काठमाडौं । सुन तस्करी प्रकरणमा उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको प्रहरी टोलीले माओवादी निकटअनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका दिपेसलाई शुक्रबार धापासीबाट पक्राउ गरेको जनाएको छ । ६१ किलो सुन तस्करी प्रकरणका आरो�. . .
विराटनगर । मोरङ क्रिकेट सँघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रवेश गरेका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशको चुनौतीलाई ५ विकेटले पन�. . .
विराटनगर । मुन लाइट गर्ल्स होस्टल संचालक मधु रेग्मीलाई प्रहरी प्रशासनले जोगाउन खोजेको भन्दै विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ घेराउ गरेका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालय मोरङ पुगेर धर्ना दिएका हुन् । मुनलाइट होस्टल खारेजीको मागसहित अस्पतालमा रहेको फर्जी विद्यार्थीलाई सम�. . .
विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्सको विराटनगर–४ स्थित डेरामा हत्या भएको अवस्थामा शव फेला परेको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालमा अनुसार हत्या गरेर फालेको अवस्थामा २२ वर्षीया चन्द्रिकाकुमारी दासको शव फेला परेको हो । उन�. . .
विराटनगर । सडक अनुशासन कायम गराउँदै सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले मोरङमा ट्राफिक प्रहरीले हातमा प्लेकार्ड बोकेर ड्युटीमा खटिएका छन् । सचेतना मुलक सन्देश लेखेको प्लेकार्ड बोकेर ट्राफिक प्रहरी सडकमा ड्युटी सुरु गरेका हुन् । बिहीबारदेखि अभियानको थालनी गरिएको थियो । ट्राफिक नियमको उल्ल. . .
इन्दु साह विराटनगर । विराटनगर–९ को जामा मस्जिदको एकसय वर्ष अगाडी स्थापना भएको थियो । विराटनगरमा मुस्लिम समुदाय बढ्दै गएको तर नमाज पढ्ने ठाउँ नहुँदा जामा मस्जिद निर्माण भएको थियो । १८ धुर जग्गामा मुस्लिम समुदायभित्रबाट रकम संकलन गरेर मस्जिद बनाइएको थियो । पुरानो मस्जिद भएकोले रमजान इस्लाम धर्मावलम्. . .
विराटनगर । विराटनगर–१५ स्थित हनुमान मन्दिरका घण्टी चोरी भएका छन् । कोशी राजमार्गबाट आईसिपी जाने सडक (मलाया रोड)मा रहेको मन्दिरका चारवटा घण्टी चोरी भएका हुन् । बिहिबार साँझ पुजाआजा सकाएर ताला लगाइएको मन्दिर राती चोरी भएको सेवक दिपक चौधरीले बताए । मन्दिरबाट चोरी भएका चारमध्ये एउटा घण्टी २० केजी तौलको र�. . .
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेक. . .
डडेल्धुरा । डडेलधुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा उप्रमुख सहित दुई जना वडाध्यक्ष पक्राउ परेका छन् । विहीबार कार्यपालिका बैठक चलिरहेको बेला विवाद उत्पन्न हुँदा जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरेका थिए । जिल्ला प्रह�. . .
काठमाडौं । रुसी सेना भर्ना नेपाली नागरिकहरूलाई नेता फिर्ता गराउन सरकारले उच्च प्राथमिकतामा राखेर कुटनीतिक प्रयास गरिरहेको जनाएको छ । विभिन्न उद्देश्यले रुस पुगेका नेपालीहरु गैरकानूनी रुपमा रुसी सेनामा भर्ती भएका र अहिले रुस-युक्रेन युद्धमा परेर ज्यान गुमाइरहेको अवस्थामा रुसी सेनामा रहेका नेपा�. . .
काठमाडौं । लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुन बमोजिम योग्य व्यक्तिहरू लिभिङ टुगेदरमा बस्न पाउने गरी तत्काल कानुनी व्यवस्था गर्न परमादेश माग गर्दै अधिवक्ता अनु भट्टराईले रिट दायर गरेकी हुन् । विभिन्न अध्ययनबाट नेपालको सहरी क्षेत्रमा ठूलो संख्या�. . .
विराटनगर । एकजना वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका–७ योगिटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या गरेको आरोपमा स्थानीय दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । फागुन २६ गतेदेखि घरबाट हराइरहेकी बृद्धाको खोजतलास गर्ने क्रममा आफ्नै घर पछाडि रह�. . .