साहित्य संसार

म र मेरो भित्रको अदालत

गजल

गजल

लघुकथाः जँड्याहाको सत्यता

-ऋषि तिवारी 'ऊ गरीब छ । उसको बस्तीमा सबै गरीब छन् ।' बिहान काममा निस्किन्छन, बेलुका एक प्याक दिन्छन् । प्याकको भुत चढ्दै गएपछि अलि अलि थप्छन् । प्याकको रिस नेता माथि ओकल्छन् । मानौँ त्यहा नशाको सुरले बिद्रोह ओकल्छ । भन्छन् । 'हामीले भोटमा जिताएको नेताले के गर्यो ? हाम्रो बस्ती अझै अविकास भो । पानीको बहाव �. . .


गजल

-सृष्टि सावित्रा सबथोक पाएर पनि खुशी बन्न नसकेको म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको सियोबाट तरबार बनिसके आफ्नाहरु म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको आँखामा बस्ने हरुको मात्रै के कुरा गर्नु यहाँ कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको तिमी पनि आफुले चाहेर हुन सकेनौं गगन मेरो पनि कथा. . .


लघुकथा : जिन्दावाद, मुर्दावाद

-ऋषि तिवारी 'चिसो हुस्सु र कुहिरोको चपेटामा थिएँ ।' खाना खाइसकेपछि आफ्नो गन्तव्य नै अफिस हुँन्थ्यो । म अफिसको बाटो लागें । बाटामा जिन्दाबाद, मुर्दावादको नारा घन्किदै मोटरसाइकलको -याली अघि बढ्दै थियो । त्यो मोटरसाइकल पास भएपछि मैंले बाटो क्रसिङग गरेर अघि बढ्नु नै बुद्धिमानी ठानें । मपनि मोटर साइकलमै. . .


गजल

-अनिता भण्डारी केही कथा अनि केही कहानी बनेर बस्न मन छ ती आँखाको नानी बनेर मुहान खोज्दै तिमी छट्पटाउदै हिड्दा तिम्रो सफरमा भेटिन सकूँ पानी बनेर तिम्रा हर बाधा अनि अड्चनहरूमा पनि सधैं साथ दिन सकूँ, मायाको खानी बनेर तिमीबिना, जवानीको अर्थ नदेख्दा बाँच्ने रहर छ तिम्रो जिन्दगानी बनेर फुल्दै गरेको �. . .


खै,म कहाँ हराए?

-अस्मिता साह खै म कहाँ हराए? आफ्नो पाइलाको गन्तव्य नै बिराए आफ्नो खुसी र उमङ्गलाइ गुमाए सबैको बिचमा नि आफूलाई एक्लो पाए खै, म कहाँ हराए? मनमस्तिष्क बिच डोरी झैँ उल्झिए मनभित्र सजाएको घरलाई भत्काए सबैको सामु आफूलाई मौन बनाए बिना कारण सबैसँग टाढिदै गए खै, म कहाँ हराए? मस्तिष्क भित्र अपार प्रश्न को घर बना�. . .


सच्चरित्र मन

-अच्युत मणि पौडेल रहेर हेर देशमा अदृश्य दृश्य मिल्दछ प्रशान्त शान्त प्रान्तमा वियोग योग बन्दछ अधीर धीर बन्दछन् बिछोड छोड भन्दछन् कुकृत्य कृत्य छुट्दछन् सुकृत्य कृत्य जुट्दछन् हराभरा भरा धरा विशाल साल काफल सुषुप्त सुप्त हुन्न यो सुरम्य रम्य आँचल सचित्र चित्र कोर्दछन् सराप राप मर्दछन् अखण्ड खण्ड ह. . .


हतारिएको यात्री

-जयन्ता खत्री 'सुधा' के पाउने आसमा हो कुन्नि के कमाउने आसमा हो कहाँ पुग्ने हतारमा हो कस्लाई भट्ने उद्देश्यमा हो एका विहानै सितको थोपा सिरुको पात बाट नझर्दै बिहानिको किरण हिमलको चुचुरोमा नपर्दै म्याउ म्याउ गर्दै खुर्र दौडिरहेको बिरालोलाई सराप्दै चौतारो,पाटि , पौवा,धारो र पधेरो एकपछि अर्काे छोड्दै छो. . .


गजल

-आँचल कुमार शर्मा मौनता बोलचाल गर्दैनन् ज्ञानीले अङ्कमाल गर्दैनन् छर्नलाई सुवासका अत्तर फूलले आलटाल गर्दैनन् पातमा शीत टल्किएको छ स्फटिकले सवाल गर्दैनन् फेरि खाटा बसेको जस्तो भो यादले देखभाल गर्दैनन् आँसु पुछ्दै स्वयम् भिज्यो मनमा यो दुखेसो ,रुमाल गर्दैनन्. . .


गजल

- किस्मत खतिवडा आकाशको चन्द्रसुर्य, ताराले पनि गर्नेछ मेरै प्रशंसा हावाले पनि पिडा सहनले बानी परेर अचेल खासै असर पार्दैन पिडाले पनि यो दिल पथ्थर भएको दिनबाट दुश्मनी गर्न छोड्यो सिसाले पनि म भित्ताको तस्बिर नियालीरहन्छु नियाल्ने गर्छ मलाई भित्ताले पनि तिमीले चिन्न नसकेको 'किस्मत'लाई कुनैदिन अव�. . .


गजल

-भूपाल अधिकारी सत्य मायालु जाल गर्दैनन् रेटी घाँटी हलाल गर्देनन् प्रीतको चाहना भए दिलमा बुझ्नु लौँ आलटाल गर्दैनन् आजभोलि त्यसै रिसाएथेँ किन हो बोलचाल गर्दैनन् लाग्छ हर रात आई सपनामै ज्यानमारा सवाल गर्दैनन् सर्प विष हिन भनी नजिस्काऊ कालले ख्याल ख्याल गर्दैनन् राख्नु बेकार आश नेतामा धुन्धुका�. . .


गजल

-सृष्टि सावित्रा मान्छेलाई बुझ्न सकिदैन हतार गरेर बरु बजार छिट्टै बुझिन्छ व्यापार गरेर थाकिसकेछन् हिजो मेरो गुन गाउनेहरू ऐना कहिल्यै थाकेन रुपको प्रचार गरेर मलामी पाउन मुस्किल छ गरिबहरूले मर्न मन छ चिता आफैंले तयार गरेर म पनि कुनै समय घृणा गर्थें तिमीलाई हिड्दैछु आज तिम्रो प्रेम साभार गरेर कि. . .


मेरा बा

-जीना अधिकारी अरूलाई हसाँउदा हसाँउदै आँफै हाँस्न बिर्सेका अरूलाई अघाँउदा अघाँउदै आफ्नै भोक बिर्सेका अरूलाई पुर्याउँदा पुर्याउँदै आफ्नै अभाव बिर्सेका आफैलाई बिर्सिँदै आफैँ रित्तिएर अरूलाई जीवन दिने मेरा" बा!" जसले आफ्ना लागि कहिल्यै सोच्न पाएनन् जिम्मेवारीका भारीले थाप्लो पिल्सँदासम्म उनले पो�. . .