शिक्षा

लामो समयपछि विद्यालय फर्किँदै बालबालिका, विराटनगरका निजी विद्यालयहरु सृजनात्मक गतिविधिमा जोड दिदै

विराटनगर । विगतका वर्षहरूमा चैतको अन्तिम साताबाटै नयाँ शैक्षिक सत्रका गतिविधि सुरु हुने गरेपनि यस वर्ष भने ढिलाइ भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बैसाख १५ गतेबाट मात्रै भर्ना अभियान सञ्चालन गर्न निर्देशन दिएपछि लामो समयदेखि बालबालिका घरमै बस्न बाध्य भएका थिए। बैशाखको दोस्रो साता पु. . .


शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा नेपालको शिक्षा, विज्ञान तथा प्रविधि र खेलकुदसहितको क्षेत्रमा चीन सरकारको सहयोग र सहकार्यबारे कुराकानी भएको थियो । . . .


हाम्रो विराटनगर, पाठ्यक्रम बनेको पाँचवर्षसम्म पनि छैन पाठ्यपुस्तक

विराटनगर । विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालयमा ‘हाम्रो विराटनगर’ विषयको पठनपाठन अनिवार्य गरेको छ । कक्षा १ देखि ८ सम्म अनिवार्य विषयको १०० पूर्णाङ्कको परीक्षा हुन्छ । तर, हाम्रो विराटनगरको पाठ्यक्रम बनेको पाँचवर्ष पुग्दा उक्त पुस्तक अहिलेसम्म विद्यार्थीले पाउन सकेका छैनन् । . . .


विद्यालयको पठनपाठन सञ्चालन गर्न अभिभावक संघ मोरङको आग्रह

विराटनगर । शैक्षित्र सत्रको परिवर्तित मिति भन्दा अगावै विद्यालयको पठनपाठन सञ्चालन गराउन अभिभावक संघले माग गरेको छ । अभिभावक संघ नेपाल, मोरङले अविलम्ब विद्यालय सञ्चालन गरी पठनपाठन सुचारु गर्न सम्बन्धित निकायसँग आग्रह गरेको हो । शैक्षिक सत्रको परिवर्तित अवस्थाबारे छलफल गर्न बसेको संघको आकस्मिक बै�. . .


शिक्षा समितिको सभापतिमा डा.ओजस्वी शेरचन चयन

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद डा.ओजस्वी शेरचन चयन भएकी छन् । शुक्रबार बसेको समितिको बैठकले सांसद शेरचनलाई सभापतिमा चयन गरेको हो । उक्त समितिको सभापतिमा एमालेका गुरु बरालले समेत मनोनयन दर्ता गरा�. . .


शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच भेटवार्ता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच बुधबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ । मन्त्रालयमा भएको उक्त भेटवार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा र खेलकुदका क्षेत्रमा नयाँ रणनीतिक सह�. . .


विराटनगरको ग्रीन पिस एकेडेमीको वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगर–६ स्थित ग्रीन पिस एकेडेमी विद्यालयले आफ्नो वार्षिक उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले प्रत्येक वर्षझैँ यस वर्ष पनि विविध कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो। कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक, कविता, वक्तृत्वकलालगायतका विभिन्न प्रस्तुति मार्फत आफ्नो प�. . .


बैसाख १५ सम्म शैक्षिक गतिविधी नगर्न सरकारको परिपत्र ,पोखरिया स्कुलले अटेर गर्दै प्रवेश परीक्षा लियो

प्रेम देवान विराटनगर । सरकारले नयाँ शैक्षिक सत्रअन्तर्गत बैसाख १५ गतेसम्म कुनै पनि शैक्षिक गतिविधि सञ्चालन नगर्न परिपत्र जारी गरेपछि देशभरका विद्यालयहरू प्रभावित भएका छन् । विगतका बर्षमा यतिबेला यहाँका निजी तथा सामुदायिक विद्यालयहरुमा भर्ना धमाधम भईरहेको हुन्थ्यो । तर, निजी विद्यालयले भित्रभित�. . .


कार्टुनमा बालबालिकाको बढ्दो लत, क्षमता विकासमा दिर्घकालिन असर

स्वस्तिका भट्टराई विराटनगर । प्रविधिको बढ्दो विकास संगसंगै मानिसहरुको डिजिटल ग्याजेटतर्फको आकर्षण बढ्दो छ । विशेष गरि साना बालबालिकामा मोबाइल फोन र कार्टुनप्रतिको लगाव धेरै नै देख्न सकिन्छ । दुबैजना काम गर्ने र व्यस्त अभिभावक भएर बच्चा लाई समय दिन नसक्नु बालबालिकाको विद्युतीय ग्याजेट प्रतिको लगा�. . .


विराटनगर डिपिएस स्कुलका रञ्जन निरौला अन्तर्राष्ट्रिय बहिरा क्रिकेटमा नेपालबाट खेल्ने

विराटनगर । बहिरा क्रिकेट अन्तर्राष्ट्रिय महासंघद्वारा आयोजित टी–२० बहिरा क्रिकेट टुर सिरिजमा सहभागी हुन लागेका नेपाली राष्ट्रिय बहिरा क्रिकेट टोलीका खेलाडी रञ्जन निरौलालाई दिल्ली पब्लिक स्कुल (डिपिएस) विराटनगरले सम्मान गरेको छ। भारतको झारखण्डस्थित धनबादमा आयोजना हुन लागेको उक्त प्रतियोगिता मा. . .


सकियो यसपटकको एसईई, भावनात्मक विदाईमा साथीका सर्टमा सम्झनाका अक्षर

प्रेम देवान विराटनगर । लामो समयको तयारी र तनावपछि अन्ततः यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सकिएको छ । गत चैत्र १९ गतेबाट सुरु भएको परीक्षा बुधबार अन्तिम दिनको पेपरसँगै सकिएको हो। परीक्षा सकिएसँगै विद्यार्थीहरूमा एकातिर राहतको अनुभूति थियो भने अर्कोतिर वर्षौंदेखिको साथ छुट्टिने पीडाले भावुक . . .


सरकारले दिएको दुईदिन विदा सदुपयोग गर्ने मनस्थितिमा विद्यार्थी

सोनु साह विराटनगर । नेपाल सरकारले मन्त्रिपरिषद् बैठकमार्फत हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय लागू गरेपछि विराटनगरका विद्यार्थीहरूमा मिश्रित प्रतिक्रिया देखिएको छ। अधिकांश विद्यार्थीहरूले यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन् भने केहीले चुनौती र प्रभावकारिताबारे प्रश्न उठाएका छन्। व. . .