अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ताको निर्मम हत्या

पाकिस्तानमा पोलियो खोपमा संलग्न दुई महिला अभियन्ता मारिएका छन् । दक्षिण–पश्चिम पाकिस्तानी शहर क्वेटामा पोलियो खोपको थोपा खुवाउने महिला स्वास्थ्य कार्यकर्ता दुई आमा–छोरीलाई नै गोली हानी हत्या गरिएको हो । ३८ वर्षीया सकीना बीबी र १६ वर्षीया छोरी रिजवानालाई मोटरसाइकलमा आएमा बन्दूकधारीले हत्या गरेक. . .


हवाई कारवाहीमा कमाण्डरसहित छ तालिबानको मृत्यु

जलालाबाद, अफगानिस्तान, माघ ३ गते । पूर्वी अफगान प्रान्त नान्गाहारमा तालिबान आतङ्ककारी समूह लुकेर बसेको स्थानलाई लक्ष्यगरी गरिएको हवाई कारबाहीमा एकजना कमाण्डरसहित छ जना तालिबान आतङ्ककारी मारिएका छन् । नान्गाहारको प्रान्तीय सरकारले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिएको समाचारमा ज�. . .


इन्डोनेसियामा एक नेपालीको गोली लागि ज्यान गयो

काठमाडौं । इन्डोनेसियामा एक नेपालीको प्रहरीले चलाएको गोली लागि ज्यान गएको छ । गोली लागि मृत्यु हुनेमा ३४ वर्षीय शरण तामाङ रहेको भनिएपनि उनको ठेगाना खुलेको छैन । लागुऔषध तस्करको आरोपमा इन्डोनेसिया प्रहरीले उनको खोजी गरेको बताइएको छ । प्रहरीले उनको साथबाट लागुऔष्ध समेत बरामद गरेको जनाईएको छ । यो खबरल�. . .


लिबियाको विमानस्थलमा सुरक्षाकर्मी र लडाकुबीच भएको झडपमा ९ जनाको मृत्यु

लिबियाको राजधानीमा रहेको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा लडाकूहरुले आक्रमण गरेपछि भएको झडपमा ९ जनाको मृत्यु भएको छ । जेलमा रहेका आफ्ना समर्थकहरुलाई छुटाउन भन्दै लडाकूहरुले विमानस्थलमै आक्रमण गरेपछि सरकारी पक्ष र आक्रमणकारी पक्षका बीचमा झडप भएको अधिकारीहरुले बताएका छन् । मिटिगा विमानस्थल�. . .


मोरङको मूर्तिकार मञ्जुलको नेतृत्वको नेपाली मूर्तिकारहरु जापानको विशाल पहरामा बुद्ध मूर्ति बनाउदै

एजेन्सी । जापानको  विशाल पहरामा बुद्ध मूर्ति कुदिँदैछन् । एउटा विश्व सम्पदा सूचिमा राख्ने उद्देश्यका साथ बुद्धभूमि नेपालका मूर्तिकारहरु खटिरहेका हुन् । मोरङको मूर्तिकार मञ्जुल मितेरी नेतृत्वको नेपाली मूर्तिकारहरु उक्त मूर्तिनिर्माणमा सक्रिय छन । मूर्तिकार त्रयः काभ्रेका शानुभाइ विश्वकर्मा, उ�. . .


६० वर्षपछि श्रीलंकाले हटायो महिलाहरुलाई मदिराजन्य पदार्थ सेवन प्रतिबन्ध

काठमाडौं । श्रीलंकाले महिलाहरुलाई मदिराजन्य पदार्थ खरिद तथा सेवन गर्नमाथि लगाएको प्रतिबन्ध ६० वर्षपछि हटाउन लागेको बताएको छ । सरकारले १९५५ देखि लागू गरेको यो नियमले महिलाहरुमाथि भेदभाव गरेको भन्दै सो प्रतिबन्ध हटाइने भएको बीबीसीले बताएको छ । बुधबार यस नियमलाई परिवर्तन गरेपछि अबबाट श्रीलंकामा १८ व. . .


हन्डुरसमा ७.८ म्याग्निच्युडको भूकम्प

टेगुसिगाल्पा, पुस २६ गते ।   हन्डुरसको क्यारिवियन समुद्रको तटीय क्षेत्रमा मङ्गलबार राति ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको समाचार छ । यस भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण भने प्रारम्भिक रुपमा केही पनि प्राप्त भएको छैन । मानवीय तथा भौतिक क्षति भएको अनुमान गरिएको भए पनि विवरण प्राप्त नभएको. . .


एप्पल प्रमुख टीम कुक अब निजी विमान चढ्न बाध्य

आइफोन उत्पादक एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कुकले अब निजी विमान मात्रै चढ्नुपर्ने भएको छ । एप्पलको सञ्चालक समितिले उनलाई निजी जहाजमा मात्र यात्रा गर्नुपर्ने बाध्यकारी निर्देशन दिएको छ । एप्पलको बोर्डको हालै बसेको बैठकले आफ्ना प्रमुख कार्यकारीलाई यस्तो बाध्यकारी निर्देशन दिएको बिजनेस इनसाइ. . .


दुई बोतल रक्सी चोरेको अभियोगमा मलेसियामा एक नेपालीलाई जेल सजाय

एजेन्सी  । एक नेपाली सेक्युरिटी गार्डलाई मलेसियाको म्याजिस्ट्रेट आदालतले तीन महिनाको जेल सजाय सुनाएका छन्।१३२ आरएम पर्ने दुई बोतल रक्सी सुपरमार्केटबाट चोरेको अभियोगमा ४४ वर्षीय विश्व सुबेदी नाम गरेका उनलाई सो सजाय तोकिएको छ। सुबेदीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्पुरस्थित सेतिवाङ्सामा रहे�. . .


नयाँ वर्षका दिन तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले सन् २०१८ को जनवरी १ का दिनमात्र विश्वमा तीन लाख ८६ हजार शिशु जन्मिएको अनुमान गरेको छ । यसरी जन्मेकामध्ये ९० प्रतिशतभन्दा बढी कम विकसित देशका रहेको सो संस्थाले जनाएको छ । युनिसेफका अनुसार आधाभन्दा बढी ती शिशुको जन्म नौ वटा राष्ट्रमा भएको छ । �. . .


नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार चालक मापसे विरुद्धको कारबाहीमा

भारतको राजधानी नयाँ दिल्लीमा नयाँ बर्ष लाग्ने रातमा १७ हजार जनाभन्दा बढीले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको छ । आइतबार राती मादक पदार्थ सेवन गरी सवारी चलाउने १७ हजार जनालाई दण्डित गरिएको दिल्ली प्रहरीले जनाएको छ । उनीहरु मध्ये अधिकांश महिला रहेका छन् । दिल्ली प्रहरीले मादक पदार्थ सेव�. . .


चीनले गर्यो १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द

चीनले हालसम्म १३ हजारभन्दा बढी अवैध वेबसाइट बन्द गरेको छ ।सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो । आजको गोरखापत्रको ‘सूचना-प्रविधि’ पृष्ठमा यो खबर छापिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार चिनीयाँ सांसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङजुनले यस्तो जानकारी �. . .