सम्पूर्ण समाचार

सुत्केरीलाई जीवन विकासको उपहार

विराटनगर । बिहीबार दिउँसो ग्रामथान गाउँपालिका-२ खङ्गरिया झोडाकी यारुना कुमारी सरदारको घरमा जीवन विकास लघुवित्त वित्तिय संस्था झोराहाट शाखाकी प्रमुख सृजना खवास सहयोगी कर्मचारीसहित झोला र दुई वटा फलफूलका बिरुवा बोकेर पुगिन् । उनलाई हर्लिक्स, साबुन,च्यावनप्राश र पाउडर राखिएको झोला उपहार दिइन् । ब्�. . .


ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ । सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूर�. . .


मलाई रक्सि नपिलाउन

-बसन्त घिमिरे साथी तिमीलाई थाह छ नि म पिउँदिन बरु ठिकै छ मलाई पाखे नै भन मलाई यहि जीवन ठिक छ साथी म आधुनिक भै जिउदिन बरु अझै बेईज्जत गर तिम्रो महफिलमा सक्दो बदनामी चलाउ मैले नपिउदा माहोल बन्दैन भने भो अब देखि त्यो जमघटमा मलाई नबोलाउ तर विन्ति छ साथी कर गरि गरि मलाई रक्सि नपिलाउ । तिमी पो निर्भय र स�. . .


भारतबाट पसेका हात्ती नफर्किंदा तीन जिल्लामा त्रास

झापा । डेढ महिनाअघि भारतबाट जिल्लाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका ती हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ । एक महिनामा हात्तीको आक्रम. . .


एघार हजारभन्दा बढी बालबालिका राज्यको संरक्षणमा

काठमाडौँ । हाल मुलुकभरका बालगृहमा ११ हजार दुई सय दुई जना बालबालिका संरक्षित छन् । आव २०७९/८० मा ५० वटा बालगृह बन्द भएकामा ५१ बालगृृह थप भई हाल चार सय १८ वटा बालगृह सञ्चालनमा छन् । मुलुकभर पाँच हजार एक सय ४४ बालक र छ हजार ५८ बालिका गरी जम्मा ११ हजार दुई सय दुई जना बालबालिका बालगृहमा संरक्षित छन् । राष्ट्रि�. . .


रूसको चुनावमा हस्तक्षेप गर्नेलाई कडा सजाय दिने पुटिनको प्रतिबद्धता

आगामी वर्षको निर्वाचनमा विदेशी हस्तक्षेप भएमा यसको विरूद्धमा रूसले ‘कठोर’ कदम लिने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताउनुभएको छ । उहाँले विपक्षी नेताहले विदेशमा रहेर आफुविरूद्ध निर्वाचन अभियान चलाउनसक्ने सम्भावनालाई सङ्केत गर्दै विदेशमा बसी स्वदेशी अभियानलाई प्रभावित पार्न खोज्ने जोकोही पन�. . .


सरकारले मानव सेवा आश्रमलाई अभिभावकत्व प्रदान गर्छ : प्रधानमन्त्री

हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव सेवा आश्रमलाई सरकारले अभिभावकत्व प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मानव सेवा आश्रमले हेटौँडा–९ लामसुरेधापमा निर्माण गरेको भवन आज उद्घाटन गर्दै उहाँले आश्रमले गरिरहेको कामले सरकारलाई झक्झकाएको बताउनुभयो । प्रधानमन्त्री दाहा�. . .


सांसदहरु दलीय गतिविधिमा अधिक केन्द्रित हुँदा समितिका काम प्रभावित

काठमाडौँ । सङ्घीय संसद अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सांसद दलका काम बढी खटिँदा संसदीय समितिका काम प्रभावित भइरहेका बताउनुभएको छ । संसदको विधायिकी भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला ठूला दलका सांसद भने समितिमा आउनै छोडेपछि ‘मिनी संसद्’ का काम सहजरूपमा अघि बढ्न �. . .


डेढ दशकदेखि उठाइएको हिमालका मुद्दा कोप–२८ मा स्वीकार

भीष्मराज ओझा/रासस काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप २८)मा पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप–२८निर्णयका दस्तावेजमा समावेश गरिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ देखि २६ गतेसम्म भएको कोप–२८ मा प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका. . .


कविता

-राजेश कुमार यादव आधा आधी जिन्दगी नै जिउने भाछु अचेल खै कस्को याद आयो मलाई पिउने भाछु अचेल न खुसीमा सामेल हुन्छु न दु:खमा नै भन्न सक्छु कसैलाई वास्तै नदिई हिड्ने भाछु अचेल खै कस्को याद आयो मलाई पिउने भाछु अचेल. . .


चिन्ता

-सुजाता राई चोलि फरिया दौरा सुरुवाल टोपी र मजेत्रो पहिचान थिए हाम्रा समय बदलिँदो रहेछ काल फेरिदो रहेछ बिर्सन लागे मान्छेले आफ्नो संस्कृति र सभ्यता नचाहिने रहेछ आफ्नो पहिचान बिडम्बना! आयातितले कतिन्जेल धान्ने हो जिवन। बिर्सेर आफ्नो परम्परा र चलन तैपनि , यो त आधुनिक रे सजिलो रे चलेको रे शहरीकरण �. . .


मायाको टुसा

-राजन प्रसाद न्यौपाने समयले जति जति भञ्ज्याङ् कटाउँछ मन उति उति नजिक हुँदोरहेछ समय बित्दै गएपनि यादहरू पुराना हुँदा रहेनछन् तिमीलाई थाहा छ प्रिय ! आज त्यहि दिन हो नि, हामीले मनसँग मन जोडेको मुटुमा माया रोपेको कहिल्यै नछुट्टिने कसम खाएको गणेश भगवानलाई साक्षी राखेर । बिर्सेकी त छैनौ है? काँसको पाला. . .