खेलकुद

विराटनगरमा बास्केटबल : एभरेष्ट, पोखरिया, बिकेभिएम र सगरमाथा सेमी-फाइनलमा

विराटनगर । विराटनगरमा भदौ १५ गतेदेखि जारी विद्यालयस्तरीय बास्केटबल प्रतियोगिताको सेमी-फाईनलमा एभरेष्ट, पोखरिया, बिकेभिएम र सगरमाथामा पुग्न सफल भएको छन् । विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा संचालन भईरहेको विद्यालयस्तरीय बास्केटबल लिगमा लिग चरणको खेल सम्पन्न हुँदा ४ स्कुल सेमी-फाईनलमा पुग्न स�. . .


अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता यसै साता हुने

काठमाडौँ । नेपालस्थित दक्षिण कोरियाली दूतावास र नेपाल तेक्वान्दो सङ्घको संयुक्त आयोजनामा ११औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०२३ हुने भएको छ । प्रतियोगिता यही भदौ २७ देखि ३१ गतेसम्म राजधानीमा हुने आज आयोजित पत्रकार सम्मलेनमा जानकारी दिइएको छ । प्रतियोगितामा सा�. . .


पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै

कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजका अवसर पारेर भदौ ३० देखि असोज १ गतेसम्म राष्ट्रिय महिला तथा पुरुष भलिबल हुन लागेको ह. . .


आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट :नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा नेपाल थाइल्याण्डसँग ४६ रनले पराजित भएको हो । यस हारसँगै नेपालको विश्वकप ग्लोबल छनोटमा पुग्ने सपना समाप्त. . .


एसिया कप क्रिकेटमा छक्का प्रहार गर्ने खेलाडीलाई पुरस्कार

काठमाडौँ । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज रू दुई लाख प्रदान गरेको छ । एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई रू एक लाख प्रदान गर्ने घोषणा गरेको थि. . .


सर्वाधिक उचाइमा खेलिँदै ‘गल्फ च्यालेन्ज’

कास्की । हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्देश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ । समुद्री सतहदेखि चार हजार छ सय ४५ मिटर (१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दो�. . .


ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष इलामलाई

ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको उपाधि रेडहर्ष फुटबल क्लब इलामले जितेको छ । बुधबार सम्पन्न फाइनल प्रतियोगितामा सुनसरीको जुट विकास फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै इलामले उपाधिमाथि कब्जा जमाएको हो । खेलको ३१ औँ मिनेटमा इलामका सरन बस्नेतले गरेको गोल नै जीतका लागि पर्याप्त बन्यो । खेलको �. . .


आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट: नेपाल र युएईबीचको खेल रद्द

काठमाडौँ । मलेसियामा जारी आइसिसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाको कारण रद्द भएको छ । मलेसियाको क्वालालम्पुरस्थित सेलाङग्रटर्फ क्लबमा हुने भनिएको दुई देशबीच खेलमा वर्षाका कारण टस समेत हुन नसकेपछि दुवै टोलीले एक एक अङ्क बाड्दै खेल ट�. . .


देशभर क्रिकेट मैदानसहित रङ्गशाला निर्माण गरिँदै

काठमाडौँ ।नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै क्रिकेट खेलका लागि मैदानसहितका आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिइएको छ । सरकारले देशका विभिन्न भागमा खेलकुद पूर्वाधारका रूपमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । काठमाडौँको मूलपानी�. . .


ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष ईलाम फाइनलमा प्रवेश

ताप्लेजुङ । इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा. . .


नेपाली राष्ट्रिय भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब

काठमाडौँ । नेपाल भलिबल सङ्घले नेपाली राष्ट्रिय टोलीमा समावेश पुरुष तथा महिला भलिबल खेलाडीलाई पहिलो पटक मासिक तलब दिने घोषणा गरेको छ । वर्तमान राष्ट्रिय टोलीमा समावेश भएका समान १२ महिला तथा पुरुष खेलाडीलाई मासिक रु पाँच हजारका दरले तलब प्रदान गर्ने आज यहाँ सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनम�. . .


भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेटबाट बाहिरियो

काठमाडौँ । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्. . .