भोलि १७ जुलाईका दिन भारतमा राष्ट्रपति चुनावका लागि मतदान हुँदैछ । विभिन्न समाचार एजेन्सीको रिपोर्टमा उल्लेख भएअनुसार उक्त चुनावमा ४८५१ जना सांसद–विधायकले मतदान गर्दैछन् । राष्ट्रपति पदका लागि राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) का तर्फबाट रामनाथ कोविन्द र संयुक्त प्रगतिशील गठबन्धन (युपिए) का तर�. . .
साउदी अरबको दक्षिणी सहर नाजरानस्थित एउटा घरमा आगो लाग्दा १० भारतीय नागरिक र एक जना बङ्गलादेशी गरी ११ व्यक्तिहरूको मृत्यु भएको छ । भारतीय अधिकारीहरूका अनुसार घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् । बीबीसीको समाचारमा जनाइएअनुसार सो घरमा धुँवा बाहिर निस्किने एउटा पनि झ्याल (भेन्टिलेटर) थिएन, जसले गर्दा स. . .
वासिङटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन् । उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन् । विशेष गरी ती मेलमा एकजना रुसी वकिलसँग उक्त निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेख. . .
भारतमा एक व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको हत्या गरेका छन् । शनिबार बेलुका रक्सीले मातेर घर पुगेका अशोक कुमार नाम गरेका ती व्यक्तिले खाना ढिला दिएको भन्दै श्रीमतिको टाउकोमा गोली हानेका थिए । गोलीले घाइते सुनैनाको उपचारका क्रममा निधन भएको बीबीसीले जनाएको छ । शनिबार बेलुका रक्सीले मातेर घर �. . .
इस्लामाबाद । पाकिस्तानको उत्तरी प्रान्त पन्जावमा बुधबार विहान भएको सडक दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अरु २२ जना घाइते भएका छन् । पन्जाबको लायाह जिल्लामा यात्रुबहाक बस र ट्याक्टर एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुनासाथ प्रहरी र उद्वारकर्ताको टोली घटन�. . .
दक्षिण चीनको हुनान प्रान्तमा भारी वर्षापछि आएको बाढीमा परी ५६ जनाको मृत्यु भएको छ । बाढीमा अझै पनि २२ जना मानिस हराइरहेको र करिब १० लाख २० हजार मानिसलाई अन्यत्रै सार्नुपरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । हुनान प्रान्तमा रहेको विभिन्न ६० वटा नदीमा पानीको सतह खतराको स्तरमा रहेको र सहर पसेको बाढी. . .
भारतको उत्तर प्रदेश राज्यमा एक महिलामाथि पाँचौं पटक एसिड आक्रमण भएको छ । एक पटक सामूहिक बलात्कार र यसअघि पनि ४ पटक एसिड आक्रमणको सामना गरेकी ती महिलामाथि फेरि पनि एसिड आक्रमण भएको हो । एसिड आक्रमणको निशाना बनेकी ती महिलाको परिचय भने खुलाइएको छैन । लखनउमा रहेको एक छात्रावासमा प्रहरी पहराबीच बसेकी ती मह. . .
कोलकाता । गएको केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटक स्वात्तै घटेका बताइएको छ । होटल व्यवसायीहरुले आन्दोलनका कारण पर्यटक नै नआएका र अर्कोतर्फ यसअघि होटल बुकिङ गरेर बसेका पर्यटक पनि भ्रमण छोटाएर भागेका बताएका छन् । जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका वि. . .
५ असार, काठमाडौं । लण्डनमा पुनः घातक आक्रमण भएको छ । लण्डन ब्रिजमा भएको आतंकवादी हमलापछि गएराति मध्यरातमा फिन्सबरी पार्क क्षेत्रको सेवन सिस्टर रोडमा आक्रमण भएको हो । रमजानको प्रार्थनाका लागि मस्जिदतर्फ गइरहेका पैदलयात्रीलाई लक्षित गरी एक भ्यानले ठक्कर दिएको थियो । हालसम्म एजनाको मृत्यु भएको र आठ ज�. . .
संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ कङ्गोमा खटिएको नेपाली सेनाको शम्शेरदल गण (२३ औँ डफ्फा) को सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह ‘माई माई’ ले आक्रमण गर्दा दुई नेपाली सैनिक घाइते भएका छन् । हेड क्वार्टर बेनीबाट करिब २२ किमी टाढा कवास भन्ने स्थानमा भएको सो आक्रमणमा परी घाइते भएका नेपा�. . .
पोर्चुगलमा गत हप्तादेखि फैलिएको डढेलोमा परेर ५७ जनाको मृत्यु भएको छ । डढेलोमा परेर अन्य ५९ जना घाइते भएको र घाइते हुनेमा केही अग्नी नियन्त्रक पनि रहेको अधिकारीहरुले जनाएका छन् । डढेलोबाट बच्नको लागि गाडिबाट केही मानिस पेड्रोगाओ ग्रान्डी क्षेत्रबाट भागेर अन्य क्षेत्रमा जान खोज्दा उनीहरुको आगोमा पर�. . .
नयाँ दिल्ली। उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ । मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुख आदित्य शुक्लाले सञ्चारक�. . .