ओबी

पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने कोशी प्रदेश सरकारको निर्णय

विराटनगर । कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनको क्रममा घाइते भई मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख राहत दिने निर्णय गरेको छ । आज (बुधबार) बसेको मन्त्रीपरिषदको बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको छानबिनका लागि समिति समेत गठन गर्न आन्तरिक मामिला तथा कनुन मन्त्रालयलाई जिम्मेवारी. . .


सुनको मूल्यमा पुन: नयाँ रेकर्ड

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन : नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक लाख २३ हजारमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले बढेर नयाँ उचाइमा पुगेको हो । नेपाल �. . .


पढाउन छाडेर बाख्रापालन व्यवसायमा रमाउँदा …

फिक्कल (इलाम) । माङसेबुङ गाउँपालिका–१ इलामका याम कार्कीले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरी १० वर्ष शिक्षण पेसामा बिताउनुभएका उहाँले गाउँ फर्केर व्यावसायिक बाख्रापालन थाल्नुभए�. . .


नोबेल अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला

विराटनगर । नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवजात शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनाल सहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार अन्दाजी ४ महिनाको जस्तो देखिने शिशु फेला परेको हो. . .


प्रचण्ड सरकारमा जाने नजाने टुंगो लगाउन नेकपा एसको सचिवालय बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको नयाँ बनेको सत्ता समिकरणमा सामेल हुने/नहुने विषयमा छलफल गर्न नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बोलाइएको छ । बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको हो । आज बस्ने बैठकको एजेण्डामा चार दल सम्मिलित. . .


पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ त�. . .


इटहरी गोल्डकप चैत १० गतेदेखि

विराटनगर । सुनसरीको इटहरीमा चैत १० गतेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४ औं संस्करण हुने भएको छ । स्थानीय राष्ट्रिय जागृति क्लबको आयोजनामा हुने प्रतियोगिता चैत १९ गतेसम्म सञ्चालन हुनेछ । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको मिति घोषणा गरेको हो । इट�. . .


आज देशभर मौसम सफा रहने

काठमाडौं । हाल कर्णाली र सुदुरपश्चिम प्रदेशको केहि भू–भाग लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । बुधबार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारण बदल. . .


यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ । यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ । यस्तै, बुधबार बेलायती पा�. . .


पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पीएसजीले पहिलो लेगमा �. . .


त्रिशूलीमा बस खस्यो : ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी

काठमाडौं । कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको रात्री बस बुधबार बिहान त्रिशूलीमा खसेको छ । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन् । बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी कार्य भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए । �. . .


फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन

विराटनगर । सामाजिक संजाल फेसबुक र इन्स्टाग्रामको सर्भर डाउन भएका छन्। आज बेलुका नेपालसहित विश्वभरमा मेटाका यी प्लेटफर्मको सर्भर डाउन भएका हुन्।  विशेषगरी अकाउन्ट आफै लगआउट हुने देखिएको छ । मंगलबार बिहानैदेखि पोस्ट अपडेट गर्दा वा एडिट गर्दा पोस्ट तथा एडिट नहुने समस्या देखिएको थियो। अहिले भने साम�. . .