खेलकुद खबर

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिनुभएको छ । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उहाँले सामाजिक सञ्जालमार्फत महिला भलिबल टोलीलाई बधाई दिनुभएको हो । प्रधानमन्त्री देउवाले आगामी दिनमा पनि उत्कृष्ट प्रदर�. . .


एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपाललाई

नेपालले उज्वेकिस्तानलाई पराजित गर्दै एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै गर्दै उपाधिमाथि कब्जा गरेको हो । यो नेपालको दोस्रो अन्तर्राष्ट्रि�. . .


सेन्ट्रल जोन भलिबलको फाइनलमा नेपाल

बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै फाइनलमा पुगेको छ । ढाका मिरपुरस्थित शाहिद सुरवार्दी इन्डोर स्टेडियममा आज भएको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । न�. . .


इटहरीमा ‘नगरपालिका गोल्डकप २०७८’ हुने

इटहरी । सुनसरीको इटहरीमा यही माघ पहिलो सातादेखि ‘नगरपालिका गोल्डकप २०७८’ हुने भएको छ । कोभिड महामारीका कारण थलिएको खेल क्षेत्रलाई पुनः चलायमान बनाउन तथा खेलाडी र खेलक्षेत्रको विकासमा थप सहयोग पुर्याउने उद्देश्यले गोल्डकपको आयोजना हुने भएको हो । शुक्रबार इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्म�. . .


नवलपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुने

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा राष्ट्रियस्तरको ‘भेट्रान्स कप फुटबल प्रतियोगिता’ आयोजना हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्ष , माघेसङ्क्रान्ति तथा माघी पर्वको अवसर पारेर जिल्ला फुटबल सङ्घ नवलपुरको समन्वय, रिटर्नी माइग्रेन्ट्स नेपाल नवलपुर शाखाको आयोजना, टाइगर क्लब गोछडाको सहआयोज. . .


विराटनगरमा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा ‘प्रथम जिल्ला स्तरीय मकरजंग तुम्रोक स्मृती ब्याडमिन्टन’ प्रतियोगिता सम्पन्न भएको छ । विराट ब्याडमिन्टन क्लबले आयोजना गरेको प्रतियोगिताको शनिबार फाइनल खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको भेट्रान्स डबल ४५ वर्षमाथिको खेलमा आयोजक विराट क्लबका मिलन नेम्वाङ र उत्तम सिमखडाक�. . .


नेपालद्वारा माल्दिभ्स पराजित

बङ्गलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको महिलातर्फको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको छ । बङ्गलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको खेलमा नेपालले माल्दिभ्सलाई �. . .


अन्तरपालिका भलिबल : सिगास फाइनलमा

सिगास गाउँपालिका पञ्चेश्वरमा जारी अन्तरपालिका खुला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न खेलमा आयोजक पञ्चेश्वर गाउँपालिकाको ‘ए’ टोलीलाई २–१ सेटमा हराउदै सिगास उपाधि नजिक पुगेको हो । कुलाउ माविको खेलमैदानमा भएको सेमिफाइनल खेलको पहिलो सेटमा सिगासले पहिलो सेट २५–१४ अङ्कले जि�. . .


गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको लाइन काटियो

आर्थिक अभावका कारण विगत पाँच महिनायता काम रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको विद्युत् महशुल नतिरेपछि लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले बक्यौता बढी भएपछि बुधबार लाइन काटेको हो । प्राधिकरणको भरतपुर केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार रङ. . .


खेलकूद क्षेत्रको विकासमा सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलकूद क्षेत्रको विकास र विस्तारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभएको छ । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलो पटक उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्र. . .


शहीद स्मारक ‘ए’ डिभिजन लिग : एपिएफको पहिलो जित

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा विभागीय टोली एपिएफ क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यो जितसँगै एपिएफ पा�. . .


क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लाग�. . .