झापा । पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । शनिबार भएको फाइनल खेलमा आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० कोे गोलअन्तरले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितसँगै चर्च ब्वाइजले नगद रु १० लाख, ट्रफी र मेडल प्राप्त गरे. . .
काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यत�. . .
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो । मूल्य घटेसँगै पहिलो, दोस्रो �. . .
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताएका छन् । शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समिकरण नगर्ने बताएका हुन् । उनले भने, ‘अब आउने दिनमा माओवाद. . .
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् । संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए । समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ. . .
विराटनगर । कोशी प्रदेशबाट होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा एक सय ३३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले एक हजार ९९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले मोरङबाट १० महिलासहित ६६ जना, सुनसरीबाट १२ महिलासहित ४८. . .
विराटनगर । सुनसरीको इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको मोटरसाइकल आज (शनिबार) बिहानका राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कोशी राजमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१२ मा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । इटहरीबाट विराटनगरत�. . .
विराटनगर । होलीमा ट्राफिक उल्लघंन गर्ने मोरङमा १ एम्बुलेन्स सहित २ सय ५४ सवारी साधन कारबाहीमा परेका छन् । तराईको होलीका दिन आज शुक्रबार मोरङमा मापसे र ट्राफिक उल्लंघन गर्ने २ सय ५४ सवारी साधान र ६६ जना मानिस कारबाहीमा परेको मोरङ प्रहरीले जनाएको छ । होलीमा अवाञ्छित र उच्छृङ्खल गतिविधि गरेको आरोपमा. . .
बेलबारी (मोरङ) । लेटाङ नगरपालिका–९ जाँतेस्थित जङ्गली हात्तीको आक्रमणबाट गत फागुन २५ गते एक जनाको मृत्यु भयो । ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै उहाँको निधन भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी द. . .
विराटनगर । मोरङको अलगअलग स्थानमा लडेर घाइते भएका २ जनाको बिहीबार राति मृत्यु भएको छ । घटना सुन्दरहरैँचा र कटहरीमा भएको हो । प्रहरीका अनुसार आफ्नै घरमा लडेर घाइते भएका सुन्दरहरैँचा नगरपालिका–११ तीनमुडेका अन्दाजी ६० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । प्रहरीका अनुसार घरमा सुतिरहेका उनी उठ्ने क्रममा. . .
विराटनगर । विराटनगर महानगरपालिका–१२ स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा तोडफोड गर्ने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)का सभापतिसहित ६ जनालाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको छ । सार्वजनिक बिदाको दिन बन्द रहेको स्ववियु निर्वाचन कार्यालयमा पुगेर प्लाष्टिक�. . .
विराटनगर । होलीको मौका छोपी विराटनगरमा बाख्राको मासु बेचेको भेटेपछि विराटनगर महानगरपालिकाले अनुगमन गर्दै कारबाहीको लागि पहल थालेको छ । आज चैत १ गते तराईमा विशेष होली पर्व मनाईदैछ । होलीमा विशेषगरी खसीको मासु बिक्री हुने हुदा विराटनगरको बजारमा खसीको मासु भन्दै बाख्राको मासु बेचेको भेटिएपछि महानगर�. . .