अन्तराष्ट्रिय खबर

गल्तीले भाजपालाई भोट हालेको भन्दै एक मतदाताले काटे आफ्नै औंला

काडमान्डौ ६ वैसाख । भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन्। भारतमा भोट हाल्नुभन्दा पहिला मतदाताको चोर औंलाको नङमा मसी लगाउने गरिन्छ। पवनकुमार आफूले बहुजन समाज पार्टीको चिन्ह हात्तीमा भोट हाल्न चाहेको भए पनि धेरै चिन्ह भएकाले झुक्किएर भाजपाको कमल चिन्हम. . .


भारतमा लोकसभा निर्वाचन अन्तर्गत आज दोस्रो चरणको १२ राज्यका ९५ सिटका लागि मतदान हुदै

नयाँ दिल्ली, वैशाख ५ । भारतमा लोकसभा निर्वाचन अन्तर्गत बिहीबार दोस्रो १२ राज्यका ९५ सिटका लागि मतदान भइरहेको छ । सात चरणमा निर्वाचन गर्ने कार्यतालिका अनुसार बिहीबार दोस्रो चरणअन्तर्गतका क्षेत्रमा मतदान भएको हो । स्थानीय समयअनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको छ । भारतको निर्वाचन आयोगका अनुसार ९५ . . .


चेन्नई ६ विकेटले पराजित, हैदरावाद पाचौँ स्थानमा उक्लियो

एजेन्सी । इन्डियन प्रिमियर लिग(आईपीएल) को ३३ औं खेलमा सनराईजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । १ सय ३३ रनको सामान्य लक्ष्य पाएको हैदरावादले १६.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गरेको हो । निर्धारित २० ओभरमा चेन्नईले ५ विकेट गुमाउदै १ सय ३२ रन बनाएको थियो । हैदरावादको राजीव गान�. . .


भारतमा हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु

काठमाडौँ, ४ बैशाख । भारतमा मंगलबार राती आएको हावाहुरी, बतास र चट्याङका कारण ४१ जनाको मृत्यु भएको छ । सैयौँ घाइते भएका छन् । गुजरात, राजस्थान, मध्यप्रदेश लगायतका क्षेत्रहरुमा आएको हावाहुरी सहित आएको वर्षा र चट्याङ परेर यी राज्यहरुमा मात्र ३४ जनाको मृत्यु भएको दैनिक भास्कर पत्रिकाको अनलाइन संस्करणले लेख. . .


भारतकाे झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु

झारखण्ड, वैशाख २ गते । भारतकाे झारखण्ड राज्यकाे बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दु�. . .


दार्जिलिङ चुनावमा गायब छ गोरखाल्याण्डको मुद्दा , विकासको मुद्दा हावी

पहाडकी रानीको नामबाट चर्चित पश्चिम बंगालको दार्जिलिङ पर्वतीय क्षेत्रको संसदीय सिटका लागि हुने चुनावमा लगभग तीन दशकपछि पहिलो पटक गोरखाल्याण्डको साटो विकासको मुद्दा हावी छ ।     तृणमूल कांग्रेसले कहिले पनि यो सीट जित्न सकेको छैन । बीजेपीले पनि गत वर्ष जितेका एस.एस आहलुवालियाको साटो यसपटक रा. . .


बोको हरामका ६३ लडाकू चाडको सरकारी सेनाद्वारा मारिए

एजेन्सी, ३ बैशाख । आतङ्कवादी सङ्गठन मानिने बोको हरामका ६३ जना लडाकू चाडको सरकारी सेनाद्वारा मारिएका छन् ।  स्थानीय सञ्चारमाध्यमहरूले दिएको जानकारीअनुसार लास क्षेत्रमा आइतबार राति उनीहरू मारिएका हुन् । घटनामा परी सुरक्षाकर्मीतर्फका सात जना मारिएको समाचारमा जनाइएको छ । सेनाले जारी गरेको वक्तव्यमा . . .


बाँदरको मस्तिष्कमा मानिसको जिन हालेपछि बढ्यो बादरको बुद्धि

एजेन्सी, २ बैशाख ।  संसारमा बाँदरको  साम्राज्य  फैलिएला त ? यस्को उत्तर सहज पाउन मुस्किल हुनेछ । तर मान्छेमा बुद्धि कसरी विकसित भयो भन्ने अध्ययन गर्न वैज्ञानिकहरूले बाँदरमा मानव मस्तिष्कको जीन हालेर परीक्षण गरेका छन् । चिनिँया सोधकर्ताहरुले बादरको मान्छेको जीन धारण गर्न सक्ने बनाए । जुन मानव विकासमा �. . .


केन्याको न्यू रंगिला बारमा प्रहरीकाे छापा, १२ नेपाली महिलालाई पक्राउ

एजेन्सी, २ वैशाख। केन्या प्रहरीले एक नाइट क्लबमा छापा मारेर १२ नेपाली महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई मानव तस्करी गरेर त्यहाँ पु¥याइएको अनुमान गरिएको प्रहरीले जनाएको छ । केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्यू रंगिला बारमा प्रहरीले शनिबार विहान छापा मारेको थियो । त्यसक्रमा प्रहरीले क्�. . .


तलब नपाएपछि जेट एयरवेजका पाइलटले सोमवारदेखि विमान नउडाउने

एजेन्सी, १ बैशाख । ऋणमा चुर्लुम्म डुबेको जेट एयरवेजका हजारभन्दा बढी पाइलटले सोमवारदेखि विमान नउडाउने भएका छन् । तीन महिनादेखि तलब नपाएका कारण उनीहरूले विमान नउडाउने नेसनल एभिएटर्स गिल्डका अध्यक्षले आइतवार बताए । जेटको एक अर्ब २० करोड डलरभन्दा बढीको बैंक ऋण छ र यो हप्तौंदेखि धरमर अवस्थामा छ । मार्च म�. . .


इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक

बीबीसी/सीएनएन लण्डन, चैत २८ गते । हामीले ‘ब्ल्याक होल’ बारे धेरै सुनेका छौँ तर बुधबार इतिहासमै पहिलो पटक ब्ल्याक होलको तस्बिर सार्वजनिक भएको छ । ब्ल्याक होल पृथ्वीबाट पाँच करोड ५० लाख प्रकाश वर्ष टाढा सुदूर आकाशगङ्गामा देखिएको थियो । यसको आकार सूर्यभन्दा ६५ अर्ब गुना ठूलो छ । ब्ल्याक होलको तस्बिर वि�. . .


भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदै, ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने

जाेगवनी, २८ चैत  । भारतमा आजदेखि लोकसभाको निर्वाचन हुँदैछ । ५ सय ४५ सदस्यीय लोकसभाका लागि सात चरणमा मतदान हुनेछ । अन्तिम मतदान मे १९ तारिखमा हुनेछ ।  १७ औं लोकसभा गठनका लागि ९० करोड भारतीयले आफ्नो मताधिकार प्रयोग गर्ने निर्वाचन आयोगले जनाएको छ । जुन अर्को दोस्रो ठूलो प्रजातान्त्रिक देश मानिने अमेरिक�. . .