सञ्चार माध्यमले जनाएका छन�. . .


सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण

वीरगञ्ज । सीमा नाकामा भइरहेको आवतजावतका कारण कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढेको पाइएको छ । पर्साको वीरगञ्जनाका भई नेपाल प्रवेश गर्नेमा कोरोना सङ्क्रमण पुष्टि हुने क्रम बढ्दै गएको हो । सीमानाकामा स्थापित हेल्थ डेस्कमा एन्टीजेन विधिबाट कोरोना परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको पाइएको �. . .


जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ निलकण्ठ नगरपालिका-१४ घर भई हाल काठमाडौं सामाखुसी बस्ने ३२ वर्षीय टिकाराम नेपालीलाई आइतबार साँझ प्रहरीले पक्रउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ ठमेलस्थित होटलमा नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प�. . .


कोशी ब्यारेजका फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या

काठमाडौं । कोशी ब्यारेजमा जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिनलाई समस्या बढेको छ । जलचरका लागि बनाइएका दुईवटा फिस ल्याडर सञ्चालनमा नआउँदा डल्फिन कोशी ब्यारेज पार गर्न नपाएका हुन् । जलचर प्राणी (डल्फिन र माछा) ब्यारेज वारपार गर्ने दुईवटा बाटो छन् । कोशीमा रहेका १५ देखि १८ वट�. . .


नेप्से फेरि ३४.७१ अंकले तल झर्‍याे

विराटनगर । साताको अन्तिम कारोबराका दिन शुक्रबार सेयर बजार नेप्से परिसूचक १.७१ प्रतिशतले घटेको छ । आज नेप्से ३४.७१ अंकले घट्दा १९९२.६१ बिन्दुमा झरेको हो । नेप्सेसँगै सबै उपसूचक पनि घटेका छन् । व्यापार, होटल तथा पर्यटन र वित्त कम्पनी उपसूचक ३ प्रतिशत भन्दा माथिले घटेको छ । घटेको बजारमा शुक्रबार १ अर्ब �. . .


जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

सिन्धुली । कमलामाई नगरपालिका-६ धुराबजारस्थित सुवर्ण होटल एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक घ्याङ्लेख गाउँपालिका-४ स्थायी घर भएका ५६ वर्षीय चतुर्मान लो समेत ७ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त लजमा जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स�. . .


उदयपुरमा नदीजन्य पदार्थको दोहन बढ्दा सरोकारवाला निकाय मौन

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ५, २ र १, तथा वडा नं १२ स्थित त्रियुगा नदी आसपासबाट हिजोआज दैनिक नदीजन्य पदार्थ दोहन गरी चोरी, निकासी बढ्दै गइरहेको छ । केही ट्र्याक्टर व्यवसायी र नदीजन्य पदार्थ गैरकानुनीरुपमा उत्खनन गर्ने गिरोहले अहिले वडा नं १ को जोगिदह क्षेत्रको त्रियुग. . .


झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला

झापा । जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन् । मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ । “ बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आउनुभयो”, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा सकुशल औषधि �. . .


चिनियाँ र भारतीय विदेशमन्त्री भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री सुव्रमण्यम् जयशंकरबीच इन्डोनेसियाको पर्यटकीय सहर बालीमा भेटवार्ता भएको छ । उहाँहरु जि २० को सम्मेलनमा सहभागी हुन इन्डोनेसियाको बाली पुग्नुभएको छ । त्यस क्रममा उहाँहरुका बीचमा बालीमा भेटावार्ता भएको हो । त्यस भेटका क्रममा विशेषगरी हालैका दिनमा यु. . .


बालविवाह रोक्न खोटाङकाे हलेसी तुवाचुङमा किशोरी परिचालन

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गर्नुभएको छ । “अब बालविवाह रोक्न विद्यालय�. . .


विश्व खेलकुद अमेरिकाको बर्मिङ्घममा शुरु

विश्वव्यापी कोभिड–१९ महामारीका कारण एक वर्षको ढिलाइपछि बिहीबार संयुक्त राज्य अमेरिकाको बर्मिङ्घममा ११ औं विश्व खेलकुद शुरु भएको छ । एक सय भन्दा बढी देश र यस क्षेत्रका ३,६०० खेलाडीहरूले जुलाई ७ देखि १७ सम्म विभिन्न ३४ खेल प्रतियोगितामा सहभागिता जनाउँने छन् । जम्मा २२३ पदका लागि ती खेलाडीहरूले प्रति�. . .


रोकियो चितवनबाट लाइसेन्स वितरण प्रक्रिया

काठमाडौँ । चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वाेच्च अदालतले यही असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन् । न्यायाधीश नहकुल सुवेदी�. . .