कोशी

कोशीमा टर्ला त मध्यावधि निर्वाचन ?

सुजता लिम्बू विराटनगर । सत्ता जोगाउने र भत्काउने खेलको चेपुवामा परेको कोशी सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुको भनाई र राजनीतिक अवस्था अनुसार आंकलन गर्ने हो भने मुख्यमन्त्री कार्कीले विश्वा�. . .


विराटनगरका सामुदायिक विद्यालय : बाहिर नाम चल्छ, परिसरमा शौचालयको गन्ध

विराटनगर । विराटनगरमा नाम चलेका सामुदायिक विद्यालय हुन् पोखरीया, आदर्श, सत्यनारायण, गोग्राहा । शिक्षण सिकाईमा अब्बल र नतिजामा उत्कृष्ट भएपछि यी विद्यालय विराटनगरभरी नाम चलेकामा पर्दछन् । राष्ट्रियस्तरमा समेत यी विद्यालयको स्तर गणना सन्तोषजनकमा पर्दछ । तर, शहरभरी नाम चलेका सामुदायिक विद्यालयका शौच. . .


विराटनगर पार्टीको उपस्थितमा बिनोद ढकालले भने–अध्यक्ष केपी ओलीको नाममा डर–त्रास सिर्जना गरियो

विराटनगर । नेकपा एमाले कोशीको असोज १२–१३ गते विराटनगरमा सम्पन्न अधिवेशनमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नाममा कार्यकर्तामाथि डर, त्रास र धम्की दिइएको खुलेको छ । अध्यक्षका प्रतिस्पर्धी बिनोद ढकालले बिहीबार पार्टी कार्यालय पाञ्चालीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश सरकारको नेतृत्व गरि�. . .


कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुको जोड

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशमा मध्यावधि निर्वाचन रोक्न मिलेर जानुपर्ने दलका नेताहरुले बताएका छन् । बुधबार सुरु प्रदेशसभाको चौथो अधिवेशनमा बोल्दै दलका नेताहरुले यस्तो बताएका हुन् । संविधानको धारा १६८ को ३ अनुसार ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियूक्त भएका हिक्मतकुमार कार्कीले २०. . .


रंगेलीमा १३ वर्षीया बालिकाको असुरक्षित गर्भपतन, एकजना पक्राउ

रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा १३ वर्षीया बालिकामाथि जर्बरजस्ती करणीबाट बसेको गर्भ असुरक्षित रुपमा पतन गराएको घटना सार्वजानिक भएपछि एकजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय रंगेलीले जर्बरजस्ती करणी आरोपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको हो । संलग्न नाबालकले विवाह गर्ने भ. . .


विराटनगरमा कृषिव्यापार–प्रवद्र्धन रणनीति छलफल : उत्पादन बढाउनुपर्नेमा जोड

विराटनगर । कृषि उत्पादनमा आधारित वस्तु तथा सेवा उपलब्ध नहुँदासम्म व्यापार तथा औद्योगिक वातावरण सहजीकरणको प्रयास बिफल हुने विराटनगरमा आयोजित एक छलफल कार्यक्रममा सरोकारवालाहरुले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा भएको कोशी प्रदेशको कृषिव्यापार–प्रवर्द्धन रणनीतिसम्ब. . .


कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले असोज १९ गते विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज १९ गते विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको चौथो अधिवेशन आज सुरु हुने भएपनि कार्कीले १९ गते विश्वासको मत लिने समझदारी आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको हो । १९ गते संभव नभए विश्वासको मत लिने कार्य २० गते हुनसक्ने. . .


कोशी प्रदेशसभाको चौथो अधिवेशन आजदेखि सुरु हुँदै

विराटनगर । सरकार ढाल्ने र जोगाउने प्रयत्नमै सिमित भएको कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार अर्थात आजबाट सुरु हुँदैछ। मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको अधिवेशन आज दिउँसो १ बजे सुरु हुनेछ। प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठक�. . .


कोशी प्रदेशसभाको बैठक भोलि बस्ने

विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशन बुधबार दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश मन्त्रिपरिषद्को यही असोज ११ गते बसेको बैठकले प्रदेश प्रमुख परशुराम खापुङ्गलाई प्रदेशसभा बैठकका लागि सिफारिस गरेको थियो । प्रदेश प्रमुख खापुङ्गले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम सो बैठक आह्वान गरिएको . . .


एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी (मतपरिणामसहित)

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा मोरङको लेटाङका घनश्याम खतिवडा विजयी हुनु भएको छ । आज राति अबेर सम्पन्न मतगणनाको परिणाम अनुसार खतिवडा ८२ मतान्तरले अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी विनोद प्रसाद ढकालले ४३० मत ल्याउनुभयो । यस्तै ३५ मत भ. . .


विराटनगरमा उद्योगी उत्पादन गर्दै उद्योग संगठन, नयाँका लागि प्रस्ताव आह्वान

विराटनगर । दुईवर्ष अगाडीसम्म विराटनगरका रबि गुप्ता कपडाको व्यापार गर्थे । उनी कपडा खरिद गर्ने र पसलबाट बिक्री गर्दै आएका थिए । उनको यो व्यापारिक दैनिकी अहिले एकाएक उद्योगीको रुपमा फेरिएको छ । विराटनगर–६ मा आरोहण इन्टरप्राइजेज नामको गार्मेन्ट उद्योग चलाई रहेका गुप्ताले २२ जनालाई रोजगारी दिईरहेका छ. . .


आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, बागमती र गण्डक. . .