आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी पीडितले न्याय पाएनन् : सांसद श्रेष्ठ

<span class='c1'>आयोगमाथि आयोग थप्ने काम मात्र भयो, मिटरब्याजी</span> <span class='c2'>पीडितले न्याय पाएनन् : सांसद श्रेष्ठ</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् ।

आज(मंगलबार) प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् ।

उनले भनिन्, ‘मिटरब्याजीहरुको न्याय कहिले पाउछन् । तर पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो ?’

यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेकी छन् । उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरुको समस्या यसरी समाधान हुँदैन् । आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं । मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्