साहित्य संसार

“गुरू” – सुरज सुबेदी

उसले सोच्यो, मलाई सवैभन्दा वढि जीवन सिकाउने दुई गुरूहरू चिन्न पाए हुन्थ्यो । आँखा चिम्लियो धेरैवेर संझियो धेरै धेरै गुरूहरू । आँखा खोल्दा ढुंगा र सानो रूख उसको नजिकै थिए । त्यहि ढुंगा जसमा उ पटक पटक ठोक्किएको थियो र त्यहि सानो रूख जसलाई हरेक पटक ठोक्किएर धर्खरिँदा उसले समातेको थियो ।. . .


गजल -लोचन रिजाल

  तात्यो बिराटनगरै परदैन पानी जाँदो छ रात अनिदो सपना खरानी बढ्दो छ उष्ण हदनै जल प्यूनु ज्यास्ती बग्दो छ देह भरिनै पसिना छ खानी रन्क्यो घरै र सडकै थपिदो छ ज्वाला बस्त्रै हटाउँ कि कसो, कि त चर्म तानी पूर्वे वतास पनि लौ जब हुन्छ ठप्प अत्तालिदै सकसले अनि रुन्छ नानी नेपालको छ विजुली भरको त छैन जाँदो छ न. . .


गर्मी (कबिता) -अर्जुन ढुंगाना

    गर्मी सहिदिएर तिमी समिप हुँदाकाे गर्मी अाफूँ अाफैमा पग्लिन सकूँ रापिलाे ताताेपनकाे बदला त्याे मुटुमा मायाकाे शितल चुम्बन डाम्न सकूँ र सर्माउदै वास्पिक्रित हाेऊँ। प्रिय तिम्राे याैवनकाे बिरूद्दमा कुनै जाहेरी बाेल्नु छैन ।. . .


“हेर…म भर्खरै मान्छे भएको छु ।” – सिजन‬ दाहाल

तिम्रो शहरको नामुद चौकको बीचमा ठिङ्ग उभिएर नाङ्गिन मन छ मलाई तिमीहरुले तोकिदिएको लाज छोपेका तिम्रै अनुशासनका लुगाहरू च्यातेर वेस्सरी चिच्याउँदै भन्न मन छ; "हेर...म भर्खरै मान्छे भएको छु ।" तिमीहरूले भरिदिएका डर कोरिदिएका सिमाना उभ्याईदिएका पर्खाल रोपिदिएका स्वार्थ र तोकिदिएका मर्यादाले मलाई �. . .


स्वभक्षणको हक  – सुमन पोखरेल

        म आफ्नो मुटु झिकेर स-साना टुक्रामा विभक्त गर्छु अनि आफ्नै रक्तिसँग मिसाएर रक्सीसँग खान्छु, आँशु र पसिनाको ।   खाऊँ खाऊँ लागेन, तिमीलाई सुन्दाखेरी ?   आऊ, सँगै बसेर खाऊँ मेरा आँखा निकालेर गुच्चा खेलौँला, वा तिमी भन्छौ भने, टेनिस खेलौँला, यी हातहरूको ब्याट बनाएर । कुन टेनिस खेल्�. . .


“तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु”- परिवर्तन ढकाल

तिम्रो अनुहार सम्झी जून हेर्दै टोलाई रहेछु केही झण तिमी नहुदा आफै छटपटाइरहेछु ~ कहिले काही गुलाफ छुदा झस्किन्छु म तिम्रो कोमल स्पर्शको अभाव महसुस गरिरहेछु ~ एकान्त वनमा कोइलीले मलाई नै बोलाको लाग्छ धेरै दिन देखि मायालुको स्वरको प्रतिक्षामा रहिरहेछु ~ जोडी चखेवा आगँनमा देख्दा डाहा लाग्छ मलाई देउर�. . .


