कर खारेजी माग गर्दै माघ २२ गते देशभरका फिल्म हल बन्द हुने

<span class='c1'>कर खारेजी माग गर्दै माघ २२</span> <span class='c2'>गते देशभरका फिल्म हल बन्द हुने</span>

विराटनगर । अगामी माघ २२ गते देशभरका फिल्म हल बन्द हुने भएका छ ।

सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै नेपाल चलचित्र संघले साङ्केतिक रूपमा देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय गरेको हो।

संघले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरित अन्य कर लगाइएको आरोप लगाएको छ ।

संहिताविपरित चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करहरूले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था भएको जनाउँदै संघले मूल्य अभिवृद्धि करबाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको मा गरेको छ । संघले कोरोना महामारीअघि देशभर ४५० वटा चलचित्र हल सञ्चालनमा रहे पनि अहिले १५९ वटा मात्र हल सञ्चालनमा रहेको नेपाल चलचित्र संघल जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्