विशेष

रतुवामाईमा भारतीय नागरिकमाथि गोलि प्रहार : प्रहरीमाथि आक्रमण प्रयासपछि जवाफी फायर

विराटनगर । मोरङको रतुवामाई नगरपालिका–६ रातुपाडामा लागुऔषध कारोबारीले प्रहरीलाई आक्रमण प्रयास गरेपछि गोली हानेर नियन्त्रणमा लिइएको छ । भारत बिहार किसनगञ्ज–८ का भगिरथ हरिजनलाई नियन्त्रणमा लिने प्रयास गर्दा प्रहरीमाथि आक्रमण गरेपछि गोलि हानेर नियन्त्रणमा लिइएको हो । मोरङ प्रहरीका प्रमुख नवराज का. . .


हराएका १२१ मोवाइल हाता लाग्यो

विराटनगर । मोरङमा बैशाख महिनामा मात्रै हराएका २१ मोवाइल प्रहरीले बरामद गरेर सम्बन्धित धनीको हाता लगाई दिएको छ । विभिन्न समयमा हराएका मोवाइल खोज तलास गर्ने क्रममा फेला पारेपछि धनीलाई फिर्ता गराइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष �. . .


मोरङ रतुवामाईमा लागुऔषध कारोबारीमाथि गोली हानेर नियन्त्रण

विराटनगर । मोरङ प्रहरीले लागुऔषध कारोबारीमाथि गोली चलाएर नियन्त्रणमा लिइएको छ । मोरङको रतुवामाई–६ रातुपाडामा भारतीय नागरिक भगिरथ हरिजनमाथि गोली चलाएको हो । मोरङ प्रहरीका प्रवक्ता ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनको साथबाट १५० ग्राम ब्राउन सुगर बरामद भएको छ । कारोबार गरिरहेको सुचना आधारमा ला�. . .


इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसक�. . .


कांग्रेसले नीति तथा कार्यक्रम पारित गर्न दिने तर आफ्ना मागबाट पछि नहट्ने

काठमाडौं । नेपाली कांग्रेसले आज संघीय संसदको संयुक्त बैठक भने सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, त्यसपछिका राष्ट्रिय सभा र प्रतिनिधि सभा बैठक भने बटमलाइन बनाएको गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति सरकारले तत्काल गठन नगरेसम्म अवरुद्ध गर्ने चेतावनी कांग्रेसले दिएको छ । मंगलबार सिंहदरबारमा बस. . .


यसरी चल्ने छ आजको संयुक्त सदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । संसद सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा राष्ट्रपतिबाट अपराह्न ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने उल्लेख छ । सभामुख देवराज घिमिरेले १२ः३०. . .


गणतन्त्र दिवस मैलिक रुपमा मनाउने तयारीमा सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस मौलिक र रचनात्मक तवरले मनाउने तयारी गर्न निर्देशन दिएका छन् । मंगलबार प्रधानमन्त्रीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ समेत गठन गरेको छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक �. . .


गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरले तीन महिनादेखि ज्याला पाएनन

झापा । झापाको बिर्तामोडस्थित बिवादास्पद गिरीबन्धु टी–स्टेटमा कार्यरत मजदुरहरुले तीन महिनादेखि ज्याला पाएका छैनन् । मजदुरले लामो समयदेखि पारिश्रमिक नपाएपछि दैनिक गुजारा चलाउन कठिन भएको बताएका छन् । चिया बगानमा १ सय ७० जना मजदुर कार्यरत छन् । प्रत्येक १२÷१२ दिनमा उनीहरुले पारिश्रमिक पाउँदै आएका थ�. . .


मन्त्रिपरिषद् विस्तार, प्रदीप यादव र हसिना खान मन्त्री नियुक्त

काठमाडौं । पार्टी फुटेपछि उपेन्द्र यादवले सरकार छाडेलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले जसपा नेपालबाट विभाजित नयाँ दल जसपाका दुई नेतालाई सोमबार साँझ मन्त्री नियुक्त गरेका हुन् । प्रदीप यादव मन्त्री र हसिना खानलाई राज्यमन्त्री पदमा नियुक्ति गरी स्वास्थ्�. . .


विराटनगर महानगरको स्वास्थ्य शिविरमा चार सयभन्दा बढीको उपचार

विराटनगर । विराटनगर महानगरपालिकाले आयोजना गरेको एकीकृत विशेषज्ञ स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिएका छन् । विराटनगर वडा नम्बर ५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा आज आयोजित निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा ४ सय २० जनाले सेवा लिएको स्वास्थ्य महाशाखाका स्वास्थ्य अधिकृत मानिकचन भगतले ज�. . .


बजेटमा समावेश गर्न राष्ट्र बैंकको ३५ बुँदे सुझाव

काठमाडौं । आगामी बजेटमा समावेश गर्न नेपाल राष्ट्र बैंकले सरकारलाई ३५ बुँदे सुझाव दिएको छ । मौद्रिक तथा वित्तीय क्षेत्र सम्बन्धी २० र सरकारी वित्त क्षेत्रका लागि १५ बुँदाको सुझाव दिएको हो । प्रतिनिधि सभाको अर्थ समिति बैठकमा सोमबार गर्भनर महाप्रसाद अधिकारीले छलफलका लागि सुझाव पेस गरेका हुन् । छलपलम�. . .


तेस्रो मिल्स क्रिकेट प्रतियोगिता : देव खनालको सतकसँगै वाइआरसिसिको सानदार जित

विराटनगर । अन्तर्राष्ट्रिय खेलाडी देव खनालको आक्रमक सतकसँगै विराटनगरको वाइआरसिसि क्रिकेट क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मिल्स कप टि –२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा सोमबार भएको पहिलो खेलमा विरगन्ज युथ स्पोट्स एकाडेमीलाई ५४ रनले हराउँदै विर. . .