“कुल्ङगार छोरा छोरी नजन्माउ आमा” (गजल)

- परिवर्तन ढकाल कुल्ङगार छोरा छोरी नजन्माउ आमा कुसन्तान भए गर्भमै तुहाउ आमा ~ तिमीलाई असङ्ख्य सन्तान चाहिदैन तिम्रो ख्याल गर्ने एक चाहिन्छ आमा ~ कुपात्रमा परेको एकले मास्छन सारालाई सुपुत्रले हसाइरहन्छन तिमीलाई आमा ~ तिमी रोएको यो आखाँले हेर्न सक्दैन ति ओठमा मुस्कान ल्याउनेको खाचो छ आमा ~ सकिद�. . .


“उनी र गोली” -कृती अधिकारी

तिमी वर्षाको गजगजे हिलो छि: भन्दै रिसाउँछौ त्यो मेघसँग उनी बर्षाको रिमझिमे मौसम रमाएर उड्छ मन उनको वेगसँग तिमी व्यस्तताको चक्रव्युहमा फसेको हो आँधीसँग जुझेको व्यस्ततामै अल्झिन्थ्यौ त्यसैले कोही साथी चहिएनन् उनी पनि व्यस्तताले थाकेकी मिहेनतले नै सफल भएकी व्स्ततामा एक्लिन्थिन् त्यसैले तिमी स. . .


आमाका नाममा किन नागरिकता  दिंदैनौ जन्तरे ?

----------------------------- हिजो, तिम्रो मरेको लाससँग जोडेर जिंउदै चितामा पोलेका हौ। फेरि, तिम्रै मृत्युको कारणसँग जोडेर नारीको शृङगार खोलेका हौ।मुन्डन गरेका हौ। सम्झ, एक पुरुषका बहु पत्नी तर एउटी बालविधवाले एक्लो कष्टकर जीवन बिताएको हो,तिम्रो समाजमा। एउटी नारीलाई बोक्सी,डायनी,बेश्या जस्ता नाम दिएर चरित्र हत्या ग�. . .


फेसन र फाट्नु(लघुकथा)

  - कृष्ण वस्ती शहरमा पढ्न गएकी छोरी लामो सामयपछि आज आउने कुराले सबै खुसी भएपनि आमा विशेष खुसी छन्।छोरीलाई कतिबेला देखूँजस्तो छटपटीले समय बितिरहेको छैन भने पाकउने ख्वाउने परिकारको घरमा अभाव भएजस्तो लागिरहेको थियो।सायद सबैका आमा वा सबै आमा यस्तै हुन्छन्।गाडीबाट ओर्लिएर पनि दुई घन्टा हिंडेपछिमात�. . .


फट्याङ्ग्राको बुद्धि र बल(लघुकथा)

- कृष्ण वस्ती ------------------------ खरायो र सिंहको कथा पढेपछि जोसँग बुद्धि छ त्यसले जस्तोसुकै शरीरको बलियोलाई पनि ठीक लगाउँछ भन्ने ज्ञान पाएको फट्याङग्रोले आफूलाई नकै बुद्धिमान् र बलबान पनि ठान्न थाल्यो ।रूख, कदापि हिंड्न सक्दैन तर ऊ हिंड्छ।सिंहलाई मार्ने खरायो रूखमा चढ्न सक्दैन ऊ सक्छ।ऊमाथि ढुङ्गा चढ्ने हिम्म�. . .


चरा र चरी

तिमि चरी म चरा सँगै उडौंला देखिने सारा आकाश मायाको त्यान्द्रो जोडेर, खोजेर बनाँउला कुनै हाँगामा हाम्रो गुँड जहाँ,तिमि मलाई कुर्नु, म दाना खोजेर ल्याउनेछु हाम्रा बचेरालाई उड्न सिकाउँदा तिमि म त्यहि गुँडबाट तिमिलाई चियाँउनेछु तिमि थकित भई फिरेपछि तिम्लाई गाढा अँगालोमा भिर्नेछु र भन्नेछु, प्�. . .