विशेष

जीवन चलाउने साधन प्रहरी नियन्त्रणमा

इन्दु साह विराटनगर। मोरङ जिल्ला ट्राफिक प्रहरीले एक हात मात्र भएका दुई सिटी सफारी चालकलाई नियन्त्रणमा लिएपछि उनीहरूको जीविकोपार्जनको एकमात्र बाटो बन्द हुने जस्तो देखिएको छ । “मेरो एउटा हात छैन, तर मसँग परिवार पाल्ने जिम्मेवारी” ५८ वर्षीय चन्देश्वर मण्डलले आफ्नो व्यथा सुनाए। विगत ८ वर्षदेखि देब्र�. . .


ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । हिमपातसँगै मौसम अझै चिसो बनेको छ । हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र ती. . .


अलैँचीको मूल्य उच्च विन्दुमा, किसान उत्साहित

फुङ्लिङ(ताप्लेजुङ) । कालो सुनको उपमा पाएको अलैँचीको मूल्य यस वर्ष उच्च विन्दूमा पुगेको छ । बजार माग बढेसँगै अलैंचीको बजार मूल्य उच्च विन्दुमा पुगेको हो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अलैँचीको आज गुणस्तरका आधारमा प्रतिमन (४० किलोग्राम)को रु एक लाख सात हजारसम्ममा खरिद बिक्री भइरहेको छ । अलैँची. . .


महोत्तरीमा १५ प्रतिशत परिवार अझै शौचालयको पहुँच बाहिर

महोत्तरी । यहाँका १५ प्रतिशतभन्दा बढी घरपरिवार अझै शौचालय पहुँच बाहिर छन् । दुई दिनअघि गत मङ्गलबार विश्व शौचालय दिवस मनाइँदा सरसफाइको मुख्य पाटो मानिने शौचालय नभएका अझै महोत्तरीमा १५ दशमलव चार प्रतिशत घरपरिवार रहेको तथ्याङ्क छ । खासमा सामाजिक, सांस्कृतिक, शैक्षिक र आर्थिक अवसरको पहुँच बाहिरका सिमा�. . .


विराटनगर किंग्सले छान्यो ट्यालेन्ट हन्टबाट तीन जना उदयमान खेलाडी

विराटनगर । विराटनगर किंग्सले ट्यालेन्ट हन्टबाट तीन जना उदयमान खेलाडी छनोट गरेको छ । कोशी प्रदेशका ५ जिल्लामा भएको छनोट प्रतियोगिताबाट छानिएका ३ जना उत्कृष्ट खेलाडीको नाम बिहीबार सार्वजनिक गरिएको हो । किंग्सले ‘ट्यालेन्ट हन्ट’ बाट फिर्दोश अन्सारी, कमल खत्री र सुजन थपलियालाई छानेको छ । अब अन्तिम च�. . .


पूर्वी तराईमा भाक्का खानेको भीड

झापा । उज्यालो नहुँदै झिसमिसेमा धुलाबारी मोडमा आइपुग्नुहुन्छ पाहानी राजवंशी र सुरु गर्नुहुन्छ माटाको भाडामा भाक्का पकाउन । यतिबेला उहाँको दैनिकी नै बनेको छ यो काम । मेचीनगर नगरपालिका–१५ धुलाबारी क्याम्पस मोडमा घर भएकी ६० बर्षीया राजवंशी भाक्का पकाएर बेच्नकै लागि मेचीनगर–१० को धुलाबारी चोकमा बिहा�. . .


मोरङको बुढीगंगामा मानव कंकाल भेटियो

विराटनगर । मोरङको बुढीगंगा ५ स्थित धानबारीमा बिहीबार बिहान स्थानीय किसानहरुले काम गर्ने क्रममा मानव कंकाल फेला परेका छ । बुढीगंगा गाउँपालिका–५ स्थित सांग्रिला चप्पल फ्याक्ट्री अगाडिको धान खेतमा धान काट्ने क्रममा स्थानीय महिलाहरुले मानव कंकाल फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय उबेदा. . .


अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि . . .


फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उ�. . .


बुढाहाङ सेवामा वढाङमी नाचको रन्को

सिद्धराज राई र नारायणकुमार राई/रासस धनकुटा । अरुणै कोशी,तमोरै कोशी बग्दछ सलल, हा है बग्दछ सलल । दिसदिस (देशदेश)को माइती, चारथुम चेली, बेल फोरी बियाँ, भेटघाट इहाँ (यहाँ), निधारको छेरी (आँखीभौँ) सम्झिँदै खेरी, वढाङ्मी मेला, पूर्णेझैँ झलल... यो वढाङ्मी (पापनी) नाचमा गाइन्ने मौलिक गीत हो । धनकुटाको खाल्सा क्षे�. . .


टी–२० अलराउन्डरतर्फ दीपेन्द्र ऐरीको वरीयता यथावत्, भारतका हार्दिक पाण्ड्या शीर्षमा

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयता सार्वजनिक गरेको छ । आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा भारतीय क्रिकेटर हार्दिक पान्ड्या टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । उनी दुई स्थान सुधार ग�. . .


बीपी राजमार्ग रातको समयमा ७ घण्टा बन्द हुने

काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त भएको बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा बन्द हुनेछ । सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि मा. . .